के नाबालिग गायिका नै चाहिन्छिन् पल शाह छुट्न् भन्ने ? समिक्षाले बयान फेरेपछि पलका बाबु आमाले बल्ल खाना खाए, हाम्रो छोराले अन्याय नै गरेको छैन भन्दै गहभरी आँशु पारे, पलका वकिलले देखाए पल छुट्न सक्ने संकेत, बयान फेरेकी गायिकालाई के सजाय हुन्छ अब ?
काठमाडौं – अभिनेता पल शाहविरुद्ध ज बरज स्ती क र णीको मुद्दा हालेकी नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको बयान दिएकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी रहेको जनाइएको छ ।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्वीस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुशीयाली छाएको छ । यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् । उनको पक्षबाट गएका एक वकिलले भने, ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् ।
आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिएँ त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीन पटक क र णी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् । बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था रहेको कानुनका जानकार बताउँछन् ।
पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो । अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ । त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो । नाबालिग गायिका ब ला त्का र को आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी कारागार कार्यालय तनहुँमा थिए ।
२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई ब लात् का र गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो । गत फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आ त्म स मर्प ण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
तिनै गायिकाले गैंडाकोटमा पनि आफूमाथि ब ला त्का र गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो । शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो ।
तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन् । उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ ।