एजेन्सी । एक जना राइडरले पल्सरको लोकप्रिय मोडल २२० मा ट्र्याक्टरको टायर राखेर कुदाएका छन् । भारतका एक व्यक्तिले २२० पल्सरमा ट्र्याक्टरको टायरले कस्टमाइज गरेका हुन् ।
उनले मोटरसाइकलको अगाडीको चक्का ट्र्याक्टरको चक्काले प्रतिस्थापन गरेका थिए । उनैले उक्त बाइक कच्ची तथा पक्की सडकमा निकै सहज रूपमा चलाएको भारतीय मिडियाहरूमा उल्लेख छ ।
ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ । सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ ।
त्यो बाइकको अगाडीको चक्कामा ब्रेक नराखिएको बताइएको छ ।
नेपालका टप टप सेलेब्रिटीले कुन कार चढ्छन ? यि हुन् करोड हाराहारीका कार चढ्ने सेलिब्रिटी
केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन् । नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छ ।अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् ।
केही वर्षअघिसम्म सुटिङकै गाडीमा ओहोरदोहोर गर्ने सहकलाकार पनि अचेल नयाँनयाँ ब्रान्डका कारका मालिक बनेका छन् । फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ, अहिले ।पुराना कलाकार कृष्ण मल्ल, भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दीलिप रायमाझी, करिश्मा मानन्धर, रेखा थापा, झरना थापादेखि लिएर अहिलेका चलायमान दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, अनमोल केसी, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की, पूजा शर्मासम्मले आफैँ कार कुदाउने गर्छन् ।
कार फेरिफेरी चढ्ने अभिनेतामा अग्रस्थानमा आउँछन् भुवन केसी । उनी हिरो बन्नुअघि नै कार चलाउने गर्थे । ‘फिल्ममा आउनुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ,’ भुवन भन्छन्, ‘बजारमा नयाँ मोडलको कार आउनेबित्तिकै खरिद गर्ने गरेको छु ।’ भुवन अचेल हुन्डाईको क्रेटा चढ्छन् । तीन वर्षअघिसम्म उनी ४७ लाख रुपैयाँ पर्ने किया स्पोर्टेज चढ्थे । आफू गाडीका सौखिन भएकाले फेरिरहने तर्क उनको छ ।भुवनपुत्र युवास्टार अनमोल भने बाइकका सौखिन हुन् । उनीसँग १५ लाख मूल्य पर्ने दुइटा महँगा बाइक छन् ।
उनी कहिलेकाहीँ बाबुको कार लिएरसमेत हिँड्ने गर्छन् । चर्चित हास्य अभिनेता तथा निर्माता दीपकराज गिरीले कार हाँक्न थालेको आठ वर्ष भयो । उनको सुरुको कार हुन्डाई आई टेन थियो । दीपकराजले त्यसपछि सुजुकी स्विफ्ट कुदाए र पछिल्लो समय उनी टाटा हेक्जाका मालिक भएका छन् । रहरभन्दा पनि आवश्यकताले कार चढेकोे जिकिर दीपकराजको छ । भर्खरै लिएकाले आफू तत्काल नयाँ कार किन्ने योजनामा नरहेको उनी बताउँछन् । भन्छन्, ‘खल्ती गरम भयो भने पो नयाँं कारको चाहना हुन्छ । म अहिले टाटा हेक्जाप्रति नै खुसी छु ।’
अभिनेत्री तथा निर्मात्री रेखा थापाले कार हाँक्न थालेको दशक पुगिसक्यो । मारुती अल्टोबाट सुरु भएको रेखाको कारयात्रा त्यसपछि जेट्स, टेरियस हुँदै अहिले निसानको टेरानोमा आइपुगेको छ । बजारमा आएका नयाँ मोडलका कार हाँक्न मन पराउने भएकाले गाडी फेरिरहने उनी बताउँछिन् । ‘एउटा गाडी दुई–अढाइ वर्ष चलाएपछि नयाँ किन्न मन लाग्छ,’ उनी भन्छिन्, ‘आफैँ हाँक्ने बानी भएकाले अरूले चलाएको कारमा बस्न मन लाग्दैन ।’ काठमाडाै उपत्यकाभित्र आफैँ हाक्ने भए पनि मोफसलको यात्रामा भने उनी कार प्रयोग गर्दिनन् ।गाडी फेरिफेरी चढ्ने अर्का अभिनेता हुन्, धीरेन शाक्य ।
हिरो बन्नुअघि नै कार कुदाउने गरेका धीरेन आफूले अहिलेसम्म कति गाडी चेन्ज गरेँ, गन्ती नै नभएको दाबी गर्छन् । पहिलोपटक मारुती कार चढेका उनी पछिल्लो समय टोयटा यारिस चढ्छन् । ‘नयाँ मोडल आयो कि किन्न मन लागिहाल्छ,’ उनको भनाइ छ, ‘समयअनुसार चल्नै प-यो नि ।अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाले आफैँ कार चलाउन थालेको त झन्डै डेढ दशक पुग्न लाग्यो । सुरुमा टोयटा कार कुदाउने गरेकी उनले त्यसपछि पेरेडुवा चढिन् । वेलावेलामा गाडी फेरिरहन मन लाग्छ, उनले अहिलेसम्म कति गाडी फेरें भन्ने हेक्का नभएको बताउँछिन् । झरना पछिल्लो समय टेरियस चढ्छिन् ।नयाँ पत्रिकामा खबर छ ।
हास्य अभिनेता जितु नेपालले कार हाँक्न थालेको आठ वर्ष भइसक्यो । उनले सुरुमा मारुती ८०० लिएका थिए । त्यसपछि उनी अल्टो, आइटेन, स्विफ्ट हुँदै हाल आई ट्वान्टी एक्टिभका मालिक भएका छन् । पाँचौँ कार कुदाइरहेका जितु तत्काल कार फेर्ने सोचमा छैनन् । अहिलेकी चर्चित हिरोइन पूजा शर्माले पनि कार हाँक्न लागेको तीन वर्ष भइसक्यो । सुरुमा उनी ग्रान्ड आइटेन कुदाउँथिन् । हाल उनी इको स्पोर्टस् चलाउँछिन् ।
अर्की चर्चित हिरोइन वर्षा सिवाकोटी पनि कारधनी भएकी छिन् । उनले झन्डै एक महिनाअघि होन्डा सिटी कार किनेकी हुन् । कार किन्नुअघि उनी स्कुटरमा कुद्ने गर्थिन् । सहज जीवनशैली अपनाउन कार किनेको उनी बताउँछिन् । भर्खरै किनेकाले उनी आफैँले भने कुदाउने गरेकी छैनन् । भन्छिन्, ‘हात बसाल्दै छु । केही समयपछि आफैँ कुदाउनेछु ।पछिल्लो समय आफ्नै कार नभएका हिरो–हिरोइन, गायक–गायिका तथा मोडल भेट्न गाह्रो पर्छ । फिल्म, मोडलिङ, विदेश प्रोग्राम, स्वेदश प्रोग्राम तथा म्युजिक भिडियोबाट समेत मनग्गे आम्दानी हुने भएकाले अलिकति चलायमान कलाकारलाई महँगो जीवनशैली व्यतित गर्न असहज छैन ।
भुवन केसी काण्डमा बढी बकबक गरेको भन्दै प्रेमीले छोडिदिए साम्राज्ञीलाई
काठमाडौं । युवा पुस्ताले निकै रुचाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह २ वर्षदेखि देवांश राणासँग प्रेममा थिइन् । अहिले उनीहरुको सम्बन्ध टुटेको छ ।
चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्रमा भित्रिएकी साम्राज्ञी र देवांशको प्रेम बालीमा खिचिएका तस्बिरले निकै भाइरल भएको थियो। उक्त तस्बिरमा छताछुल्ल रुपमा देख्न पाइन्थ्यो ।
त्यसपछि साम्राज्ञीले एकपछि अर्को गर्दै प्रेमी देवांशसँगका तस्विर सार्वजनिक गर्दै गइन् । कहिले नेपालगन्ज, कहिले पोखरा त कहिले बालीमा पुगेर साम्राज्ञीले आफ्नो प्रेम छताछुल्ल पारिन् ।
उनीहरु त्यसपछि कयौं कार्यक्रमहरुमा पनि सँगै देखिएको यो जोडीको विवाह हुने चर्चा समेत सुरु भएको थियो । प्रेममा रहँदा साम्राज्ञी र देवांशले एक म्युजिक भिडियोमा सँगै अभिनय समेत गरे । जुन गीत साम्राज्ञीकी आमाले गाएकी थिइन् । यी दुईबीचको प्रेम सम्बन्ध टुटेको खबर सार्वजनिक भएको छ ।
झण्डै ३ महिनादेखि साम्राज्ञीका कुनै पनि सामाजिक सञ्जालमा देवांशको उपस्थिति नदेखिनुले पनि यो कुरालाई पुष्टि गरेको छ । यति मात्रै होइन साम्राज्ञीले सामाजिक सञ्जालमा हालेका देवांशसँगका पुराना धेरै फोटा पनि हटाएकी छन् ।
यि हुन् नयाँ बर्षको पहिलो दिन विश्वभर जन्मिएका विश्वका ३ लाख ७१ हजार भाग्यमानी शिशु, नेपालमा कति जन्मिए ?
नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ ।
फिजीमा सन् २०२१ को पहिलो शिशुको जन्म हुन्छ भने अमेरिकामा यो वर्षको पहिलो दिनको अन्तिम शिशुको जन्म हुनेछ ।
संसारभरी जन्मेका शिशुमध्ये ५० प्रतिशत शिशुहरु १० देशमा जन्मने बताइएको छ । जसमध्ये भारतमा ५९ हजार ९९५, चिनमा ३५ हजार ६१५, नाइजेरियामा २१ हजार ४३९, पाकिस्तानमा १४ हजार १६१, इन्डोनेसियामा १२ हजार ३३६, इथोपियामा १२ हजार ६ जना, अमेरिकामा १० हजार ३१२, इजिप्टमा ९ हजार ४५५, बंगलादेशमा ९ हजार २३६ र कंगोमा ८ हजार ६४० जना शिशुहरुले नयाँ वर्षको पहिलो दिन जन्म लिने युनिसेफले जनाएको छ ।
युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि विभिन्न देशमा काम गरिरहेको छ ।
यो पनि पढ्नुहोस्
रमेश प्रसाईकी पत्निको आँखाको शल्यक्रिया हुँदै, आर्शिवाद दिनुहोस् रमेश र नन्दालाई, शल्यक्रिया गर्ने तयारीपछि यसरी खुशी ब्यक्त गरिन् नन्दाले, रमेश पनि दंग, हेर्नुहोस् भिडियो
कालिकोट स्थायी घर भएकी नन्दा सिंह आफैमा एक दृष्टिबिहिन हुन । भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाइ संग विवाह बन्धनमा बाँधिएर अझ बढी चर्चा कमाउन सफल नन्दा संह, २ वर्षको उमेर हुँदासम्म आँखा देख्थिन । तर जब उनलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उनी धेरै लामो समय सम्म बिरामी भइन । त्यसपछि नन्दालाई निको नभएपछि घर गाउँ सबैले अब यो म”री भनेर सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए।
हो त्यतिनै बेला संयोग पनि कस्तो भैदियो, त्यतिनै बेला राति चलमलाएर नन्दा ब्युँझिन । त्यसपछि यो यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँ”चेको थाहा भयो। तर बाँ”चे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि आँखा देख्ने उनि त्यसपछि भने नदेख्ने भइन्, बाल्यकाल पनि अन्धकारमै बित्यो।
“बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्”थ्यो, बाल्यकालमा आँखा न”देख्ने अ”न्धी भनेर हे”प्थे ।” नन्दाले भावुक भएर सुनाइन् । तर मेरो मनमा एउटा आँ”ट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई द”ह्रो बनाए। नन्दाले बताइन् । त्यसपछि नन्दा आफ्नी मिल्ने साथी संग काठमाडौ आइन र काठमाडौंमा बाल(आश्रम चलाइन र अहिले पनि चलाइरहेकी छिन् ।
उनले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेत संग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अना”थालय सञ्चालन गरे । आफैमा दृष्टिबिहिन, आफुलाई नै अरुको साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् ।
भर्खरै मात्र विवाह बन्धनमा बाँधिएर नन्दा अहिले फेरि काठमाडौ आइपुगेकी छिन । उनी काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा एउटा कुराको खुलासा गरेकी छिन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भन्छिन स्( मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा। सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।
नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छिन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्योस म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो । अब हेर्नुस् अन्य अरु के के भनिन त आफ्नो आँखाको उपचारको बारेमा । भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोला ।
यो पनि पढ्नुहोस्
हालै विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काका पति विजयेन्द्रको आज जन्मदिन, पतिको जन्मदिनमा यस्तो मिठो स्टाटस लेखेर शुभकामना दिइन् श्वेताले
काठमाडौँ । गत महिना काठमाडौँको गोकर्ण रिर्सोटमा धुमधामले विबाह गरेकी नायिका श्वेता खड्काका पति विजयेन्द्र सिंह रावतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा श्वेताले आफ्ना पतिलाई भिन्न तरिकाले शुभकमना ब्यक्त गर्दै खुशी आफ्ना दर्शकमाझ साटेकी छिन् ।
श्जेताले गएराती नै पोष्ट गरेको स्टटास यो समाचार तयार पार्दासम्म करिब २६ हजारले लाइक गरिसकेका छन् भने ३ हजार कमेन्ट आएका छन् । जसमा उनलाई पतिको दिर्घायूको कामना गरेका छन् । नयाँ जीवन सुरु गरेकी श्वेताका पतिलाई हाम्रो पनि जन्मदिनको शुभकामना ।
यो पनि पढ्नुहोस्
कामदार मालिक बनेपछि ….
चितवन – दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।
गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो ।
चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।
उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।
सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।”
रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ ।
मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पु¥याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”
कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।