काठमाडौं । नायिका निता ढुगाना यतिबेला ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग निकै नजिक छिन् । अधिकांश समय हरिहरकै छेउछाउमा देखिने यि सुन्दरीले हरिहरसँग माया प्रेम साट्दै बनाएका टिकटक भिडियोहरु अहिले भाइरल बनिरहेका छन् । अभिनेता आमेष भण्डारीसँग प्रेम सम्बन्ध टुटेपछि सिंगल रहेको बताउने नीता डेढ वर्षदेखि फिल्म ‘शुभ लभ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका युवा ज्योतिष हरिहर अधिकारीको प्रेममा रहेको चलचित्र नगरीमा चर्चा चलिरहेको छ ।
नीताले पहिलो पटक हरिहरसँग टिकटक भिडियो बनाउँदै प्रेम अभिव्यक्त गरेपनि उनीहरुले अहिलेसम्म आँफुहरु प्रेममा नरहेको र साथी मात्रै भएको बताउँदै आएका छन् । बिहीवार साँझ आफ्नो टिकटक एकाउन्टमा उनले गायिका मिलन नेवारको स्वरमा रहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ मा हरिहरसँग टिकटक बनाउँदा हरिहर निकै लजाएका छन् भने हरिहरको अगाडी निता निर्धक्क देखिएकी छिन् ।
टिकटकमा हरिहर लजाउँदै मुस्कुराएका छन् । उनीहरुको प्रेम सम्बन्धको चर्चालाई यो टिकटकले थप मलजल पुर्याएको छ । यसैबिच यो चर्चित जोडी यतिबेला पोखरा घुमघामका लागि निस्किएको छ । पोखरामा हरिहर र निता गहिरो प्रेममा डुबेका छन् ।