झट्ट हेर्दा जो कोहीलाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका कलाकार तथा निर्देशक निश्चल बस्नेत हुन तर नझुक्किनुस यिनी निश्चल बस्नेत होइनन । निश्चल बस्नेत जस्तै देखिने झापाका अर्पण श्रेष्ठ हुन् । निश्चल बस्नेत जस्तै अनुहार भएका अर्पण श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एकाएक चर्चाको केन्द्र बनिरहेका छन् ।बाटोमा भेटिने धेरै मानिसले निश्चल बस्नेत भन्दै झुक्किएको कुरा अर्पण श्रेष्ठले बताएका छन् ।
निश्चल बस्नेतले अभिनय गरेको काले दाइ काले दाइ बोलको भिडियो उनलाई धेरै मन पर्ने बताए । उनलाई काले दाइ भन्दै मानिसले जिस्काएको रमाइलो पल सुनाए । केहि समय आगाडी नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसि जस्तै देखिने अभिषेक श्रेष्ठ पनि मिडियामा आएका थिए । निश्चल बस्नेत जस्तै देखिने अर्पण श्रेष्ठ संग गरिएको कुराकानी तल हेर्नुहोला ।
कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
आजको पञ्चाङ्ग – २०७७ पौष ११ गते शनिबार मार्ग शीर्ष शुक्ल द्वादशी तिथि भोलि बिहान ०४ः१६, भरणि नक्षत्र बिहान ११ः२२, वव करण, सिद्ध योग, ध्वाक्ष योगा परेको छ । सूर्योदय बिहान ०६ः५४, सूर्य अस्त बेलुका ०५ः१४, दिनमान २५ घटी ५१ पला चन्द्रमा मेष राशिमा रहेको छ । त्यसो त ज्योतिषशास्त्रमा राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्।
यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। २०७७ पौष ११ गते शनिबारदेखि पौष १७ गतेसम्म कस्तो रहन्छ तपाइको भाग्य र भविष्य जानौँ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्
लाइसेन्स लिने तयारीमा हुनुहुन्छ ? आउँदो मंगलबारदेखि खुल्दैछ, यसरी सजिलै लिन सक्नुहुनेछ
काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने भएको छ ।गएको चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
कोरोना भाइरसविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागकाअनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।
नेपाल आइडलबाट लोकप्रियता कमाएका सागर आलेको शरिर भरी ट्याटु
काठमाडौँ । नेपाल आइडलबाट लोकप्रियता कमाएका गायक सागर आले पछिल्ला दिनमा गीत छानेर गाउन थालेका छन् । भाइरल गीतमा खासै नदेखिने सागरले पछिल्लो समय सुनितामी परियारको नयाँ गीत ढुंगा जस्तो मनमा स्वर दिएका छन् ।
उक्त गीतको प्रमोसनका क्रममा रहेका सागरसँगको कुराकानीका क्रममा उनी नयाँ हुलियामा देखिए । सागर शरीरभरी शरिर भरी ट्याटु नै ट्याटु खोपीएको अवस्थामा भेटीएका हुन् ।
जसमध्ये उनले सबैभभन्दा पहिला आफ्नो हातमा आमाकै तस्बिरको ट्याटु खोपेको बताए । सागरले आमाको तस्विरको ट्याटु देखाउँदै भावुक गीत गाए, सुनितामी छेउमा हेरिरहिन् । हेर्नुहोस् यो रमाइलो भिडियो
नेपाल आइडलका सागर आलेले बनाए करोडको घर, घरमा हुँदैछ बिहेको तयारी ? (भिडियो सहित)
काठमाडौ । चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ट निकै हाई छ ।
यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् ।
उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । रंगपत्रकार गोपिकृष्ण चापागाईं उनकै घरमा पुगेर बुबा आमा र सागरका दाजु साजन आलेसँग कुराकानी गरेका छन् ।भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ ।