एजेन्सी । एकअर्काबीच माया बसेपछि विकास र एक युवती ५ वर्ष सम्म संगै बसे । तर युवतीले थाहा पाइन् उनका प्रेमीले अर्कै युवतीसंग विवाहको मिति पनि तय गरिसकेका छन् । उनी प्रहरी कार्यालय गइन् ।
प्रहरी कार्यालयमा प्रहरीकै अगाडी उनीहरुको विवाह गराइयो । जव पतिले उनलाई आफ्नो घर लैजाने भनेर लिएर गए बिच वाटोमै छोडेर विवाह गर्न ठिक्क पारेकी उनै महिला लिएर भागे ।
यो घटना भारत मध्य प्रदेश खरगोनमा भएको हो । जिल्ला सदरमुकामस्थित एसपी अफिसमा पुगेकी २६ वर्षीया युवतीले सनसनीखेज खुलासा गर्दै अपर एसपी नीरज चौरसियालाई आफ्नो घटनाको बारेमा बताइन्। उनी खार्गोन जिल्लाको बरवाह तहसीलकी बासिन्दा हुन्। २८ बर्षीय विकास पाटीदारले उनलाई २०१५ बाट लिभ इन सम्बन्धमा राखेका थिए ।
जब उनले थाहा पाए कि उनी डिसेम्बर महिनामा उनका प्रेमीले विवाह गर्न जाँदैछन् । उनले प्रेमी विरुद्ध प्रहरीमा उजुरी दिइन् । पुलिसले उनलाई पक्राउ गर्यो । प्रहरी कार्यालयमै उनीहरुको कानुनी रुपले विवाह भयो ।
विकासले मलाई बिहे गरेपछि धम्नोड लगे। उनको साथीको घरमा १० दिन राखियो । त्यती बेला विकासले भन्यो , तिम्रो चरित्र राम्रो छैन । विवाह नगरी म संग रिलेसनमा बस्यो । त्यसैले तिमीजस्तो युवतीलाई मैले श्रीमती बनाउन सक्दिन ।
विकासले त्यस्तो भनेपछि उनी फेरी प्रहरी कार्यालयमा उजुरी दिन गइन् । प्रहरीका अगाडी उनले ति युवतीलाई आफुसंगै राख्ने बाचा गरे । उनलाई होटलमा भाडामा राखियो। उनलाई सम्बन्ध विच्छेद गर्न दवाव दिन थाले । उनले नमाने पछि युवतीलाई बसपार्कमा लिएर गए र उनलाई अलपत्र पारेर छोडेर हिँडे ।
चकलेटी नायक प्रदीप खड्का ‘मःम मज्जा’ उद्घाटनमा पुग्दा देखिए यस्ता
नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए ।
त्यस्तै, सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।
बसन्तपुरको आउटलेट पनि प्रदीपले नै उद्घाटन गर्ने कार्यक्रम छ । एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ फिल्म निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । फिल्मलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।