काठमाडौँ । पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेमा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमै चित्त बुझाउनु परेको छ।
उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बीबीसी नेपाली न्यूजलाई बताए।
केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए।
सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।
ADVERTISEMENT
यूकेका २५ वर्षीय एलेक्स वेब विजेता घोषित भएका छन्। यो समाचार बिबिसी नेपाली सेवाबाट साभार गरिएको हो ।