अभिनेत्री श्वेता खड्काको विवाह भएको केही दिन पछि उनले ‘ब्याचलर पार्टी’ गर्दाको तस्बिर र भिडियो सार्वजनिक भएको छ । उनले पनि नायीका प्रियंका कार्की र ऋचा लुइटेलले जस्तै विवाह अघि गरिने ‘ब्याचलर पार्टी’ आयोजना गरेको खुलेको छ । विवाह अघि सार्वजनिक नभएका उनका यस्ता तस्बिर र भिडियो अहिले सार्वजनिक भएका छन् ।
उनले आफुले ब्याचरल पार्टी गरेको कुरा गोप्य राखेकी थिइन् । केही सिमित साथीका साथ ब्याचलर पार्टी गरेको सार्वजनिक भएका तस्बिर र भिडियोले बुझ्न सकिन्छ । कोरोनाको जोखिमका कारण आफन्त र केही सिमित परिवारका सदस्यकाबीच विवाह गरेकी श्वेताले ब्याचलर पार्टीमा पनि सिमित साथीहरुलाई सहभागी गराएको देख्न सकिन्छ ।
ADVERTISEMENT