स्वेता खड्काले आँफुभन्दा निकै कान्छा युवक बिजेन्द्रसन्ग बिहे गर्नुको खास खुल्यो, यत्रो ठूलो धोका ?
चमत्कार भन्दा कम छैन नरिवलको यो उपाय, चारै दिशाबाट बढाउँछ धनसम्पत्ति
काठमाडौँ । धार्मिक शास्त्र तथा धार्मिक ग्रन्थमा नरिवलको निकै महत्व उल्लेख गरिएको छ। नरिवल यस्तो एक फल हो, जसलाई निकै पवित्र मानिने गरिन्छ। हिन्दू शास्त्रमा नरिवललाई त्रिफलको दर्जा दिइन्छ।
नरिवललाई पूजा पाठमा पनि सामेल गरिन्छ। हिन्दू धर्ममा विरुवाको गुणका आधारमा त्यसलई धार्मिक गुणसँग जोडिन्छ। नरिवलमा पनि कयौँ यस्ता गुण हुने गर्दछन्, जो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।
आउनुहोस् जानौँ नरिवलका यी ३ चमत्कारी उपाय
१) बिरामी तथा संकटबाट छुटकारा पाउन
यदी तपाई वा तपाईको परिवारका सदस्यमाथि नकारात्मक शक्तिको प्रभाव छ भने एउटा यस्तो नरिवल लिनुहोस्। जसभित्र पानी भरिएको होओस्। त्यसपछि उक्त नरिवललाई परिवारको शीरमाथि २१ पटक घुमानुहोस्।
त्यसपछि तपाईले उक्त नरिवल हनुमानको मन्दिरमा गएर राखिदिनुस् र हनुमान चालिसा पाठ गर्नुहोस्। ध्यान राख्नुहोस् तपाईले यो उपाय शनिबार वा मंगलबार गर्न सक्नुहुनेछ।
यो उपाय उपनाउदा तपाईको परिवारमाथि परेको नकारात्मक शक्ति समाप्त हुन्छ। र तपाईका रोकिएका काम बन्न थाल्छन्।
२) व्यापारमा लाभ प्राप्तिका लागि
यदी तपाईको व्यापार तथा व्यवसायमा लगाता घाटा भइरहेको छ भने एउटा नरिवललाई सवा मिटर पहेँलो कपडाले बेर्नुहोस्। एक जोडी जनै र सवा पाउ मिठाईलाई साथमा राखेर नजिकैको विष्णु मन्दिरमा आफ्नो संकल्पका साथ चढाउनुहोस्। यसो गर्दा तपाईको व्यापार व्यवसायमा लाभ मिल्न थाल्छ।
३) स्थाइ जागिरका लागि
एक नरिवलको बोक्रालाई लिनुहोस् र त्यसलाई जलाएर खरानी तयार पार्नुहोस्। त्यसपछि उक्त खरानीमा नरिवलको पानी मिलाएर लेदो तयार पार्नुहोस्। उक्त लेदोलाई ७ भागमा बाड्नुहोस् ।
त्यसपछि ४ वटा भागलाई ४ कुरामा र एकलाई छतमा फ्याक्नुहोस्। बाँकी दुई भागमध्ये एक भागलाई पिपलको रुखमुनी र एक भागलाई त्यो अफिसको कुनामा राख्नुहोस् जहाँ तपाई काम गर्न चाहनुहुन्छ।
यो कुरा ध्यान दिनुहोस् की यो काम गर्दा तपाईलाई कसैले पनि नदेखोस्। त्यसपनि ७ दिनमा ती भागलाई त्यो ठाउँबाट हटाउनुहोस्।