काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मिडियालाई निम्ता नै नदिई धुमधामले विबाह गरिन् । आफ्नो पकडका केही युट्युव च्यानललाई मात्रै साथमा लिएर हिँड्दै आएकी श्वेतासँग मिडियाको त गुनासो छँदैछ । विबाहपछि बाहिरिएको श्वेताले धुमधामले मनाएको ‘ब्याचलर पार्टी’ को तस्बिर र भिडियो सार्वजनिक भएपछि श्वेतासँग दर्शकपनि रिसाएका छन् । श्वेताले पनि नायीका प्रियंका कार्की र ऋचा लुइटेलले जस्तै विवाह अघि गरिने ‘ब्याचलर पार्टी’ आयोजना गरेको खुलेको छ । विवाह अघि सार्वजनिक नभएका उनका यस्ता तस्बिर र भिडियो अहिले सार्वजनिक भएका छन् ।
श्वेताका धेरै ढिलो गरेर सार्वजनिक गरेका भिडियो र तस्विर हेरेपछि शवेता र श्रीकृष्णका असली फ्यानहरु रिसाएका छन् । कतिपयले श्वेताले श्रीकृष्णलाई बिर्सेको आरोप लगाएका छन् ।
उनले आफुले ब्याचरल पार्टी गरेको कुरा गोप्य राखेकी थिइन् । केही सिमित साथीका साथ ब्याचलर पार्टी गरेको सार्वजनिक भएका तस्बिर र भिडियोले बुझ्न सकिन्छ । कोरोनाको जोखिमका कारण आफन्त र केही सिमित परिवारका सदस्यकाबीच विवाह गरेकी श्वेताले ब्याचलर पार्टीमा पनि सिमित साथीहरुलाई सहभागी गराएको देख्न सकिन्छ । हेर्नुहोस् भिडियो