काठमाडौँ । नेपाली सिने बजारकी नायिका पूजा शर्मा पछिल्लो समय निकै चर्चामा छिन् । फिल्म मधुमासबाट अभिनयलाई पेसाका रूपमा अँगाल्दै आएकी पूजा विशेषगरी फिल्म ‘प्रेम गीत’बाट भने दर्शक तथा फिल्मकर्मीका आँखामा रुचाइएकी अभिनेत्री हुन् । उनी पछिल्लो समय अभिनेत्री मात्र नरहेर निर्मात्रीका रूपमा पनि परिचित छिन् । फिल्म ‘म यस्तो गीत गाँउछु’ र ‘राम काहानी’की उनी निर्मात्री हुन्।
पूजाको अभिनय तथा निर्माणमा बनेको पछिल्लो फिल्म राम काहानीले कमालको ब्यबपार गर्यो । नेपाली फिल्म उद्योगमा आफ्नो उपस्थिति जीवन्त राख्न अभिनय सँगसँगै निर्माणमा हात हालेको बताउने पूजाका सुन्दरताको पनि उत्तिकै चर्चा हुने गरेको छ । दर्शक, फ्यान फलोअर्सबाट सुन्दरताको तारिफ आए पनि आफुभने सुन्दरतामा कहिल्यै ध्यान नदिने बताउँछिन् उनी।
बाहिरी आवरणभन्दा भित्री रूप बढी सुन्दर हुनुपर्ने मत राख्ने पूजा आफ्नो अनुहारमा पिम्पल आउने समस्याले भने केही तनावमा छिन् । तर फिल्म सुटिङको समयमा भने यो समस्याले उनलाई कहिलै अप्ठ्यारो बनाएको छैन । अभिनयका मामलामा कलाकारको अनुहारसँगै शा ।री रिक बनावट पनि उत्तिकै आकर्षक हुन आवश्यक छ । अझ फिल्मीशैलीमा भन्ने हो भने ‘हट एन्ड सेक्सी’ देखिन जरुरी मानिन्छ । पूजा यस्तै छिन्, यसमा दुईमत छैन।