काठमाडौं– वर्षौदेखि पशुपतिमा लास व्यवस्थापनको सेवामा लागेर चर्चामा आएका विनयजंग बस्नेत र पत्रकारबीच शनिबार राजधानीको सिलौटो रेष्टुरेन्टमा कडा विवाद भयो । आफूले विवाह गर्न लागेको प्रेमिका पूजा विश्वकर्मासहित इन्टरभ्यू दिन आएका विनयले मदिरा पिएर आएको चाल पाएपछि महिला पत्रकार सुरक्षा भट्टराईले उनीमाथि प्रश्न गरेकी थिइन् ।
उनको प्रश्न सुनेर विनयजंग जंगिए । उल्टै महिला पत्रकारमाथि जाइलागे । त्यसपछि के–के भयो रु हेर्नुस्, हाम्रोकला टिभीले कैद गरेको एक्सक्लुसिभ भिडियो ः
छोरालाई बोकेर हिड्न सक्ने भए कृष्ण, भन्छन्, छोरालाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छः (भिडियोसहित)
काठमाण्डौ । ‘भोली ऊ के बन्छ हामीलाई थाहा छैन तर उस्लाई ईन्टरनेशनल प्लेयर बनाउने चाहाना छ ।’ यो भनाई हो कृष्ण वली र रुपाको । उनीहरुको छोरा रियान्स आजको यो समयमा चार महिनाको भईसकेको छ । कृष्ण र रुपाको जोडी पनि समाजकोलागी निकै उदाहरणीय र साहासी जोडीको रुपमा चिनिन्छ ।
धेरैपछि यो जोडीले मिडियामा फेरी आफ्ना केही सुखद भनाईहरु र लकडाउनको अनुभवहरु शेयर गरेका छन् । रुपाको भनाई अनुसार उनीहरुले लकडाउनको केही समय गाउँमा बिताए । दशैंको मौकामा गाउँ जाँदा उनीहरुलाई भेट्न आर्शिबाद दिन मान्छेहरु उनीहरुकै घरमा आएको कुरा पनि रुपाले सुनाईन् । उनले भनिन्,‘गाउँमा जाँदा सबै जना हामीलाई नै भनेर भेट्न आउनु भएको थियो । सबैले आर्शिबाद दिएर पनि जानु भयो । बाबु जन्मिएको त सबैलाई भिडियो हेरेरै थाहा भईसकेको थियो ।’
आफ्नाआफ्न्तदेखि सबैको माया पाउँदा निकै खुशी लाग्ने कुरा सुनाउँदै रुपाले छोराको स्याहार गर्न गाह्रो पनि नभएको र भनेको जस्तो सजिलो पनि नभएको बताईन् । साथै उनले बाबुलाई धेरै जसो कृष्णले नै खेलाएर घरको काम गर्न आफुलाई सहयोग गर्ने गरेको पनि सुनाईन् । कृष्णले पनि बाबु खेलाउँदा आफुलाई निकै नै भाग्यशाली भएको कुरा सुनाए । दुवैले छोरा रियान्सलाई राम्रोसंग हुर्काउन र छोराको लालनपालन गर्नकोलागी मिलेर गरेको कुरा सुनाए । भिडियो