काठमाडौँ । छेपारो तपाईं हामीले देखेका छौं । यो थरिथरि रंगको हुन्छ । चारवटा खुट्टा र एउटा लामो पुच्छर हुने यो जीव ३–४ इन्च लामो हुन्छ । प्रायः गरेर यसले घाम तापेर बसेको बेला हामी देख्ने गर्छौं । यसले स–साना कीरा फट्यांग्रा खाने गर्छ । छेपारोको कुरा गर्दा तपाईं हामीले माथिको कुरा सम्झने गर्छौं । तर संसारमा हामीले देख्ने गरेको छेपारो भन्दा पनि निक्कै ठूला ठूला छेपाराहरु पनि हुन्छन् । त्यस्ता छेपाराहरुमध्ये पनि सबैभन्दा ठूलो छेपारा चाहिँ कोमोडो ड्रयागन नाम गरेको छेपारो हो ।
यो छेपारो इण्डोनेशियाका ६ वटा स–साना टापुहरुमा पाइन्छन् । तीमध्ये सबैभन्दा ठूलो टापू चाहिँ कोमोडो हो । यो सन् १९१२ मा पत्ता लागेको थियो । कोमाडो ड्रयागन ३.७ मिटरसम्म ठूलो हुन्छ । यसको तौल चाहिँ १४० किलोसम्म हुन्छ । यसको जिब्रो हामीले प्रयोग गर्ने काँटाचम्चाजस्तो बीचमा चिरिएको हुन्छ । यसले अरु जीवहरुको गन्ध थाहा पाउन सर्पले जस्तै आफ्नो जिब्रो भित्र बाहिर गरेर चलाइरहेको हुन्छ । तीखो नंग्रा र दाँत अनि बलियो हुने कोमोडोले आफ्नो शि,कारलाई सजिलै चिरिदिन सक्छ । यसको शरीर कडा कत्ला भएको छालाले ढाकिएको हुन्छ ।
कोमोडो मासु खाने जीव हो । यसले सिनो पनि खान्छ, नयाँ शिकार समातेर पनि खान्छ । बच्चा कोमोडो ड्रयागनले स–साना छेपारो, कीरा, चरा र सर्पहरु समातेर खान्छ । तर एक वर्षको भएपछि यसको लम्बाई एक मिटर जति हुन्छ र यसले सिनो खान थाल्छ । अझ ठूलो भएपछि त यस छेपारोले मृग, खसीबाख्रा, जंगली बँदेल र कहिलेकाहीँ भैंसीको पनि शि,कार गर्ने गर्छ । मौका मिल्दा त यसले बच्चाहरु र बूढा मानिसहरुलाई समेत आक्रमण गर्न सक्छ ।
ठूलो पञ्जा र तीखो नंग्रा अनि आफ्नो स्पन्ज जस्तो गीजामा अडिएको करीब ६० वटा धारिलो र सार्क माछाको जस्तो अलि घुमेका दाँतहरुको मद्दतले यसले शि,कार पक्रने गर्छ । यसको जीवनकालमा चार पटक दाँत फेरिने गर्छ । कोमोडो ड्रयागनको र्यालमा खतरनाक र विषालु व्याक्टेरियाहरु हुने गर्छन् । यसले टोकेका ठूला ठूला जनावरहरु त्यस व्याक्टेरियाको कारण घाउमा सं,क्रमण भएर मर्ने गर्छ । यसले कहिले काहीँ अरु जनावर हिँड्ने बाटोमा लुकेर ढुकेर पनि शि,का,र,लाई पक्रने गर्छ । त्यसैले यसलाई छेपाराहरुमध्ये सबैभन्दा बुद्धिमान मान्ने गरिन्छ ।
यो पनि पढ्नुहोस्
कोमोडो ड्रयागन धेरै खञ्चुवा हुन्छ । यसले एक पटकमा आफ्नो कूल तौलको ८० प्रतिशतसम्म मासु खान स्क्छ ।
पोथी कोमोडोले एक पटकमा ३० वटासम्म अण्डा पार्छ । यसले अण्डा सुख्खा मौसममा पार्ने गर्छ । त्यो अण्डाबाट बच्चा निस्कन करीब ८ महिना लाग्छ । कोमोडो ड्रयागन सालाखाला ५० वर्षसम्म बाँच्ने गर्छ ।
यो छेपारो एक्लै बस्न र एक्लै नै शिकार गर्न मन पराउँछ । यसले कहिले काहीँ समुद्रको किनारको दलदलहरुमा पनि माछा र अरु समुद्री जीवहरुको शिकार गर्ने गर्छ । यो छेपारो अति राम्ररी पौडी पनि खेल्न सक्छ । त्यसै गरी, यसले अति राम्ररी रुख पनि चढ्न सक्छ । तर यसले आफ्नो धेरै जसो समय चाहिँ जमीनमा नै बिताउने गर्छ ।
यो पनि पढ्नुहोस्
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई अजयको कारले दियो ठ;क्कर, छट;पटाउँदै बाघ सडकमा नै ढ;ल्यो, भाग्दै गरेका अजय समातिए
कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा पाटेबाघको मृ,त्यु भएको छ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठ,क्कर दिएको हो।
बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठ,क्कर दिएको हो।
कार हेटौंडाबाट सर्लाही जाँदै थियो। ठक्करबाट बाघको घटनास्थलमै मृ,त्यु भएको छ।
कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताए।
यो पनि पढ्नुहोस्
भारतका हरेक मान्छेलाई मेरो नाम थाहा छ भन्दै ठूला कुरा गरे केपी ओलीले, कहिलेसम्म यसरी हावामा उडिरहहन्छन् ओली ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताउनुभएको छ ।
शनिबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू प्रधानमन्त्री भएपछि विश्वभर नेपालको चर्चा भएको बताउनुभयो ।
‘यसअघि नेपालको बारेमा कहाँ चर्चा हुन्थ्यो रु, नेपालको प्रधानमन्त्रीको नाम सोध्दा कसैलाई थाहा थिएन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छ ।’
आफू प्रधानमन्त्री भएपछि चीन र भारतका साथै अन्य तेश्रो मुलुकहरूसँगको सम्बन्ध सुमधुर भएको उहाँको दाबी छ ।
प्रधानमन्त्री ओलीले आफ्नो पालामा भएको विकास निर्माण र समृद्धिको विषयलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङले समेत देखेको अवस्थामा माधव नेपाल र पुष्पकमल दाहालले नदेखेको टिप्पणी गर्नुभयो ।
यो पनि पढ्नुहोस्
रमेश प्रसाईकी पत्निको आँखाको शल्यक्रिया हुँदै, आर्शिवाद दिनुहोस् रमेश र नन्दालाई
कालिकोट स्थायी घर भएकी नन्दा सिंह आफैमा एक दृष्टिबिहिन हुन । भर्खरै मात्र चर्चीत वक्ता रमेश प्रसाइ संग विवाह बन्धनमा बाँधिएर अझ बढी चर्चा कमाउन सफल नन्दा संह, २ वर्षको उमेर हुँदासम्म आँखा देख्थिन । तर जब उनलाई दुई बर्षको उमेरमा झाडापखलाले नराम्ररी समात्यो तब उनी धेरै लामो समय सम्म बिरामी भइन । त्यसपछि नन्दालाई निको नभएपछि घर गाउँ सबैले अब यो म”री भनेर सेतो कपडामा बेरेर नजिकैको जङ्गलमा लगेर गाड्न ठिक्क पारेका थिए।
हो त्यतिनै बेला संयोग पनि कस्तो भैदियो, त्यतिनै बेला राति चलमलाएर नन्दा ब्युँझिन । त्यसपछि यो यो त ज्यूँदै रहिछ भनेर सबैलाई बाँ”चेको थाहा भयो। तर बाँ”चे पनि जीवनमा अन्धकार थपियो। झाडापखला लाग्नुअघि आँखा देख्ने उनि त्यसपछि भने नदेख्ने भइन्, बाल्यकाल पनि अन्धकारमै बित्यो।
“बाल्यकालमा अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो किनकी मेरो जस्तै आँखा नदेख्ने रोग अरु केटाकेटीलाई पनि सर्छ भन्थे । मन भित्रभित्रै रुन्”थ्यो, बाल्यकालमा आँखा न”देख्ने अ”न्धी भनेर हे”प्थे ।” नन्दाले भावुक भएर सुनाइन् । तर मेरो मनमा एउटा आँ”ट पलायो, जीवनमा केही न केही गर्छु भनेर मनलाई द”ह्रो बनाए। नन्दाले बताइन् । त्यसपछि नन्दा आफ्नी मिल्ने साथी संग काठमाडौ आइन र काठमाडौंमा बाल(आश्रम चलाइन र अहिले पनि चलाइरहेकी छिन् ।
उनले आफ्नो बाल्यकाल देखिकै मिल्ने साथी गिता बस्नेत संग मिलेर अन्तरदृष्टि नेपाल’ नामक अना”थालय सञ्चालन गरे । आफैमा दृष्टिबिहिन, आफुलाई नै अरुको साहारा चाहिने हुदाहुदै पनि संस्थामा करिब एक दर्जन बालबालिकाहरुलाई आश्रय दिदै आएकी छिन् ।
भर्खरै मात्र विवाह बन्धनमा बाँधिएर नन्दा अहिले फेरि काठमाडौ आइपुगेकी छिन । उनी काठमाडौ आइसकेपछी एक युटुब च्यानलमा एउटा कुराको खुलासा गरेकी छिन । तपाइँको आँखाको उपचारको लागि के सोच्नुभएको छ भन्ने प्रश्नमा नन्दा भन्छिन स्( मेरो आँखा बन्छ कि बन्दैन थाहा छैन तर पनि अब म केही दिनमै वरिष्ठ डा। सन्दुक रुइत संग परामर्श लिन उहाँलाइ भेट्न जाँदै छु ।
नेपालमा नभएर विदेश मा हुने भयो भने पनि म जान सक्दिन किनकी मेरो त्यँहा सम्म जाने हैसियत छिन । भरिसक नेपालमै भैदिएको भए सहज हुन्थ्योस म भन्दा पनि मेरा यी बालबच्चा लाई हुर्काउन अझ बढी सहज हुन्थ्यो भन्ने उनको उनको भनाई थियो । अब हेर्नुस् अन्य अरु के के भनिन त आफ्नो आँखाको उपचारको बारेमा । भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुहोला ।
यो पनि पढ्नुहोस्
हालै विबाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काका पति विजयेन्द्रको आज जन्मदिन, पतिको जन्मदिनमा यस्तो मिठो स्टाटस लेखेर शुभकामना दिइन् श्वेताले
काठमाडौँ । गत महिना काठमाडौँको गोकर्ण रिर्सोटमा धुमधामले विबाह गरेकी नायिका श्वेता खड्काका पति विजयेन्द्र सिंह रावतको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा श्वेताले आफ्ना पतिलाई भिन्न तरिकाले शुभकमना ब्यक्त गर्दै खुशी आफ्ना दर्शकमाझ साटेकी छिन् ।
श्जेताले गएराती नै पोष्ट गरेको स्टटास यो समाचार तयार पार्दासम्म करिब २६ हजारले लाइक गरिसकेका छन् भने ३ हजार कमेन्ट आएका छन् । जसमा उनलाई पतिको दिर्घायूको कामना गरेका छन् । नयाँ जीवन सुरु गरेकी श्वेताका पतिलाई हाम्रो पनि जन्मदिनको शुभकामना ।
यो पनि पढ्नुहोस्
कामदार मालिक बनेपछि ….
चितवन – दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् ।
गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो ।
चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।
उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।
सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।”
रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ ।
मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पु¥याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”
कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।