काठमाडौँ – नाबालिग गायिका ब लात् कार प्र क र णमा साक्षी बनेका विवादित गायक दुर्गेश थापाले सोमबार जिल्ला अदालत तनहुँ पुगेर बकपत्र गराएका छन्। यो प्रकरण सार्वजनिक हुनुअघिसम्म दुर्गेश र ब ला त् का र अभियोग लागेका अभिनेता पल शाहबीच घनिष्ठ मित्रता थियो।
तर नाबालिग गायिका र पलबीचको सम्बन्धलाई अदालतसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनै दुर्गेश थापाले मंगलबार तनहुँ अदालतमा बकपत्र दिँदै यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्।यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घ ट ,नाबारे कुनै जानकारी नै नभएको बताएका हुन्।
यससँगै यो प्रकरणमा नाबालिग गायिका, उनका जा,हेरवाला बाबुले पनि बयान फेरेर घ,ट ना नै नभएको बताइसकेका छन्। दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर हो स्टा इल भएका हुन्। दुर्गेश थापालाई तनहुँ अदालतले बोलायो नाबालिग गायिकालाई न्याय दिने भन्दै पलविरुद्ध उभिएका उनै दुर्गेश मंगलबार अदालतमै रोएका छन्। अदालत परिसरमा पल शाहलाई भेटेपछि रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो गरेका थिए।
तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आइलागेको बताउँदै सबैथोक बिग्रिन पुगेको बताएका छन्।
पलसँग भेटेपछि दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताएका छन्। ‘मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो’, उनले भनेका थिए, ‘सोच्दै नसोचेको तनाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।’
दुर्गेशले अदालतमा बकपत्र दिने क्रममा पनि यो घ टना बारे आफूलाई कुनै थाहा नभएको बताएका थिए। यसैबीच पल र नाबालिगसहितलाई बकपत्रका लागि तनहुँबाट नवलपुर लगिएको छ। त्यहाँ पनि आजैदेखि पीडित, पीडक, जाहेरवाला र साक्षीसहितको बकपत्र सुरु हुनेछ।
नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै : नायिका केकी अधिकारीले गुपचुपमा बिहे गरेको खबर न सेलाउँदै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाधिदै छिन्न l हालै अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् lपारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन् l नाम नखुलाएता पनि निकट श्रोतको अनुसार वर्षाको जीवन साथी अमेरिकामा बसोबास गर्द छन् l बर्षाले पनि गुपचुपमै बिहे गर्न लागेकी हुन्
९ वैशाख २०७८ शुक्रबार । तद्नुसार २२ अप्रिल २०२२ । वैशाख कृष्णपक्ष षष्ठी तिथि, बणिज करण, पूर्वषाढा नक्षत्र शिव योग र चन्द्रमा धनु राशिमा छ ।ज बिहान ५ः३२ मा सूर्योदय भएकाे छ भने ६ः३३ बजे सूर्यास्त हुनेछ । आजको देवता मित्र र ग्रहदेव बुध हुन् ।
आज बिहान १०ः२५ देखि १२ः०३ सम्म राहुकाल छ । यो समयमा शुभ कार्य नगर्न हुन अनुरोध छ । त्यसैगरी ११ः३७ देखि १२ः२८ सम्मको समयमा अभिजित मुहूर्त रहेको छ । हरेक दिन अभिजित मुहूर्तमा गर्दा शुभ हुनेछ । शुक्रबार मनोरन्जनात्मक र खेलकुदका कार्यमा समय खर्च गर्न सकिन्छ । साथै शुक्रबार सौन्दर्यता र बिलासिताको सामान खरिद गर्न सकिन्छ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आज रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ । आज नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । आजको दिन कुनै तीर्थस्थलीको यात्रा गरेर काम गर्दा तपाईलाई सफलता मिल्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने धनलाभले अत्यन्त खुसियाली मिल्नेछ । आजको दिन तपाईभित्र सकारात्मक सोच हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । तपाईभित्र मनमा पनि निराशा उत्पन्न हुनेछ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा हर्षित हुनु पर्ने हुन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईको शुभ छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला, कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहोला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । कसैलाई हानी हुने काम नगर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । शिबालय यात्रा गरेर कुमारी कन्या र बृद्ध माताहरुलाई खानेकुरा उपहार दिनुहोला । शिवालय र देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला । शुक्रबार गरिएको कारोबार छिटो प्राप्त नहुनसक्छ । आजको दिन कसैसँग ऋण लिने काम नगर्दा राम्रो हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । कसैसँग पनि विवाद हुने काम र कुरा नगर्नुहोला । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशि भएका जातकका लागि आजको दिन राम्रो छ । तपाईको सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मान सम्मान मिल्ने योग छ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन देवी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकका लागि आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको शिवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला । आजको दिन गरेका कामहरु सफल हुनेछन् ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र आजको दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लगाउनु होला । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुनसक्नेछ । सामाजिक सेवाको काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन यात्राको लागि शुभ मानिन्छ ।