रोल्पा- रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई सोमबार प,क्राउ परेको । प,क्राउ पर्नेमा रोल्पाको रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र रोल्पाकै त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय याम कुमारी बिक रहेका छन् ।
उनीहरुलाई बिहे घर बाट माइती तर्फ जादै गर्दा रोल्पाको होलेरी बजारबाट ईलाका प्रहरी कार्यालय होलेरिको प्रहरीले नि,यन्त्रणमा लिएको हो । सडकमा हिड्दै गरेको बिहेको गाडीलाई शंका लागेपछि रोकेर सोधपुछ गर्दा बालबिबाह भन्ने थाहा पाएपछि उनिहरुलाइ नि,यन्त्रणमा लिएको बताइएको छ ।
उक्त जोडीको बिहेमा केटीको उमेर २० बर्ष भन्दा कम भएकाले बिहे बालबिबाह भएको हुदा बिहे बदर हुने र दुबै पक्षको अभिभावकलाई बोलाइ उनिहरुलाइ अभिभावकको जिम्मा लगाउने तयारी भैरहेको छ।
ADVERTISEMENT