नव वर्ष २०२१ ले सबैमा सुख, शान्ति, ऐश्वर्य, उत्तरोत्तर प्रगति हुन सकोस् । २०२० जस्ता महामारीले नसताओस् । स्वस्थ्य र मस्तका साथ दिनहरू वित्न सकुन् ।
वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।
सुखद खबर लिएर वर्ष आरम्भ हुने छ । राजनीतिमा विशेष सफलताको वर्ष रहने छ । समाजमा नेतृत् वगर्ने मौका मिल्ने छ । कार्य क्षेत्रमा सफलता , नोकरीमा पदोन्नति हुने छ । कार्यक्षेत्र परिवर्तनको सम्भावना रहेको छ । विगतमा भएका विवादहरू विस्तारै किनारा लाग्दै जाने छ । व्यापारिक वर्गका लागि यो वर्ष अलि कष्ट पूर्ण हुने छ । व्यापारिक व्यक्तिले अरुको भर पर्दा र आँखा पछाडि भएका काममा शंका गर्दा समस्या बल्झिन सक्ने छ । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्