उदयपुर । एउटी आमाकोलागी उस्को सन्तान नै यो संसारमा सबैथोक हुन्छ । सन्तानप्रतिको मोहलाई यो संसारको कुनै कुरासंग साँट्न मिल्दैन तर उदयपुरमा एउटी आमाले आफ्नै सन्तानको मायालाई एउटा एउटा चाउचाउ, बिस्किट र हजारको नोटसंग साँटेकि छन् । उनले आफ्ना कलिला छोराछोरीको हातमा यी खाने कुरा थमाएर आफु भने अर्कैको श्रीमानसंग भागेकी छन् ।
उदयपुरको चौजण्डेगढी नगरपालिका ६ सिरवानी टोलीकी रुपा बस्नेतले आफ्ना ती अबोध छोराछोरीलाई खाने कुरा दिएर नारायण थापा नाम गरेका व्यक्तिसंग भागेको खबर बाहीरिएको छ । रुपा सशस्त्र प्रहरी बलका बरिष्ठ हवल्दार प्रमोद बस्नेतकी श्रीमती हुन् । र उनलाई भगाउने पनि सशस्त्र पहरी बलकै सिपाही नारायण थापा हुन् ।
यी दुवैले आफ्नो घरमा भएका बालबच्चा सहित आ आफ्नो श्रीमान र श्रीमतीलाई धोका दिएर प्रेम गरी भागेका छन् । यीनीहरुको खोजी कार्य भईरहेको छ । यीनीहरुलाई आफ्न्तकोमा खोजेर नभेटाएपछि सोशल मिडियामा नै यीनीहरुको तस्वीर सार्वजनिक गरिएको छ ।
रुपाले नारायणसंग भागेर जाँदा श्रीमान प्रमोदको कमाईको ९ लाखसंगै ३ तोला सुन समेत लगेको परिवारले बताएको छ । परिवारको भनाई अनुसार प्रमोद सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार हुन् र उनी रिटायर भईसकेका छन् । हाल उनी मलेसियामा कार्यरत छन् ।
रुपा र नायारणको भेट यही श्रावण महिनादेखि भएको हुन सक्ने परिवारको आशंका रहेको छ । रुपाको काका ससुरा र नन्दको भनाई अनुसार रुपाको बानी घरका मानिसहरुसंग कम बोल्ने, घरको काममा भन्दा मोबाईलमा धेरै समय बिताउने रहेको बताईएको छ । घुसघुसे बानीले गर्दा रुपाको चालचलन र चरित्र बुझ्न नसकिएको काका ससुरा सन्त बहादुर बस्नेतले बताएका छन् ।
पोखराबाट उदयपुर सरुवा भएका नारायणको पनि उता घरमा श्रीमती र दुई सन्तान रहेका छन् । नारायण भने हाल सशस्त्र प्रहरी बलमै कार्यरत एक सिपाही हुन् । रुपा नारायणसंग भागेर गएदेखि दुबैका छोराछोरीको बिचल्लि भएको छ भने । रुपका परिवारहरु निकै नै आक्रोशित रहेका छन् ।
काठमाडौ । धुमधामसंग विवाह गरेर पैसा कमाउन भन्दै विदेश गएका एक पुरुषका श्रीमतिलाई ससुरालीले धुमधामसंग फेरी अर्कैसंग विवाह गरिदिए । रुपन्देहीको भैरहवामा यस्तो घटना भएको हो । उनी मलेसिया गएपछि श्रीमतिलाई विदेशवाट पैसा पठाउँथे । ससुरालीको घर पनि उनले नै बनाइदिएको बताउँछन् ।
म मलेसिया गएपछि श्रीमति माइत गएर बसिन्, ससुरालीले घर बनाउँदै थिए । त्यसका लागि पनि मैले मलेसियावाट पैसा पठाए । तर घर बनाएर सकेपछि श्रीमतिलाई ससुरालीले नै छोरीको विवाह अर्कैसंग गरिदिए । रविन कुमार विश्वकर्मा अहिले नेपाल फर्किएका छन् ।
रविनले मलेसियावाट नेपाल फर्केपछि पनि प्रहरीकहाँ आफु अन्यायमा परे भनेर पुगेको भएपनि प्रहरीले न्याय नदिएको बताएका छन् । त्यसपछि उनी अहिले मिडियामा सो घटना सार्वजनिक गर्दै आएका छन् । तीन वर्ष अघि मन्दिरमा गएर गैडाकोट नगरपालिका धारापानीकी युवतीसंग विवाह गरेको बताएका छन् ।
विवाह पछि उनले पढाई छोडेर सिलाई सिक्न भनेर माइत बसेको उनको भनाई छ । मलेसियावाट आएपछि श्रीमति लिन जाँदा ससुरालीले छोरी पठाएनन् । उनले ससुराकै नाममा पैसा पठाएको रसिद पनि प्रमाणका रुपमा राखेका छन् ।
श्रीमतिको गोर्खामा रहेको केटासंग प्रेम भएको र घर सल्लाहमै विवाह गराईदिएको आफुले थाहा पाएको बताएका छन् । श्रीमतिले विवाहमा आफुले दिएको गहना, ससुरालीको घर बनाउन भन्दै दिएको पैसा केही पनि फिर्ता नदिएको बताएका छन् ।
श्रीमतिलाई माइतमै बसेको भएपनि मलेसियावाट खर्चका लागि भनेर पैसा पठाएको बताएका छन् । मलेसियामा हुँदा फोनमा हरेक दिन कुरा समेत हुने गरेको बताएका छन् । त्यतीबेला भने श्रीमतिले त्यस्तो नराम्रो कुरा केही नगरेको बताएका छन् । गएको मंसिरमा विवाह भएको थाहा पाएको र फेसवुकमा आफ्नै श्रीमतिको अर्कैसंग विवाह भएको फोटो पनि देखेको बताएका छन् ।
खुशीको खबर, १ वर्षदेखि बन्द रहेको मुक्तिनाथको मन्दिर खुल्दै
कोरोनाको महा,मारीसँगै झण्डै १० महिनायता बन्द हिमालपारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर खुल्ने भएसँगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
अन्य क्षेत्रका पर्यटकीय गन्तव्य खुलेसँगै मुस्ताङका पर्यटकीय गन्तव्य पनि खुलाउने सोचका साथ बृहत् सर्वपक्षीय भेलागरी यही पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ, मुक्तिनाथ धार्मिक क्षेत्र विकास समिति, स्थानीय झारकोट, खिङ्गा र रानीपौवा गाउँका प्रतिनिधिसहित सम्पन्न बृहत् भेलाबाट मन्दिर खुलाउने निर्णय गरिएको रानीपौवा गाउँका पूर्वमुखिया एवं होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो ।
“झण्डै १० महिनायता बन्द मुक्तिनाथ मन्दिर अब खोल्नुपर्छ भन्ने सोचका साथ सर्वपक्षीय भेलाबाट मन्दिर खोल्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो, “मन्दिर खुलेसँगै लामो समयदेखि ठप्प मुस्ताङमा आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने विश्वास लिएका छौँ ।”
नेपालका चारधाममध्ये एक मुक्तिनाथको दर्शनपछि मनोकामना पूरा हुने जनविश्वासका साथ नेपाली तथा भारतीय दर्शनार्थी प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार पछिल्ला वर्षमा देशका विभिन्न भूभागबाट मुक्तिनाथ आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।
पछिल्लो वर्षमा म्याग्दीको बेनी हुँदै सडक मार्ग भएर जाने बाटोको पनि स्तरोन्नति हुँदै गएका कारण बाटोको सहजताले धार्मिक पर्यटकको सङ्ख्या बढिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै १० महिना मुक्तिनाथ मन्दिर सुनसान बनेको उहाँले बताउनुभयो ।
मुक्तिनाथ भगवान् विष्णुको नाम हो । विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेको यो मन्दिर हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थलका रुपमा रहेको छ । मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने प्रचलन छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट पूर्वमा पर्ने यो मन्दिर तीन हजार ७१० मिटर उचाइमा छ । यहाँबाट धवलागिरि, निलगिरि, गणेश, थोरङ्लालगायत उच्च हिमाली शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ ।
मुक्तिनाथ परिसरमा उत्तरपूर्वी भूभागमा अवस्थित ज्वालामाई मन्दिरभित्र धिपधिप बलिरहेको ज्योति हेर्नका लागि यहाँ पुग्ने जो कोही लालायीत हुने गरेका छन् । विशेषतः मुक्तिनाथमा फागुनको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म र असोेज तथा कात्तिकको समयमा दर्शनार्थी बढी आउने गरेको स्थानीयवासी एवं थकाली सामुदायिक होमस्टे ठिनीका सचिव जुना थकालीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै आगामी दिनमा होमस्टेमा आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्रमा नै लगभग २२ वटा होटलले पर्यटकलाई खान र बस्नको सुविधा प्रदान गरेको होटेल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङ बताउनुहुन्छ । मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्नसक्ने क्षमता रहेको जानकारी दिँदै उहाँले लगभग ७०० विदेशी पर्यटक प्रतिदिन मुक्तिनाथमा बस्नसक्ने अवस्था रहेको बताउनुभयो ।
मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही पोखराबाट म्याग्दीको सदरमुकाम बेनी, जोमसोम हुँदै सडक यात्राबाट जाने गरेका छन् भने केही पोखरा–जोमसोम हवाई उडानका माध्यमबाट जोमसोम पुगी त्यहाँबाट लगभग दुई घन्टा सडक यातायात प्रयोग गरी पुग्ने गरेका छन् ।
बेनीबाट मुक्तिनाथसम्म नै पुग्ने बाटो चाँडो कालोपत्र गर्नसकेमा मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या अझै बढ्ने स्थानीयवासी बताउँछन् । लामो समयदेखि सुनसान नबनेको मुस्ताङमा मुक्तिनाथ मन्दिर खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो ।
कोरोनाले प्रभावित यहाँको पर्यटन चाँडै नै चलायमान हुने बताउँदै गुरुङले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । लामो समयसम्म मुक्तिनाथ मन्दिर बन्द हुँदा इच्छा भएर पनि जान नपाएका सर्वसाधारणमा समेत उत्साह जगाएको स्थानीयवासीको तर्क छ ।