काठमाडौ । अन्तिम अवस्थासम्म पदको लागि दाउपेचमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएका छन् । बुधवार साँझ र विहिवार विहान ओलीसंग लामो समय गोप्य बैठक पछि उनले ओलीलाई नै साथ दिने निर्णयमा पुगेका हुन् । विहिवार ओली समुहले गरेको बैठकमा सहभागी भएर उनले आफु ओलीसंगै रहेको सन्देश दिएका छन् ।
बैठकमा बोल्दै उनले ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिन उनीसँगै रहेको बताएका छन्। राजनीतिक उथलपुथल हुन लागेको टिप्पणी गर्दै त्यसलाई बाढीका बनेर प्रस्तुत हुने बताएका छन् ।
‘पछिल्लो राजनीतिक घट्नाक्रम एउटा आँधीबेहरीको रुपमा आएको छ,’ थापाले भने, ‘यसमा प्रतिक्रान्ति हुनसक्ने संभावना रहेको हुँदा हामी पनि तुफान र बाढीको रुपमा प्रतिक्रान्तिलाई रोक्नुपर्छ त्यसकै लागि हामी नयाँ जनादेशमा जान लागेका हौं।’
मुलुकको गुमेको भूमी फिर्ता ल्याउन पनि ओलीलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई पार्टी विभाजन रोक्न अनुनय विनय गर्दा पनि उनीहरुले नमानेको दाबी गरेका छन् ।
केपी ओलीले आफ्नो स्वार्थ पूरा गर्नका लागि मनपरी गर्दै नेपालको संसद विघटन गरिदिएपछि भारत र चीनबीच नेपालको विषयलाई लिएर चल्यो यस्तो दोहोरी, अब के हुन्छ ?
एजेन्सी । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर भारत र चीनबीच दोहोरी चलेको छ । भारत र चीनका मिडियाले एक अर्काको मिडियामा आएको नेपालबारेको समाचारका बारेमा टिप्पणी गरेका छन् ।
चीनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको अवस्थालाई गम्भीरताका साथ लिएको छ । उसको विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने ग्लोबल टाइम्सले नेकपाको विवादले राजनीतिक स्थायित्वलाई ओझेलमा पारेको उल्लेख गर्दै गम्भीरता देखाएको हो ।
ग्लोबल टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशपछि राष्ट्रिपति विद्या देवी भण्डारीले गत आइतबार संसद विघटन गरेको र निर्वाचनको मिती समेत बैशाखमा हुने गरी तय भएको लेखेको छ । नेपालको सत्तारुढ दल तत्काल आन्तिरक द्वन्द्वमा फसेको उल्लेख गरेको छ ।
नेकपा फ्ट्दा नेपालको अन्य पार्टी नेपाली काँग्रेसलगायत अन्य पार्टीहरुलाई निकै फाइदा पुगेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । संसद विघटनले मुलुकमा अशान्ति कायम गरेको समेत भनिएको छ ।
ग्लोबल टाइम्सले लेखेको अनुसार भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले उक्त विघटन र अस्थिरताले चीनलाई धक्का पुर्याएको जिकिर गरेको छ । उक्त ओरोपको जवाफमा ग्लाबल टाइम्सले चीनलाई विघटनले कुनै प्रकारको क्षति नपुर्याएको समेत लेखेको छ । भारतीय सञ्चार माध्यमले नेपालको कम्युनिष्ट पार्टी र नेपालको आन्तरिक विवादलाई समाधान गर्न चीनको निकै चलखेल भएको निरन्तर बताउँदै आएको समेत उल्लेख गरेको छ ।
ग्लोबल टाइम्सले चीनले नेपालमा स्थिरता आओस् भन्ने चाहेको उल्लेख गरेको छ । नेपालमा कस्को सरकार छ भन्ने विषयमा चीनलाई कुनै चासो नरहेको भन्दै नेपालमा स्थायी सरकारको अपेक्षा राखेको भनेको छ । चीनले नेपालका कुनै पनि सत्ताधारी पार्टीलाई दबाब नदिएको तर, भारतले सधै नेपालमा आफ्नो चासो र दबाब कायम गरेको आरोप लगाएको छ ।
व्यावसायिक सतुवा खेतीबाट वार्षिक १५ लाख आम्दानी
भोजपुर, ९ पुस – भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ ।दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो ।
रु ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित हुनुभएका राई यसबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, ‘‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको बिक्रीबाट रु १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यावसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी यही घरपरिवारसँगै बसेर गर्न सकिन्छ ।’’
सङ्गम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटीखेतीमा लाग्नुभएका राई करीब पाँच रोपनी क्षेत्रफलमा ३५ हजार सुतवाको बिरुवाको नर्सरी लगाउनुभएको छ । गतवर्ष सतुवाका बिरुवा बिक्री गरेर रु दुई लाख आम्दानी गर्नुभएका राईले यस वर्ष ३५ हजार सतुवाको बिरुवा हुर्काएका छन् । उहाँको नर्सरीमा उत्पादन भएका सुतवा प्रतिकेजी रु दश हजार तथा सतुवाका प्रतिबिरुवा रु २० देखि १०० सम्मका दरले बिक्री हुने गरेको उहाँको भनाइ छ ।
वर्षमा दुई लाखसम्म सतुवाको बिरुवा बाहिर पठाउँदै आएको उहाँको भनाइ छ । राईले भन्नुभयो, ‘‘अहिले बजारमा सतुवाको माग उच्च छ, मैले वर्षमा दुई लाख बढी बिरुवा अन्य ठाउँमा पठाउँदै आएको छु, विगतमा प्रतिकेजी रु २२ हजारसम्ममा बिक्री हुने सतुवाको मूल्य केही वर्षयता घटेको छ, यसपाली प्रतिकेजी रु दश हजारसम्म बिक्री भइरहेको छ ।” सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ, उहाँले भन्नुभयो ।
“सतुवा खेतीसँगै अन्य जडिबुटी खेतीलाई पनि व्यावसायिक रूप दिएको छु”, उहाँले भन्नुभयो, “मागअनुसारका सतुवाका बिरुवा पु¥याउन सकेको छैन ।” आफ्ना क्षेत्रका स्थानीयवासीलाई पनि जडीबुटीखेतीमा लाग्न उहाँले प्रोत्साहनसमेत गरिरहनुभएको छ । उहाँको सफलतापछि तिम्माका अधिकांश स्थानीयवासी सतुवा खेतीतर्फ आकर्षित भएका छन् । स्थानीयवासीले उत्पादन गरेका जडीबुटीलाई सङ्कलन गरेर बजारसम्म पु¥याउनका लागि आफूले सहयोगसमेत गर्दै आएको राईको भनाइ छ ।
तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा चिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत खेती गरिरहेका छन् । स्थानीयवासीले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गर्नुभएको छ । उत्पादित बस्तु आफ्नै घरबाट बिक्री गर्न पाउँदा स्थानीयवासी पनि खुशी भएका छन् । स्थानीयवासी खेमराज राउतले भन्नुभयो, ‘‘हाम्रो क्षेत्रका अधिकांशले सामान्य रुपमा भएपनि विभिन्न खालका जडीबुटी लगाएका छन्, सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भए पनि सङ्गम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई आफै खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ ।” उहाँले यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको बताउनुभयो ।
व्यापार व्यवसायमा प्रतिपस्पर्धा हुँदा एकले अर्कालाई असहयोग गरेका धेरै उदाहरण छन् । तर स्थानीयवासीको साथ, सहयोग र विश्वासका साथ व्यवसाय गरिरहेका राई समाजमा उदाहरणीय पात्र बनेको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सङ्गम जडीबुटी उद्योग नै खोलेर राईले उदाहरणीय काम गर्नुभएको छ । उहाँको कामलाई देखेर धेरैले जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् । वडा कार्यालयले पनि जडीबुटी खेती विस्तार तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना ल्याउने पक्षमा छन् ।’’
समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै राईले तिम्मा सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । (रासस)