काठमाण्डौ – आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
टोपी दिवस मनाउने थालिएसँगै नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको बताइन्छ ।
ADVERTISEMENT