काठमाडौ । नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अध्ययन गर्न आएको चिनियाँ टोलीले अहिले भेटवार्तालाई तिब्र बनाएको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेको सो टोलीले सोमवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भेटेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गु यचै सहित ४ सदस्य टोली आइतवार काठमाडौ आएको हो । सो टोलीले सोमवार प्रचण्डलाई भेटेको हो । भेटका क्रममा चिनियाँ टोलीले नेकपा फेरी मिल्न सक्ने सम्भावनाको बारेमा प्रचण्डसंग कुराकानी गरेको बुझिएको छ । नेकपालको मिलनबिन्दु के हुन सक्छ ? यु यचैले प्रचण्डलाई राखेको प्रश्नमा प्रचण्डले संसद पुर्नस्थापना गर्नुपर्ने जवाफ दिएका छन् ।
अध्यक्ष प्रचण्डसँग खुमलटारमा आज बिहान गरेको डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले राखेको सो जिज्ञासामा प्रचण्डले यस्तो जवाफ दिएको बुझिएको छ । आफुहरुले सरकारलाई सहयोग गरेकै अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै पुर्नस्थापना हुन सके फेरी मिल्न सकिने बताएका छन् ।
छलफलमा चिनियाँ उपमन्त्री गुओ यचौले सो विषय नेपालको आन्तरिक मामिला भएको भन्दै चिनले नेपालमा राजनीतिक स्थिरता चाहेको बताएका थिए । नेपालमा ठूलो लगानीका लागि हात अघि बढाएको चिन नेपालमा भएको अकस्मातको राजनीतिक बिचलनका कारण समस्यामा परेको छ । प्रचण्डसंगको भेटमा उनले नेपालमा स्थिरता होस् भन्ने आफूहरुको चाहना भएको उनले जोड दिएका थिए।
‘नेपालका आन्तरिक मामिला आन्तरिक रुपमै समाधान होस् भन्ने चीनको धारणा रहेको र राजनीतिक स्थिरता आफुहरुको चाहना रहेको उनको भनाई थियो । नेपाल राजनीतिक अस्थिरतामा नफसोस् भन्ने चिनियाँ चाहना रहेको उनले संकेत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपामा विभाजित हुन पुगेको छ।