काठमाडौँ । चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरिरहेका बेला पूर्व पत्नि मिनाले एकपछि अर्को आक्रोश पोखिरहेकी छिन । मनोजले दोस्रो बिहे गर्ने खबर एक राष्ट्रिय टेलिभिजनले प्रसारण गरे लगत्तै मिना मनोजविरुद्ध जाइलाग्न सुरु गरिन् । केही दिन अघि फेसबुकमा स्टाटसमा लेख्दै मिनाले , ‘छि छि अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ ।
कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र । सधै गलत निर्णय लिदै गर्दा समाज, छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र रु खोक्रो आडम्बर ।’ भनेर लेखेपछि मनोजले कानुनी उपचार खोज्ने चेतावनी सामाजिक संजालबाट नै दिए । मनोजले स्टाटस लेखे लगत्तै मिनाले पनि मनोज विरुद्ध खनिदै मनोज विरुद्ध मेडिकल काउन्सिल जाने दिइन् चेतावनी दिइन् । मनोजले अदालत जाने तयारी गरिरहँदा मिना भने फेरी स्टाटसकै रमझममा छिन् ।
एकपछि अर्को स्टाटस लेखेर मनोज विरुद्ध प्रहार सुरु गरेकी मिनाले हालै मात्र फेसबुकमा स्टाटस पोष्ट गर्दै लेखेकिछिन् :
ञम पनि स्वकीय सचिब,ब्यबस्थापक र अंग रक्षक पुरुष राखौ कि महिला ? २०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि मिनाले विभिन्न आरोपहरु लगाएको भएता पनि मनोजले भने पहिलो पटक मिनाको पोल खोलेका छन् ।