चितवन ९ जेठ ।
भरतपुर महानगर पालिकाको मतगणना अन्तिम चरणमा पुग्दा गठवन्धनको समर्थन पाएकी नेकपा माओवादीकी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल जितको नजिक पुगेकी छन् । पछिल्लो मत परिणाम अनुसार रेणुले ११ हजार मतान्तर बनाएकी छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार २४५ मत पाउँदा रेणुले ४६ हजार २५५ मत पाउँदै ११ हजार १० मतान्तर बनाएकी हुन् । यसैगरी, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २८ मत पाएका छन् । उपमेयरमा पनि गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका
ADVERTISEMENT
चित्रसेन अधिकारी ४७ हजार २२८ मत सहित अग्रस्थानमा रहेका छन् । अधिकारीको पनि जित लगभग निश्चित जस्तै भएको छ ।
उनकी प्रतिद्धन्दी राप्रपाकी हिमला गुरुङले २७ हजार ७१ मत पाएकी छन् ।