नायिका पुजा शर्माको जन्म २०४९ बैशाख् १८ गते सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबरबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्र थ्रि लबर को निर्देशक चलचित्र पत्रकार सुरेश दर्पन पोख्रेल हुन । नायिका पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् ?
उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको अर्को चलचित्र सम्हालिन्छ कहिले मन को सम्पूर्ण निर्माण कार्य सकिएर प्रदर्शनको तयारीमा छ ।
पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्र प्रेमगीत मात्रै हो । पुजा शर्मालाई सुहाएको जोडी नायक प्रेम गीतमा प्रदिप खड्का, म यस्तो गीत गाउछुमा पल शाह र सबै भन्दा सुहाएको र दर्शकले मन पराएको जोडी राम काहानीमा आकश श्रेष्ठसँग हो । भिडियो सहित
यो पनि पढ्नुहोस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग
चितवन, ९ पुस – भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो ।
यो पनि पढ्नुहोस्
मूल्य नपाउदा धान मकै फल्ने खेतबारी मासेर अलैँची खती गरेका किसान चिन्तामा
ताप्लेजुङ, ९ पुस – पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि थप निराशा छाएको छ ।
चार वर्षअघि प्रतिमन (४० किलो) रु एक लाखभन्दा बढीमा अलैँची बेच्न पाउँदा पहाडी क्षेत्रका अलैँची कृषक उत्साहित थिए । त्यही समयमा अलैँची खेतीमा लगानी पनि बढाए तर अर्को वर्षदेखि क्रमशः मूल्य घटेपछि ऋण लिएर अलैँचीमा लगानी गरेका किसान एकाएक निराश बने । “भाउ बढेर रु एक लाखभन्दा माथि पुगेपछि त्यसै वर्ष ऋण लिएर अलैँचीमा लगानी थपेँ, धान मकै फल्ने खेतबारी मासेर अलैँची रोपेँ, तर भने जस्तो भाउ नआउँदा लगानी पनि त्यसै खेर गयो, अन्नपात पनि किनेर जोहो गर्नुपर्ने अवस्था आयो”, सिरिजङ्घा गाउँपालिका–७ खेवाङका अलैँची कृषक राजकुमार भट्टराई भन्नुहुन्छ ।
भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन । भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन् । “एउटै मात्र बजारको भर पर्नुपर्छ, भारतका व्यापारीले जति मूल्य भन्छन् त्यही मूल्यमा अलैँचीको कारोबार गर्नुपर्ने बाध्यता छ, मूल्यमा स्थिरता हुँदैन, राज्यले यसको बजारीकरण र मूल्यको एकरूपताका लागि विशेष पहल गर्न आवस्यक छ”, अलैँचीको कारोबार गर्दै आउनुभएका स्थानीय बुद्ध दाहाल भन्नुहुन्छ ।
हालसम्म नेपालमा उत्पादित अलैँची भारतबाहेकका अन्य मुलुकहरुमा सिधै निर्यात हुन सकेको छैन । अहिले ताप्लेजुङमा प्रतिमनको रु २५ हजार ५०० का दरले किनबेच भइरहेको छ । गएको वर्ष प्रतिमन रु २६ देखि २७ हजारका दरले अलैँचीको कारोबार भएको थियो । चार वर्षअघि प्रतिमन रु एक लाखभन्दा बढी मूल्यमा कारोबार भएपछि जिल्लाका अधिकांश किसानले धान, मकैलगायतका अन्न उत्पादन हुने खेतबारी मासेर अलैँची रोपेका थिए ।
पहाडी भूभागमा प्रशस्तै उत्पादन हुने अलैँचीको बजारीकरण र मूल्यमा सुधार गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र आफुहरुलाई समेत फाइदा पुग्ने अलैँची किसानको भनाइ छ । यता भारतबाहेकका मुलुकमा समेत सिधै निर्यातको वातावरण बनाई बजारीकरणमा सहजता ल्याउन आवश्यक भएको किसानहरूले बताएका छन् । वर्षौँदेखि अलैँचीको मूल्यमा आइरहने उतारचढावलाई रोक्दै मूल्यमा एकरूपता ल्याउन र बजारीकरणका लागि सरकारले थप पहल गरे आफूहरुको समस्या समाधान हुने कृषकहरुको भनाइ छ ।
यो पनि पढ्नुहोस्
विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टाइन राखिने
काठमाडौं, पुस ९ । सयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ । सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार जारी गरेको सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गरिएको छ । संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ ।
डा गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गरेका छन्। एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ । नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउनका संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।इटालीमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फेला परेको छ ।
यो पनि पढ्नुहोस्
देवीस्थल सुपा देउराली जाने इच्छा पूरा भएको छैन, एक पटक दर्शन गरेर यि जानकारी लिनुहोस् पूण्य मिल्नेछ
काठमाडौँ । सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर क’हालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ।
तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।
यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झु’टो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।
यो पनि पढ्नुहोस्
यसकारण आज देवताका गुरु बृहस्पतिको पूजा गर्दा तपाईको मन प्रसन्न हुनेछ, चिताएको कुरा पुग्नेछ
काठमाडौं– हरेक बार मानिसहरुले विभिन्न देवी देवताहरुको पूजा अर्चना गर्ने गर्छन् । बार अनुसार नै भगवानको पूजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।
सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।
त्यसाे त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ । ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले बिहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।
यो पनि पढ्नुहोस्
नेपालमै भेटिए दोस्रो माइकल ज्याक्सन, यस्तो डान्सले सबैलाई चकित पारे हेर्नुहोस
किर्तिपुर । कला र गला भन्ने चिज यस्तो जो जति देखाउन खोजिन्छ र आफूमा छ भने अबश्य एकदिन न एकदिन बाहिर निस्कन्छ । हो आज हामी त्यस्तै एक जना टयालेन्टेड तर घरको अवस्था र परिबारको अवस्थाले निकै नै पछाडि परेका रेवन सापकोटाको बारेमा कुरा गर्दैछौ ।
बुवाले अर्की लिएर बसेपछि आफनी आमालाई पाल्न अहिले काठमाडौ किर्तिपुरमा लेवर काम गर्छन रेवन । टिकटक देखि सामाजिक सन्जालमा उनी एकदमै भाईरल छन अहिलेको यो समयमा ।
दोलखा स्थायी घर भएका रेवनको काठमाडौमा बस्न लागेको करिब करिब ८ बर्ष पुग्न थालेको छ अहिले । बिश्व चर्चित स्टार माइकल ज्याक्सनको डान्स स्टाईल कपि गरेर हुबहु डान्स गर्ने र जस्तो स्टाईल पनि सजिलै क्याच गर्न सक्ने रेवनको क्षमताले अहिले नेपालमा तहल्का पिटिरहेको छ तर उनी आफू र आफनो देशको संगितलाई अगाडि बढाउन चाहन्छन आफनो साथसाथै ।
उनको एकदमै ठूलो इच्छा भनेकै आफनो देशको म्यूजिक इन्डष्ट्री र डान्सलाई नेपालीपनमा बिश्वभर चिनाउने हो तर गरिबिको कारणले यो सबै कुरा एउटा सपनामा मात्र सिमित भएर बसेको छ अहिले । हेरौ उनको यो चकित पार्ने डान्स —
यो पनि पढ्नुहोस्
खुशीको खबर, अब बैंकले बिनाधितो काम गर्ने मानिसहरुलाई १५ लाख रुपैंयासम्म ऋण दिने
मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।
अदुवा र महको मिश्रण यति गुणकारी
कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या रहँदा पनि हामी अस्पताल धाउने गर्दछौ । तर घरभित्रै पाइने केही चिजको सहि प्रयोग गरेमा हामीले धेरै स्वास्थ्य समस्यामा लाभ पाउन सकिन्छ ।
यो पनि पढ्नुहोस्
यस्तोमा मह र अदुवाको मिश्रण वा जुस बनाएर पिउँदा धेरै प्रकारको स्वास्थ्य समस्यामा चमत्कारीक लाभ पाउन सकिन्छ ।
१. वाकवाकी
वाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे तुरुन्त आराम मिल्नेछ ।
२. श्वासप्रश्वासको समस्या
यस मिश्रणले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका धेरै समस्याहरुको समाधान गर्दछ ।
३. माइग्रेन
यो मिश्रणले टाउको दुखाई र माइग्रेनको समस्या कम गर्नुको साथै पिडा कम गर्दछ ।
४. दम
दमको समस्या भएकाहरुले अदुवा र महका साथमा मरिच हालेर सेवन गरेमा राहत मिल्दछ । यसमा हुने एन्टी इन्फ्लामेट्री गुणले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइ दिन्छ ।
५. महिनावारी
मह र अदुवाको मिश्रणले महिलालाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।
६. पाचन प्रणाली
अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउनुका साथै पेट सम्वन्धि समस्या ठीक पार्दछ ।
७. क्यान्सर
यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्ने भएकाले क्यान्सर सेल्स बन्नबाट रोक्छ । अर्थात अदुवा र महको मिश्रणले क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।
८. हृदयरोग
यो मिश्रणले ब्लडप्रेसर, हर्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु बचाउने गर्दछ ।
९. प्रतिरोधक क्षमता
अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ ।
१०. स्ट्रोक
यो मिश्रणको सेवनले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ ।
मह र अदुवा छुट्टाछुट्टै सेवन गरे पनि यो लाभकारी हुन्छ । अझ यी दुवैलाई मिसाएर सेवन गरेमा यसको लाभ दुइगुणा हुन्छ । यसका लागी एक चम्चा अदुवाको रस र एक चम्चा महलाई राम्रोसँग घोलेर पिउनु पर्दछ ।
यो पनि पढ्नुहोस्
बिहीबारका दिन किन देवताका गुरु बृहस्पतिको पूजा गर्ने ?