• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको कुकुर लिएर बम्जनको कोठामै पुग्दा जे देखियो   (भिडियो)

जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको कुकुर लिएर बम्जनको कोठामै पुग्दा जे देखियो (भिडियो)

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

विबाह गरेको छोटो समयमा नै बाबु बन्दै रमेश प्रसाई

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

नयाँ वर्षकै दिन नाजिर हुसेनसँग इन्गेजमेन्ट गरिन् चर्चित नायिका केकी अधिकारीले, विबाहको मिति समेत तय गरे दुवैले एकसाथ खुशी भएर

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल

नाचेरै काठमाडौँमा महल ठडाएकी ज्योति मगरले यि युवकसँग गर्दैछिन् विबाह

‘आमा’ बन्दै नायिका गरिमा पन्त

‘आमा’ बन्दै नायिका गरिमा पन्त

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Wednesday, April 14, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको कुकुर लिएर बम्जनको कोठामै पुग्दा जे देखियो (भिडियो)

by gazab g
January 2, 2021
in समाज
0
जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको कुकुर लिएर बम्जनको कोठामै पुग्दा जे देखियो   (भिडियो)
510
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

गत असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घे’रा हा’ल्यो।करणीको आरोप लागेका तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो। करणीको आरोपमा उनकै अनुयायीले सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेपछि २०७६ माघ २४ गते प्रहरीले पहिलो पटक पक्राउ गर्ने प्रयास गरेको थियो। त्यो अप्रेसन असफल भयो। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट चार जना अनुयायी हराइरहेका छन्। उनीहरुको अहिलेसम्म कुनै पत्तो छैन।

सिन्धुलीको कमलामाई नगरपालिका–८ मा तवस्वी बम्जनको ‘बोधिमार्ग दर्शन मैत्री धर्म आश्रम’ करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। यसमध्ये केही बम्जनकै जग्गा हो भने आश्रमको धेरै क्षेत्र सरकारी जंगल ह’डपेर बनाइएको छ। पहिलो अप्रेसन असफल भएपछि चार महिना लगाएर थप अनुसन्धान गरेको प्रहरी अतिरिक्त दलबल लिएर त्यहाँ पुगेको थियो। प्रहरीले सो अप्रेसनका लागि दुईवटा कुकुर समेत प्रयोग गर्यो– एउटा ‘ट्रयाकर’ र अर्को ‘रेस्क्यु’।

अप्रेसन टिमसँग सशस्त्र प्रहरीको लाइभ डिटेक्टर मेसिन र त्यससम्बन्धी विज्ञ टोलि पनि थियो, जसले जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्रहरीको भनाइ। तपस्वी भनेर चर्चित एकजना बम्जनलाई पक्राउ गर्न बिभिन्न युनिटका गरी १२० प्रहरी सो जंगल क्षेत्रमा पुगेका थिए।

ADVERTISEMENT

‘पहिलो पटक पक्राउ गर्न जाँदा प्रहरीबाट धेरै त्रुटि भएका कारण बम्जनको आश्रमस्थलसम्म पनि नपुगी फर्किनुपरेको थियो’, अप्रेसनमा खटिएका एक जना प्रहरी अधिकारी भन्छन्, ‘त्यसैले, दोस्रो पटक थप तयारी गरेर त्यहाँ पुगेका थियौं।’

प्रहरीले त्यहाँ पुग्नु पहिले नै बम्जनको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरिसकेको थियो। मोवाइल सम्पर्कका आधारमा बम्जन रहेको क्षेत्र सुनिश्चित गरेर प्रहरी त्यहाँ पुगेको हो। त्यहाँको स्थानीय समुदायले बम्जनलाई धर्मगुरु मान्ने भएकाले उनलाई पक्राउ गर्दा प्रहरीमाथि नै आ ‘क्रमण हुनसक्ने आँकलन थियो।

त्यहीअनुसार ह ‘तिया’र सहितको टोली साथमै थियो। संभवतः बम्जन निवासमा लामो समयदेखि नबसेकाले हुनसक्छ ट्रयाकर डगले पनि उनको संकेत पाउन सकेन। प्रहरीको भनाइमा त्यहाँको भौगोलिक संरचनाका कारण कुकुरले काम गर्न सकेनन्।

घनाजंगलभित्र छरिएका संरचना प्रहरीलाई पत्ता लगाउनै गाह्रो पर्यो। त्यसमाथि गौंडा गौंडामा सञ्चार सेटसहितका बम्जनका बडिगार्ड तैनाथ थिए। ठूलो संख्यामा प्रहरीलाई देखेपछि उनीहरुले माछा मा’र्न नदिनका लागि आफूहरुले गस्ती गरेको बताए।

सो क्षेत्रमा बम्जनका अनुयायी बाहेकलाई प्रवेश गर्न दिइँदैन। गस्ती टोली रहेको ठाउँबाट ५ देखि ७ मिनेट पैदल अगाडि बढेपछि प्रहरी एउटा आश्रममा पुग्यो। र, त्यतिनै अगाडि बढ्दा महिला अनुयायीहरु बस्ने आश्रममा।

प्रहरीका अनुसार त्यहाँबाट थप १० मिनेट अगाडि बढेपछि घोडाको तबेला रहेको स्थानमा पुगिन्छ। त्यसपछि उकालो लागेपछि आउँछ बम्जनका विदेशी अनुयायी बस्ने आश्रम। जंगलभित्र आश्रमका यस्तै बिभिन्न संरचनाहरु छरिएका छन्।

प्रहरीलाई यहाँभित्रका यस्ता संरचनाहरु पत्ता लगाउनै हम्मेहम्मे पर्‍यो। बम्जनका लागि सामान ल्याउने लैजाने व्यक्ति प्रहरीले पहिले नै पत्ता लगाएको थियो र उनैमार्फत् बम्जन रहेको स्थानमा पुग्ने प्रहरीको योजना थियो।

बिहान ४ बजेबाट अप्रेसन थालेको प्रहरीले ती व्यक्तिलाई ११ बजेमात्रै भेट्यो। सिधै जाँदा थाहा पाउलान् भनेर पछाडीपट्टिबाट बम्जन रहेको भनिएको भवनतर्फ प्रहरी अगाडि बढ्यो। करिब २ घण्टा हिंडेपछि बल्ल प्रहरी त्यो स्थानमा पुग्यो।

त्यहाँ लामोलामो कपाल पालेका, ट्याटू खोपेका पाँचजना युवाहरु भेटिए। कटेजमा बसेका तिनै युवाहरु नै हुन् जसले अन्य व्यक्तिलाई बम्जनसँग भेट गराउँछन्। कसलाई बम्जनसँग भेट गर्न दिने र कसलाई नदिने भन्ने उनीहरुकै हातमा हुन्छ। आश्रम क्षेत्रभित्र रहेका अन्य व्यक्तिभन्दा उनीहरु फरक थिए। जुडो, कराँते खेल्ने ठाउँ पनि रहेको आश्रमभित्र कपाल पालेका उनीहरु ५ जना मात्रै भेटिए।

‘त्यहाँ भेटिएका एक युवा पहिले गौंडामा बस्थे, अहिले उनले बम्जनको सुरक्षा गर्ने जिम्मा पाएका रहेछन्,’ अप्रेसनमा सहभागी एक प्रहरीले भने। उनीहरुलाई प्रहरीले सोध्यो, ‘बम्जन कहाँ छन्रु’ उनीहरुको एउटै जवाफ थियो। जुन जवाफ प्रहरीले जंगल प्रवेश गर्ने बेलादेखि नै सुन्दै आएको थियो, ‘हामीलाई केही थाहा छैन। उहाँ त ध्यानमा हुनुहुन्छ। उहाँले दर्शन गर्न चाहेमा मात्रै भेट्ने हो।’ आश्रमका अनुयायीहरुले पनि प्रहरीलाई बम्जनबारे कुनै जानकारी दिएनन्।

एक अनुयायीको भनाइ उधृत गर्दै अप्रेसनमा संलग्न अर्का एक प्रहरी भन्छन्, ‘उहाँ साक्षत भगवान हो, यो श्रृष्टि गर्नका लागि उहाँ आउनु भएको हो। तपाईंहरु पापी मन लिएर आउनु भएकाले भेट्न सक्नुहुन्न।’ उनीहरुले प्रहरीलाई पवित्र मन लिएर आएमात्र भेट्न सक्ने बताए।

‘उहाँ त रुखको टुप्पोमा हुन सक्नुहुन्छ, पानीमा हुन सक्नुहुन्छ, अन्तरध्यान हुनुहुन्छ,’ अनुयायीहरुले प्रहरीलाई व्याख्या गरे, ‘तपाईंहरु पापी हुनुहुँदो रहेछ, तपाईंहरुलाई २१ दिनभित्रमा पाप लाग्छ, तपाईंहरु राक्षस हो। त्यही कारण उहाँलाई भेट्न सक्नुहुन्न।’

प्रहरीका अनुसार आश्रमभित्र ५०–६० जना अनुयायी छन्। अप्रेसनको क्रममा प्रहरीले अनुयायी बस्नेदेखि बम्जन बस्ने भनिएको कोठासम्म सबै क्षेत्र खोजतलास गर्‍यो, कुकुर र उपकरणहरू पनि प्रयोग गरे। तर बम्जन कहाँ छन् भन्ने कुनै सुइँको पाउन सकेन। दिउँसो दुई बजेसम्म केही पत्ता नलागेपछि झण्डै डेढ घण्टा लगाएर छरिएका प्रहरी एक ठाउँ भेला भएर फर्किए।

प्रहरीको यो अप्रेसनसँगै बम्जनले प्रयोग गर्ने टेलिफोन नम्बर परिवर्तन भइसकेको छ। बम्जन र उनका सहयोगीले प्रयोग गर्ने १५ वटा मोवाइल नम्बर प्रहरीले ट्रयाक गरेको थियो। ती नम्बर अहिले प्रयोगमा छैनन्।

त्यसो त बम्जनबारे प्रहरी अनुसन्धान अहिलेलाई थाँति रहेको छ।

अदालतले उनको बारास्थित घरमा गत साता अदालतमा उपस्थित हुन म्याद टाँसेको छ। बम्जन आफैं अदालतमा उपस्थित भएनन् भने अदालतको फैसला नभएसम्मका लागि प्रहरीले पक्राउ गर्न पाउने छैन। हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन भिडियोमास्

(उजिर कार्कीले नेपाल खबरको लागी तयार परेको यो सामग्री हामीले साभार गरेका हौ)

Share204Tweet128Share51
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले
समाज

घरमा पत्नि र छोराछोरी हुँदा हुँदै अर्की महिलासँग हिँ डेको भन्दै मा फी मागे दीपकले

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिएको भिडियो रातारात बन्यो भाइरल
समाचार

भारतमा बाबा रामदेव ड्राइभर बनेर पूर्वराजा ज्ञानेन्द्रलाई सेवा दिए

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!