एजेन्सी । बलीउडकी बेबो करीना कपूर चाँडै नै दोश्रो सन्तानकी आमा बन्दै छिन् । तैमूरपछि करिनाले चाँडै नै अर्को नयाँ बच्चालाई जन्म दिंदैछिन् । यस्तो अवस्थामा सैफअली र करिनाबीच ठूलै झगडा भएको छ । गर्भवती श्रीमतीलाई जति सक्दो माया र केयर गर्नु पर्नेमा आखिर सैफले किन करिनासंग झगडा गरे त रु जुन झगडा तैमूर पेटमा हुँदा पनि सैफले गरेका थिए । त्यतिबेला पनि गर्भवती श्रीमती करिनासंग सैफले किन झगडा गरे भन्ने विषय चर्चाको विषय बनेको थियो ।
आज ठीक त्यसै प्रकारको झगडा करिना र सैफबीच भएको भनेर विभिन्न भारतीय मिडियाहरुमा करिना र सैफबीच भएको झगडाको चर्चा चलिरहेको छ । चर्चा केवल करिना दोश्रो पटक आमा बन्दै छिन् भनेर चलेको होईन । चर्चा बच्चाको नामको विषयमा करिना र सैफबीच विचार नमिल्दा भएको झगडाको विषयमा चलिरहेको छ । जसरी पहिला पनि तैमूरको नामांकरण गर्दा करिना र सैफअलीबीच निकै नै विबाद भएको थियो । तैमूरले नाम तैमूर भनेर राख्नकोलागी यी दुवै अभिभावकलाई धेरै नै सोच्नु परेको थियो ।
तैमूरको पालामा जस्तै यस पटकमा पनि बच्चाको नाम के राख्ने भन्ने विषयमा यीनीहरुबीच चर्काचर्की चलिरहेको छ । बच्चाको नाम राख्ने विषयमा यी दुवैबीच हुने झगडाले गर्दा दुवैलाई नै सोशल मिडियामा निकै नै ट्रोल गर्ने पनि गरिन्छ । जे होस् बच्चा जन्मिएपछि नाम त राख्नै पर्ने हुन्छ । तर यी दुवैको फ्यानहरुलाई भने अब हुनेवाला बच्चाको के नाम राख्छन् सैफ र करिनाले भन्ने कुराको निकै नै कौतुहलता छाएको छ ।