काठमाडौँ । गायक संजिव पुडासैनीको नयाँ गीत मेरी कुसुमको भिडियो सार्वजनिक भएको छ । गायक पुडासैनीको पाँचौ एल्बम मायामा समावेश तेस्रो गीतको भिडियो मेरी कुसुममा शब्द संगीत गायक स्वयमकै रहेको छ ।
भिडियोमा ऐश्वर्या खुलाल र सन्दीप पुडासैनीको प्रेम रोमान्सलाई देखाइएको छ । फराज अर्पडको निर्देशनमा तयार भएको गीतमा फराजकै छायांकन, सम्पादन रहेको छ ।
मेरी कुसुमको भिडियो गायक पुडासैनीले आफ्नै युट्युवबाट सार्वजनिक गरेका हुन् । गायक पुडासैनीका नरोई बस फर्की आउँला, किन तिमी आज बोल्दिनौँ, मायाको गावैमा, साना साना कुरामा, पहिलो पहिलो, तिम्रो ओठको हाँसो लगायतका गीतका भिडियोहरु बजारमा आइसकेका छन् ।
ADVERTISEMENT