भाग्य दर्शन
हजुरको चिना (कुण्डलि) हराएर, च्यत्तिएर कहाँ वनाउने सोच्दै हुनुहुन्छ, पहिला वनाउनु भएको छैन यदि त्यसो हो भने हामि तपाईंको कुण्डली नेपाल वा विदेशमा जन्मिएका व्यक्तिको कम्प्युटर एवं हस्त लिखित कुण्डली प्रामाणिक तरिका वाट वनाउने छौँ। साथै चिना हेर्ने, वास्तु हेर्ने सेवा पनि उपलव्ध छ। आफ्नो कुण्डलि देखाउन चाहनु हुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला।
भिषज ज्योतिष प्रतिष्ठान
उमाकुण्ड, पशुपति
+९७७-९८४९०५०११८
आज वि.सं.२०७७ साल पौष १३ गते सोमबार तदनुसार ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, श्रीशाके १९४२, मंसिर शुक्लपक्ष चतुर्दशी तिथि अहोरात्र, रोहिणी नक्षत्र २२ घडी ५५ पला बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त मृगशिरा, शुभ योग २५ घडी ५१ पला बेलुकी ०५ बजेर १५ मिनेट उप्रन्त शुक्ल, गर करण बेलुकी ०६ बजेर ५० मिनेट उप्रान्त वणिज, आनन्दादिमा प्रवर्द्धमान योग, चन्द्रमा बृष राशिमा, काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट, दिनमान २५ घडी ५१ पला, काशि पिसाचमोचन।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो रहेकोले सानो प्रयासले महत्वपूर्ण उपलब्धी हासिल हुनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानीमा अवसर आउनेछन्। खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ। माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै बिश्वासबो बाताबरण सिर्जना गर्न सकिनेछ। अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न सकिनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ। राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ। अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खानपान तथा बाहिरी बाताबरणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ। पढाई लेखाई अरुदिन भन्दा खस्केर जानेछ। माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ। कामको लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सामानको व्यापार व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ। सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ। पुराना कामहरु हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुन सक्छ। राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ। अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ। व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ। राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ। बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ। पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर आकर्षित गर्न सकिनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन। माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ। सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला। खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ। तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ। जीवन साथिको सहयोगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ। मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ। थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुनेछ। तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुने तथा शत्रुहरु सलबलाउँनेछन्। न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन्। खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ। खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ। माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ। साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुने काम गर्न सकिनेछ। कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ। प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ। व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ। अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ। लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन्। प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ। यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला।