अन्तत विबाह गर्ने भइन् इन्द्रेणीकी चर्चित गायिका कल्पना दाहालले, कल्पनाले यी करोडपति पढेलेखेका ह्याण्डसम युवक कहाँबाट भेटीन्, आफ्ना हुनै लागेका पति बारे खोलीन् यस्ता रहस्य, ,मङ्सिरमा बिहे गरेर अमेरिका जादै कल्पना, किन देश छाड्ने निर्णयमा पुगिन् त रु हेर्नुहोस् यो एक्सक्लुसिभ कुराकानी भिडियोमा कल्पना दाहालको विबाह
निजी क्षेत्र भन्छ : बजेट सकारात्मक छ, कार्यान्वयन पक्ष सबल हुनुपर्यो : काठमाडौँ — निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको प्रारम्भिक टिप्पणी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेट सकारात्मक ढंगले आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले डोमेस्टिक उत्पादनलाई प्रवर्द्धन गर्ने, निर्यात प्रवर्द्धनमा जोड दिने गरी बजेट आउनु सकारात्मक भएको उल्लेख गर्दै कार्यान्वयनमा पाटोमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
संसद् भवनबाहिर प्रतिक्रिया दिँदै उनले भने, ‘यो बजेटलाई सकारात्मक रुपमा लिन सकिन्छ । यसले डोमेस्टिक उत्पादनमा जोड दिएको छ । निर्यात प्रवर्द्धन गर्ने कुरा गरेको छ । यो सकारात्मक पक्ष हो । तर यसको कार्यान्वयनमा पनि आशंका गर्न सकिन्छ ।’
त्यसैगरी नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष मल्लले सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन पनि सबल ढंगले हुनुपर्ने बताए । उनले बजेटको आकार ठूलो हुने र पछि घटाउनुपर्ने अवस्था आउन नदिने गरी कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
अध्यक्ष मल्लले भने, ‘सरकारले ल्याएको बजेट असाध्यै सकारात्मक छ । तर यसको कार्यान्वयनको पाटो भने सबल हुनुपर्यो । बजेटको आकार ठूलो बनाउने तर पछि कार्यान्वयन गर्न नसक्दा घटाउनुपर्ने अवस्थाको भने अन्त्य हुनुपर्यो ।
हामीले दिएको सुझाव सरकारले ल्याएको बजेटमा समेटिएको छ ।’ अध्यक्ष मल्लले वैदेशिक ऋण लिएर बजेटको आकार बढाउने काम गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।