काठमाण्डौ । खेम विश्वकर्मा ती मानिस हुन् जस्ले लोक गायीका टिका सानुलाई जन्माएका थिए । आज उनै खेम विश्वकर्मा अति नै दयनीय अवस्थामा रहेका छन् । आफ्नो गुरुको यो अवस्थालाई जब टिका सानुले एउटा अन्तरवार्तामा देखिन् तब उनी गुरुलाई भेट्न भनी गुरु भएकै ठाउँमा पुगिन् । कल्पनाभन्दा परको अवस्थामा जब टिका सानुले आफ्नै गुरुलाई भेटिन् तब रोकिएनन् उनका आँखाका आँशु पनि ।
मनकारी टिकाले गुरुलाई भेटेर आफ्ना आँखाबाट आँशु मात्र बगाईनन् । उनले आफुले सकेको सहयोग पनि गरिन् । कुनै समय आफुलाई गीत संगीतको कुरा सिकाएका आफ्नै गुरुलाई इट्टा बोकेर मज्दुरी गरेको देखेपछि टिकाले कसैको वास्ता नगरेरै ध्वाँ कि ध्वाँ रुन थालिन् । उनी रोएको देखेर उनका गुरु खेम विश्वकर्मा पनि भक्कानिँदै रोए । माहोल एकछिन् त रुवाबासीकै चल्यो । सबैको देख्ने सुन्ने सबैको आँखा पनि रासायो ।
टिकाले आफ्नो गुरुलाई त्यो अवस्थामा देखेपछि भावुक हुँदै भनि,‘कुनै दिन कुनै समयमा सेतो सर्ट, कालो पाईन्ट चटक्क पारेर लगाउने मान्छे आज इट्टाको भारी बोकेको देख्दा कस्लाई रुन मन लाग्दैन र ? ’ आफ्नो शिष्यको यो मार्मिक भनाईले उनका गुरु खेम भावुक भए । उनले आफ्ना दुःखको कुरा टिकालाई सुनाउन नचाहाँदा नचाहाँदै पनि टिकाले थाहा पाएर आफुलाई भेट्न आएकोमा खुशी हुनुका साथै दुःख लागेको पनि बताए ।
गुरु शिष्य दुवैले विगतका दिन सम्झिएर निकै बेरसम्म पनि रोए । उनीहरु रुँदा उनीहरुलाई देख्ने सबैको आँखा पनि रसाएको थियो । टिक तब निकै भावुक बनिन् जब उनले आफ्नो गुरु खेमको ऋण आफुले सोंचेभन्दा निकै नै बढी भएको थाहा पाईन् । उनले यो कुरा थाहा पाएपछि गुरुले आफुलाई पहिला नै भनेको भए सबै ऋण तिर्न नसकेपनि ब्याज भएपनि तिरेर ऋण कम गर्न त सकिन्थ्यो भन्दै भावुक बनिन् । उनै गुरु चेलीको मार्मिक कुराकानी सुन्नलाई यो भिडियो क्लिक गर्नुहोला । भिडियोसहित
टिकटकमा भाइरल ९ वर्षका सचिन परियार अन्ततः आयुषासँग दोहोरीमा भि,डे, पर्यो टक्कर, इन्द्रेणीमा पुगेकाहरु कसेको हाँसो थामिएन, हेर्नुहोस् भिडियो
काठमाण्डौ । यतिबेला सोशल मिडियामा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीतेका छन् । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो ।
भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । आज सचिन आफ्नो सपनाको घर कार्यक्रम ईन्द्रेणीमा पुगेका छन् । सचिनले त्याहाँ पुगेर कार्यक्रममा सञ्चालक कृष्ण कंडेलसंग कुराकानी गरेका छन् । कृष्ण र सचिनको त्यो वार्तालाप निकै नै प्रेममय हुनुका साथै सचिनको नादानपनमा दिईएको जवाफले सबैलाई हँसाएको पनि थियो ।
टिकटकमा भाईरल भएका सचिनको इच्छा आफ्नो कार्यक्रम ईन्द्रेणीमा आउने रहेछ भन्ने जब कार्यक्रमका प्रस्तोता कंडेलले थाहा पाए त्यसपछि उनैले सचिनलाई काठमाण्डौ आउन निम्तो दिए । आफुलाई कृष्ण कंडेलले अंकलले बोलाएको भन्ने थाहा पाएका सचिन खुशी खुशी साथ काठमाण्डौ आई पुगेपनि । अन्ततः सचिन र कृष्णको कार्यक्रममै भयो निकै रमाईलो कुराकानी । त्यही कुराकानी कै क्रममा सचिनलाई जब कृष्णले आफ्नो नाम सोधे तब सचिनले जवाफ दिएका थिए,‘कृष्ण कंडेल अंकल’ ।
सचिनको यो जवाफ सुनेर प्रस्तोता कंडेल निकै नै खुशी भएका थिए । उनले उत्साहीत हुँदै सचिनलाई अरुपनि प्रश्न गरे,‘मैले के गर्छु थाहा छ रु’ उनको यो प्रश्नको जवाफ सचिनले निकै हाँसो लाग्दो पारामा दिएका थिए,‘तपाईँले माईक फुक्ने काम गर्नु हुन्छ ।’ सचिनको यो कुरा सुनेर कार्यक्रम प्रस्तोता कंडेलसंगै त्याहाँ उपस्थित सबै जना हाँसेका थिए । सोही कुराकानी र सचिनको कार्यक्रम इन्द्रेणीमा रहेको प्रस्तुतीको केही अंश । भिडियोसहित