काठमाडौँ। पछिल्ला दिनमा कभर भिडियो बनाउने ट्रेन नै चलेको छ । तर अनुमति नै नलिई कभर गरिएका कतिपय भिडियोका कारण वास्तविक स्रष्टा र सर्जकहरुलाई भने मार परेको देखिन्छ ।
जसको पछिल्लो उदाहरण हो दिपेश सापकोटा निर्देशित ‘आकाशैको छाना मुनि’ बोलको गीतको भिडियो । बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै बजेट खर्च गरेर निर्माण गरेको भएता पनि सोही गीतको कभर भिडियो स्मारिका समारिका ढकाल युटुब च्यानलले बिना अनुमित कभर भिडियो निर्माण गरेर अपलोड गरेको ट्रि ईन्टरटेनमेन्टले जनाएको छ ।
नयाँ कभर गीतमा टिकटकबाट भाइरल बनेका दिदी बहिनी स्मारिका समारिकाको अभिनय रहेको छ । गीतलाई ठूलो खर्च गरेर बजारमा ल्याएका वास्तविक सर्जकले स्मारिका र समारिकाले बेलैमा गीत नहटाए कानुनी कदम चाल्न आँफुहरु बाध्य हुने बताएका छन् ।