काठमाडौं । अनुरागमान सिंह कुवँरको नाम आउँदा बित्तिकै भिलेन भन्ने छाप हरेकको दिमागमा आउँछ । नेपाली चलचित्र उद्योगका भिलेन भनेर चिनिने कलाकार कुवँरको आज जन्मदिन परेको छ ।
उनी आज ४० वर्ष पूरा भएर ४१ औँ वर्षमा लागेका छन् । सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा ३’ मा उनले मुखियाको भाइको छोराका रुपमा अभिनय गरेसँगै उनको चर्चा थप चुलिएको छ ।
चलचित्र ‘रातो घर’, ‘वडा नम्बर ६’, ‘ए मेरो हजुर–२’, ‘शत्रुगते’, ‘छक्का पञ्जा –३’लगायतका चलचित्रहरुमा काम गरिसकेका अनुभवि भिलियन अनुराग कुँवरलाई जन्मदिनको अवसरमा बिहानैदेखि उनका शुभचिन्तक तथा आफनतले शुभकामनाको वर्षा गराइरहेका छन् ।
उनले चलचित्र ‘के यो माया हो’ बाट डेब्यू गरेका हुन् । कलाकारिताका अलावा व्यवसाय र समाजसेवामा समेत हात हालेका कलाकार अनुरागमान सिंह कुवँरलाई जन्मदिनको अवसरमा हाम्रो पनि शुभकामना ।