काठमाडौ १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्धको आन्दोलन आजबाट सुरु गरेका छन् ।
काठमाडौंको माइतिघरबाट सुरु भएको आन्दोलनमा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल झलनाथ खनाल , नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । प्रदर्शनमा ‘हामी यही छौं’ , ‘हामी जिउँदै छौं’ , ‘असंवैधानिक कू खारेज गर’, ‘संसद बैठक सुर गर’, भन्ने जस्ता प्लेकार्ड बोकी प्रदर्शनकारीहरु नारा लगाइहेका छन् ।
माइतिघरको प्रदर्शनपछि आजै प्रचण्ड नेपाल समूह आफ्नो पार्टी वैधानिक भएको भन्दै आफ्नो पत्र सहित निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ ।
ADVERTISEMENT
आज दुई बजे नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम समेत रहेको छ । पौष १४ गते भने प्रचण्ड नेपाल समूहले देशभर आन्दोलन गर्ने भएको छ ।