काठमाडौँ । चितवनको सौराहाका लक्ष्मण महतोलाई अहिले एउटै पिरले पिरोलीरहेको छ । कतै पत्निले डिर्भोस दिएर आँफु एक्लै हुन्छुकी भन्ने । सामान्य भनाभनपछि पत्नि रोजिना राउतले ३ वर्षकी छोरी लिएर घर छाडेर हिँडेपछि लक्ष्मण निकै तनावमा आएका छन् ।
प्रहरी प्रशासन गुर्हादा पनि कुरा नमिले पछि लक्ष्मणले आफ्नी २३ वर्षकी पत्नि रोजिनालाई घर फर्काउन मिडियाको सहारा लिएका छन् ।
एक अन्तरवार्तामा लक्ष्मणले रुँदै भने मेरो सारा सम्पत्ति तिम्रो नाममा गरिदिन्छु, घर फर्क मलाई डिर्भोस नदेउ, तिमीबिना म बाँच्न सक्दिन । हेर्नुहोस् भिडियो
साँच्चिकै प्रेममा रहेछन् पल शाह र समिक्षा अधिकारी, मिडयामा झुट बोल्दै हिडेका यि दुई पोखराको फेवा तालमा यस्तो अबस्थामा फेला परे, पल समिक्षाको घर नै गएर ममिसँग समिक्षाको हात मागे, समिक्षाको गाउँ डुल्दा पल शाहले भने मेरो ससुराली गाउँ कति रमाइलो, हेर्नुहोस् भिडियो
मेरी बास्सैमा अभिनय गरेर रातारात चर्चामा आएका सापटी खासमा सहायक पाइलट रहेछन्, पाइलट बिजय लामासंगबाट प्रभावित भएर सापटी बिजयसँग जहाजमा बसेर सिकेका रहेछन् प्लेन चलाउन, अहिले विश्वका १ सय भन्दा बढी देश बिजय लामासँगै पुगे, फुर्सदमा मात्रै खेल्ने रहेछन् मेरी बास्सै, हेर्नुहोस् यो भिडियो
५ कम्पनीको शेयरमूल्य समायोजन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टीपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ४ कम्पनीले र हकप्रद निष्काशन प्रयोजनार्थ छ्याङ्दीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत, कालिका लघुवित्तको १३ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत र पोखरा फाइनान्सको ८.०७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने छ्याङ्दी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो।
समायोजनपश्चात जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य २ हजार ३८३ रुपैयाँ २० पैसा, कालिका लघुवित्तको १ हजार १६३ रुपैयाँ ७२ पैसा, मल्टीपर्पस फाइनान्सको ४१६ रुपैयाँ ८१ पैसा, पोखरा फाइनान्सको ४४० रुपैयाँ ४३ पैसा र छ्याङ्दी हाइड्रोपावरको ३९६ रुपैयाँ १५ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा जनउत्थान सामुदायिक लघुवित्तको शेयर प्रतिकित्ता २ हजार ९७९ रुपैयाँ, कालिका लघुवित्तको १ हजार ३१५ रुपैयाँ, मल्टीपर्पस फाइनन्सको ४७१ रुपैयाँ, पोखरा फाइनान्सको ४७६ रुपैयाँ र छ्याङ्दी हाइड्रोपावरको ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बुधबार यही समायोजित मूल्यलाई आधारमा मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) ले पुस ३० गते बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वर्षिक साधारण सभा बोलाएको छ।
सभाले गत आर्थिक वर्षको मुनफाबाट प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत नगद लाभांश पारित गर्नेछ। संस्थाको अधिकृत पूँजी पनि १५ करोड रुपैयाँबाट वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन समेत गर्नेछ। सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ।
कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस ३० गते, शुक्रबार, होटल टास्क इन्टरनेशनल प्रा.लि.को सभाहल, बुद्धचोक, कास्कीमा बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ।
सभाले हाल कायम शेयर स्वामित्वलाई परिवर्तन गरी संस्थापक समूहको ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।
हाल कायम चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न फाइनान्सले पुस ३० गते, दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा पच्चिसौँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, मल्टीपर्पस फाइनान्स (MPFL) ले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते आफ्नो केन्द्रिय कार्यालय, राजविराज, सप्तरीमा चौबिसौँ वार्षिक साधारण सभा डाकेको छ।
छ्याङदी हाइड्रोपावर (CHL) ले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो। सोही प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुकक्लोज गरेको हो।