• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
मनाइयो विवाह पञ्चमी पर्व

मनाइयो विवाह पञ्चमी पर्व

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

मनाइयो विवाह पञ्चमी पर्व

by gazab g
December 19, 2020
in top news, मुख्य खबर
0
मनाइयो विवाह पञ्चमी पर्व
494
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी भए । कोरोना महामारीका कारण यस वर्ष विभिन्न स्थानामा भएका विवाह पञ्चमी पर्वका कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गरेकामा यस वर्ष विगतको भन्दा कमै उपस्थिति रहेको जनाइएको छ ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

ADVERTISEMENT

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी सीता र रामको पूजाअर्चना गरेका छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी आज विवाह पञ्चमी पर्व मनाइएको छ । आज विवाह गर्न साइत नचाहिने मान्यता रहेकाले धेरै जोडीले लगनगाँठो कसेका छन् ।

Share198Tweet124Share49
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा
top news

सबै महिलाले हिमानीवाट संस्कार सिकुन् भन्दै संसद भवन भित्रै सांसदहरुले गरे हिमानीको खुलेर प्रशंसा

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो
top news

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

Auto Draft
top news

पूर्व मिस नेपाल शृखला खतिवडा अमेरिका जाने उड्नु अघि सिसनको परिवारलाई भेटीन्

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!