काठमाडौँ । बलिउड अभिनेता सलमान खानकोे डिसेम्बर २७ मा आफ्नो ं जन्मदिन मनाए । अघिल्ला वर्षहरुमा निकै धुमधामका साथ जन्मदिन मनाउने सलमानले यो पटक भने साधारण तरिकाले मनाएका छन् । कोरोनाको जोखिम कायम रहेका कारण उनले आफ्नो भवन अगाडी नआउन समर्थकलाई सूचना जारी गरेका थिए । उनको जन्मदिनमा फ्यानहरु सलमानको भवन अगाडी जम्मा हुन्थे ।
सलमानको जन्मदिनको असर नेपालमा पनि परेको छ । सलमानको जन्मदिनको अवसर पारेर नेपालका केहि कलाकारहरुले केक काटेर जन्मदिन मनाएका छन् ।
‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसी र अध्यक्ष राजु थापाको आयोजना नेपाली बिङ ह्युम्यान टिमले सलमानको जन्मदीन किङ्स लन्जमा मनाइएको हो ।
बिङ ह्युम्यान सलमानको अफिसियल ब्रान्ड भएका कारण पनि जन्मदिनमा कार्यक्रम गरिएको हो , उक्त ब्रान्डको चेन नेपालमा पनि लामो समय देखी रहदै आएको छ । आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो । सोही प्रोग्राममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।
अभिनेता भुवन केसी , सुश्मा कार्की ,प्रशान्त ताम्राकार, ऋषि धमला लगायत कलाकारहरुको उपस्थितीमा बिङ ह्युम्यानले केक काटेर जन्मदीन मनाएको हो िसलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ९डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।