काठमाडौँ । श्रीकृष्ण श्रेष्ठलाई ६ वर्षअघि सँधैका लागि गुमाएकी अभिनेत्री श्वेता खड्काको अनुहारमा ६ वर्षपछि फेरी खुशी फर्किएको छ । विबाह गरेको करिब १ महिनाबाट नै हराएको श्वेताको खुश िगत सोमबारबाट पुन फर्किएको छ । धनगढीका विजयेन्द्रसिंह रावतसँग गोकर्ण रिसोर्टमा दुई परिवारका सदस्य सीमित निम्तालुकाबीच उनले वैवाहिक जीवन सुरू गरेसँगै श्वेता निकै खुशी छिन् ।
श्वेता विबाहपछि पतिको घरमा गएसँगै निकै खुशी देखिएका भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोमा श्वेता पति विजयेन्द्रसँग रोमान्टिक अवतारमा देखा परेकी छिन् । हेर्नुहोस् श्वेताका यि भाइरल टिकटक
@jyotilimbu1 @shwetakhadka7 /M.u.a: Jyoti Limbu (@lashes_makeup_studio ) song by: @limbu.kanchanthalang #wedding
श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।
लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।
विवाह सम्पन्न भएपछि श्वेताले यस्तो लेख्छिन्
अनत्वगोत्वा स् मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ ।
मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत स् मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ(आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी रचेली
श्वेता खड्का