काठमाडौँ । भारतीय चर्चित अभिनेता ऋतेश देशमुखको आज जन्मदिन परेको छ । महाराष्ट्रमा १९७८ मा जन्मिएका ऋतेश आजबाट ४१ वर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई उनका आफन्त र शुभचिन्तकले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।
महाराष्ट्रका मुख्यमन्त्री भिलासारो देशमुखका छोरा समेत रहेका ऋतेशले सन् २००३ मा तुजे मेरी कसम नामक फिल्मबाट बलिउडमा डेब्यू गरेका हुन् । उनका बाघी ३, हाउसफुल सिरिज, धमाल, , टोटल धमाल, हाउसफुल ४, ग्राण्ड मस्ती, नमस्ते लण्डन लगायतका फिल्महरु हिट छन् ।
त्यस्तै आज नै भारतीय चर्चित अभिनेता जोन अब्राहमको जन्मदिन हो । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।
१९७२ सालमा जन्मेका जोन आजबाट ४७ वर्षमा लागेका छन् । उनको जन्म मुम्बईमा भएको हो । धुम, गरम मसला, काबुल एक्सप्रेस, न्युयोर्क, फोर्स, लगायतका कैयौँ हिट फिल्म दिन सफल यि ह्याण्डसमय हिरोको फिल्म धुमले उनको कलाकारितामा एउटा परिवर्तन नै ल्यायो । धुम सुपरहिट भएपछि उनको माग ह्वात्तै बढ्यो ।
जोनको परिचय चलचित्र निर्माता, भूतपूर्व मोडल तथा बडी बिल्डरका रुपमा पनि स्थापित छ । मोडलिङ सकेपछी जोनले विभिन्न कम्पनीको विज्ञापनहरू गरेका थिए । जोनले भारतीय चलचित्र उद्योगमा पदार्पण जिस्म ९२००३० बाट गरेका थिए, जसले उसलाई फिल्मफेयर उत्कृष्ट पदार्पण पुरस्कारको लागि नामाङ्कित गरेको थियो ।