भूकम्पले ध्वस्त गोरखाको बुङ्कोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार) अनुसार विवाह गरेका छन् । अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् । गाउँलेहरु दुलही पक्ष र दुलाह पक्षमा विभाजित हुँदै जन्ती आएका थिए ।
स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन् । पुरोहितले भनेअनुसार उनीहरु विवाह मण्डपमा बसे र शास्त्रअनुसार विवाह बन्धनमा बाँधिए । बुङ्कोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा आजै ध्वजा, पटका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोजभतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।
विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो ।वाग्लेका अनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरे पनि लीलाको आग्रहमा हिन्दू धर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो । लीला भारतीयमूलकी मलेसियन नागरिक हुन् ।
एकल महिला भएर बाँ च्न गा ह्रो हुने कुरा छोराछोरीले बुझिदिएर आमाले रोजेको जीवनसाथी स्विकारीदिने हो भने ति आमालाई कस्तो महशुस होला रु अब यो कल्पनाको विषय मात्रै रहेन । झापा बिर्तामोड नपा ७ निवासी ३७ वर्षीया अम्बिका कार्की शिवाकोटीले विगत १ वर्षदेखि आँफुले मन पराउँदै आएका भारतका राहुल खटवानीसँगको प्रेम सम्बन्ध थाहा पाएसँगै उनकी १८ वर्षीया छोरी अप्सना शिवाकोटीले आमाको प्रेममा सर्मथन जनाइन् र आमालाई सहयोग गरिन् ।
यसैबिच अप्सनाले आमाको सपनामा साथ दिँदै आमाले फेसबुक मार्फत रोजेका प्रेमीसँगै अन्माइदिइन् । जुन खबरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ । नेपाली समाजले पचाउनै नसक्ने कुरा यि सहासी छोरीले आँटका साथ गरेको भन्दै उनको सहासी निर्णयलाई धेरैले सकारात्मक कदम भनेका छन् ।
विसं २०५३ सालमा बिर्तामोड निवासी खगेन्द्र शिवाकोटीसँग वैबाहिक बन्धनमा बाँधीएकी अम्बिकाले एउटा दुखद दुर्घटनामा २०६७ सालमा श्रीमान् खगेन्द्रलाई गुमाएपछि एकल जिवन व्यतित गर्दै आएकी थिइन् । खैर जे होस् आमाको नजरबाट छोरीले देखेको कदम स्राहनीय छ । जुन कदम परिवर्तित समाजको एउटा गतिलो नजिरका रुपमा अडिने छ ।