काठमाडौं – मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको १र२ दिनमै उनको गीत धेरैले मन पराएका छन्। स्वर सम्राट नारायण गोपालको जस्तो स्वर भन्दै भन्दै ५३ वर्षीय अमितको गीत कयौँ पटक सामाजिक सञ्जालमा सेयर भएको छ । केही समयअघि एक व्यक्तिले जन्तरे मामाले गाएको नारायण गोपालको ‘म त लालीगुराँस भएछु’ गीत सामाजिक सञ्जालमा राखेपछि उनको खोजी भएको थियो।
मोरङको पथरी शनिश्चरेमा बस्दै आएका उनको स्वर सबैले मन पराइएपछि शुभेच्छुकहरुले उनलाई काठमाडौं बोलाएर गीत रेकर्डिङको अवसर प्रदान गरेका गरीरहेका छन् । उनले हालसम्म ४ वटा गीतहरु रेकर्ड गराई सकेका छन् । पछिल्लो समय उनले मेलीना राई संग गाएको गीत चर्चामा रहेको छ । जन्तरे मामा लाई पैसा दिदा मात्र अन्तरवार्ता दिनुहुन्छ भन्ने प्रश्नमा उनले गतील्लो जवाझ दिएका छन् ।
उनलाई हाल हङ्कङमा बसोबास गर्दै आउनुहुने योगराज हुप्पाचोङबाङ र मानव शुब्बाबाट रु। दश हजार आर्थीक सहयोग आएको छ । आर्थीक सहयोग प्राप्त गरे पछि जन्तरे मामाको खुशीको सीमा रहेन । उनले फरक सैलीबाट धेरै गीत सुनाएका छन् ।