• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
‘जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन’ – प्रधानमन्त्री ओली

‘जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन’ – प्रधानमन्त्री ओली

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

मेरो अर्कै के,टा छ भन्ने, देखाउँदै पि,ल्स खाने अनि रबर को लि,अङ्ग प्र,योग गर्ने यि को हुन् ? हेर्नुहोस् खुल्यो रहस्य

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

यिनै हुन कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग विबाह गर्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

ज्योतिष अभिनेता हरिहरसँग लगनगाँठो कस्दै नायिका निता ढुंगाना

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने  निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

पूर्व मिस नेपाल शृखला खतिवडाले अचानक देश छाड्ने निर्णय गरेपछि तनावमा प्रेमी सिसन बानिया

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, March 3, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

‘जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन’ – प्रधानमन्त्री ओली

by gazab g
December 4, 2020
in मुख्य खबर, राजनीति
0
‘जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन’ – प्रधानमन्त्री ओली

493
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् सङ्कटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताउनुभएको छ । कोभिड–१९ महामारीसम्बन्धी ३१औँ विशेष संयुक्त राष्ट्रसङ्घीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत आज सम्बोधन गर्दै उहाँले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोभिड–१९विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गर्दै भन्नुभयो, “खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । ”

तेह्र लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभावित भइरहेका सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको बताउँदै उहाँले विद्यमान महामारी एक स्वास्थ्य सङ्कट मात्र नभएर राष्ट्रबीच आपसीरुपमा तथा आन्तरिकरुपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी भएको विचार व्यक्त गर्नुभयो ।

एउटा संसारलाई एउटा सानो जहाजका रुपमा चित्रण गर्दै प्रधानमन्त्री ओलीले हामी सबै यसका यात्री भएकाले हामीलाई मन परोस् वा नपरोस्, हामी एउटै भाग्यका हिस्सेदार भएको अमूल्य शिक्षा महामारीले हामीलाई प्रदान गरेको बताउनुभयो ।

स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण, जनताको जीवनको रक्षा एवं दिगो तथा उत्थानशील पुनःस्थापनाका उद्देश्यबाट नेपाल मार्गनिर्देशित भएको, आवश्यक परेकालाई निःशुल्क परीक्षण एवं उपचार सेवा प्रदान गरिएको तथा सङ्घीय, प्रान्तीय एवं स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत र चिकित्सकीय उपकरण सुनिश्चित गरिएको जानकारी उहाँले दिनुभयो । “अन्य मुलुक झँै नेपाल पनि यसस्तरको सङ्कटका लागि तयार थिएन तर भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनीतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतको परिचालन गरेका छौँ”, अकल्पनीय स्वास्थ्य सङ्कटविरुद्ध नेपालको लडाइँबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ADVERTISEMENT

सङ्कटको वर्तमान घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्रसङ्घ तथा विशेषतः विश्व स्वास्थ्य सङ्गठनको सराहना गर्दै उहाँले चुनौतीको सामना गरिरहँदा त्यसबाट पार पाउन सुदृढ विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको औँल्याउनुभयो ।

बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्ने, गरीबी, भोकमरी तथा बढ्दो असमानतालगायत जलवायु सङ्कट एवं विश्वव्यापी महामारीजस्ता समसामयिक विश्वका गम्भीर चुनौती सामना गर्नसक्ने पुनःसबलीकृत बहुपक्षीयताको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनोट गर्नुपर्छ, एकल कार्य होइन, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाका रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण सङ्कटको सामना गर्न बृहत् सहयोगको खाँचो छ ।”

दुई दिवसीय उक्त विशेष महाधिवेशनलाई ३७ देशका राष्ट्राध्यक्ष, ३९ राष्ट्रका सरकार प्रमुखसहित १५५ राष्ट्रका राजनीतिक नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । (रासस)

Share197Tweet123Share49
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी
top news

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

सभामुख र राजदूतबीच भेट
top news

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने
top news

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

कोमल ओलीलाई माधव नेपालका यि नेताले तिग्रा देखाएर सांसद बनेकी भनेपछि ब बाल
राजनीति

कोमल ओलीलाई माधव नेपालका यि नेताले तिग्रा देखाएर सांसद बनेकी भनेपछि ब बाल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!