वि,र्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन।
वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।”***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***
‘छक्का पञ्जा ३’ मा भिलेनको भूमिकामा देखिएका कलाकार अनुराग कुँवरको आज जन्मदिन, छक्का पञ्जा टिमले जन्मदिनमा देला सप्राइज ?
काठमाडौं । अनुरागमान सिंह कुवँरको नाम आउँदा बित्तिकै भिलेन भन्ने छाप हरेकको दिमागमा आउँछ । नेपाली चलचित्र उद्योगका भिलेन भनेर चिनिने कलाकार कुवँरको आज जन्मदिन परेको छ ।
उनी आज ४० वर्ष पूरा भएर ४१ औँ वर्षमा लागेका छन् । सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा ३’ मा उनले मुखियाको भाइको छोराका रुपमा अभिनय गरेसँगै उनको चर्चा थप चुलिएको छ ।
चलचित्र ‘रातो घर’, ‘वडा नम्बर ६’, ‘ए मेरो हजुर–२’, ‘शत्रुगते’, ‘छक्का पञ्जा –३’लगायतका चलचित्रहरुमा काम गरिसकेका अनुभवि भिलियन अनुराग कुँवरलाई जन्मदिनको अवसरमा बिहानैदेखि उनका शुभचिन्तक तथा आफनतले शुभकामनाको वर्षा गराइरहेका छन् ।
उनले चलचित्र ‘के यो माया हो’ बाट डेब्यू गरेका हुन् । कलाकारिताका अलावा व्यवसाय र समाजसेवामा समेत हात हालेका कलाकार अनुरागमान सिंह कुवँरलाई जन्मदिनको अवसरमा हाम्रो पनि शुभकामना ।