• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
बिहेपछि नायिका आँचल शर्मामा देखियो यस्तो परिवर्तन, के आमा बन्दै छिन् आँचल ? हेर्नुहोस् आँचलसँग गरिएको यो रमाइले कुराकनी भिडियोमा

बिहेपछि नायिका आँचल शर्मामा देखियो यस्तो परिवर्तन, के आमा बन्दै छिन् आँचल ? हेर्नुहोस् आँचलसँग गरिएको यो रमाइले कुराकनी भिडियोमा

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

बिहेपछि नायिका आँचल शर्मामा देखियो यस्तो परिवर्तन, के आमा बन्दै छिन् आँचल ? हेर्नुहोस् आँचलसँग गरिएको यो रमाइले कुराकनी भिडियोमा

by gazab g
January 3, 2021
in मनोरञ्जन
0
बिहेपछि नायिका आँचल शर्मामा देखियो यस्तो परिवर्तन, के आमा बन्दै छिन् आँचल ? हेर्नुहोस् आँचलसँग गरिएको यो रमाइले कुराकनी भिडियोमा

काठमाडौँ । नेपाली चर्चित लोकप्रिय नायिका हुन् आँचल शर्मा । उनको प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयो ।

यी नायिकाले डा। उदिप श्रेष्ठसँग बिहे गरेकि हुन् । विबाहमा हेलिकप्टर चढेर आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे । उनी झनै चर्चामा आइन् ।

उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धमाका मच्चाउँदै विबाह गरिन् ।

आँचलले हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ ।

रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियो अहिले करिब ८ लाखले हेरेका छन् ।

तर विबाहपछि भने नायिका आँचल निकै कम अन्तरवार्ता दिन थालेकी छन् । उक्त शो मा जाँदाको तस्बिर उनले यसअघि सामाजिक संजालमा समेत शेयर गरेकी थिइन् ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गरेको बताएपनि आँचले अहिले ह्वात्तै मोटाएकी छिन् । एक अन्तरवार्तामा देखिएको उनको हल्का मोटो पनापछि उनलाई फ्यानले के आमा बन्न लागेकी हुन् भन्ने प्रश्न गरेका छन् ।

विनयजंग बस्नेतले बिहे गर्ने

काठमाडौं। वेवारिसे श,व ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेतले बिहे गर्ने भएका छन् । उनीसँगै काम गर्ने पूजा विश्वकर्मासँग उनले बिहे गर्ने भएका हुन् । विनयले भने, ६ बर्षदेखि म उनलाई मन पराउँथे।

पूजाले पनि उनको प्रेम स्वीकार गरिसकेकी छिन् । पूजा पनि बेवारिसे शव ब्यवस्थापनमै सक्रिय छिन् । उनीहरु दुबैले छिट्टै घरजम गर्ने योजना सुनाए । कुराकानीका क्रममा सपना आफ्नी छोरी भएको समेत विनयले बताए।

विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे। उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसूस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन।

त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । न’शा बाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रूपमा फालिएका शवहरूको व्यवस्थापन गर्न लागिपरेका छन्। भिडियो

मासिक डेढ लाख बढी आम्दानी गर्ने अटो दिदीको रोमाञ्जक कथा
सिन्धुली । यतिबेला हामी सिन्धुली जिल्लाको धिमाल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलोपटक अटो ल्याएर र चलाएर लाखौ आम्दानी गरेकी पबित्रा फुयालको बारेमा कुरा गर्दैछौ ।

गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिनलाई आफनो परिबार र श्रीमानको साथले सधै हौसलानै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगमगाएन, सधै“ एकत्रित भएर लागिन र आज यसरी यो ठाउमा पुग्न सकिन ।

महिनाको करिब डेढ लाख हाराहारीमा कमाउने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभाबकी छिन त्यसैले त गाउमा बिलिडङ घर ठडाएर बसेकी छिन । सुरुसुरुमा त गाउलेले कुरा काटदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्ररणाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुखमात्र आउने हाम्रो समाजमा यि महिलाको यो प्रेरणादाययी जिबनको दखद कथाले सायद सबैको मनमा हौसला र उर्जा जगाउनेछ हेरौ भिडियोमा

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै
जाजरकोट, १९ पुस (रासस) : भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ ।

नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार साइट सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो । उच्च हिमालमा हिउँबाट पग्लिएको कञ्चन पानीबाट निर्मित ताल र यहाँको निकुञ्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ । यसलाई जोगाउनका लागि निकुञ्जले पछिल्लो वर्ष ठूलो मेहनत गरेको देखिन्छ ।

निकुञ्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिनुभयो । सोही अनुसार अहिले जनसाधारणसँग निकुञ्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ । सन् २०१८ मा दुई हजार ७२ र सन् २०१९ मा चार हजार १३६ नाउर रहेका थिए । सन् २०२० को नतिजा आउन बाँकी रहेको छ ।

ADVERTISEMENT

निकुञ्जलाइ संरक्षणका लागि स्थानीयवासी र निकुञ्जको सक्रियतामा चोरी निकासी रोक्ने अभियान सफल हुँदै गएको छ । चोरी निकासीमा संलग्न ३७ थान बन्दुक निकुञ्जले बरामद गरी चोरीपैठारीलाई रोक्ने काम गरेको संरक्षणमा जुटेका स्थानीयवासी बताउँछन् । जथाभावी चोरी निकासी रोकथामसँगै निकुञ्ज क्षेत्रमा घोरल, नाउरहरु निकुञ्जको मुख्य क्याम्प रहेको सुलिगाडमै देखिन थालेको सर्वसाधारण बताउँछन् । चोरी निकासी रोकी संरक्षणमा व्यापक सुधार आएपछि वन्यजन्तुको सङ्ख्या बढेको हो ।

जङ्गली जनावरबाट निकुञ्ज आसपासका क्षेत्रमा हुने क्षतिलाई मध्यनजर गरी सर्वसाधारणलाई राहत उपलब्ध गराउने कामलाई समेत तीव्रता दिइएको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाई राहत, क्षतिपूर्तिका विषयमा जानकारी नहुँदा बर्सेनि पीडित बनेका सर्वसाधारण अहिले निकुञ्जको सचेतनामूलक काम गाउँगाउँमा पुर्याउँदा निकुञ्ज र स्थानीयवासीका बीचमा समन्वय सहकार्यका साथै आपसी सदभावसमेत राम्रो भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जले नियमानुसार काम गर भनेको हो । पहिले जथाभावी गर्ने चलन रहेछ, अहिले स्थानीय सरकार र निकुञ्ज बीचमा राम्रो सम्बन्ध अनि सहकार्य रहेको छ । विकासमा हातेमालो गर्दै अगाडि बढेका छौँ ।” केही मिडियामा आएजस्तो चर्को विरोध र काम गर्न गाह्रो भने नभएको न्यौपानेले बताउनुभयो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण कार्यलाई निकुञ्जले प्रथम दायित्वका रूपमा लिँदै उपल्लो डोल्पाका सर्वसाधारणलाई राहत, क्षतिपूर्ति पाउने विषयमा जानकारी नभएको सन्दर्भमा अहिले गाउँगाउँमा गएर राहतको विषयमा समेत सचेत गराइ सो व्यवस्थाबारे ज्ञात गराएको छ । निकुञ्जभित्रका वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्नुका साथै वन्यजन्तुप्रतिको प्रतिशोधलाई कम गर्न निकुञ्जले पशु बीमा योजना कार्यान्वयनमा ल्याएको छ । रु एक करोड ५५ लाखको कोष खडा गरी नयाँ आयाम ल्याइएको छ ।

निकुञ्जले पछिल्लो समयमा सङ्घसंस्थासँग अत्यधिक समन्वयसमेत बढाएको छ । अघिल्लो वर्षसम्म अनुमति नलिई जथाभावी निकुञ्जमा प्रवेश गर्ने परिपाटीलाई अहिले पूर्णरूपमा बन्द गरी पशुपक्षीको संरक्षणमा थप जोड दिएको छ । बर्सेनि निकुञ्जले शिक्षा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । बर्सेनि दुई विद्यार्थीलाई छात्रवृति दिएर शिक्षामा लगानी गर्दै आएको हो । सर्वसाधारणलाई घर निर्माण गर्नका लागि यथाशीघ्र नियमानुसार काठको पुर्जी उपलब्ध गराएको निकुञ्जको भनाइ छ ।

निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा सर्वसाधारणलाई सहयोग गर्दै आएको छ । पाँच हिउँ चितुवा संरक्षण समिति गठन गरी यसको महत्वबारेमा दर्शाउनुका साथै निकुञ्जमा अवतरण गर्ने हेलिकोप्टर जाँचमा कडाइ गरिएको बताएको छ । त्यस्तै १७ उपभोक्ता समिति गठन गरी संरक्षणका लागि परिचालन र सहकार्यको काम जारी राखिएको छ । त्यस्तै १७ चोरी शिकार नियन्त्रण युवा जागरण समूह गठन गरी युवा परिचालनसमेत गरिएको छ । युवा पिँढीले वन्यजन्तुप्रतिको माया र संरक्षणमा टेवा पुग्न यो अभियान थालिएको छ । मध्यवर्ती क्षेत्रका युवालाई नेचर गाइडको तालिम दिएर नेचर गाइड एशोसिएसन गठन गरी परिचालन गरिएको छ । त्यस्तै रातोहाब्रे संरक्षण गर्न छुट्टै संरक्षण समिति गठन गरिएको छ ।

निकुञ्जमा आउने हेलिकोप्टर जाँच कडा

निकुञ्जभित्र अनुमति नलिई जथाभावीरूपमा हेलिकोप्टर अवतरण गराउने कार्यलाई कडाइका साथ लिइएको वार्डेन पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्ष हेलिकोप्टरमा सुकुटी भेटिएपछि मुद्दासमेत चलाएको थियो । यार्सागुम्बा व्यवस्थापन निर्देशिकामा भएको व्यवस्थालाई समयअनुसार परिमार्जित गर्न आवश्यक भएकाले सो कार्यलाई परिमार्जनका लागि अहिले निकुञ्ज र विभागमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जभित्र रहेको जडीबुटी चोरी निकासी रोक्नका लागि कडाइ गरिएको छ । निकुञ्जभित्र पाइने जटामसी चोरेर बाहिरी जिल्लामा लगी छोडपुर्जी दिने गलत परम्परालाई न्यूनीकरण गर्न अभियान नै थालिएको उहाँको भनाइ छ । निकुञ्जभित्र काम गर्दा इआए र आइइ प्रतिवेदन तयार गरेर मात्र काम गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्ज क्षेत्रभित्र रहेका २४ गाउँको विकास गरी जनताको जीवनस्तर बदल्नुका साथै पर्यावरणको सन्तुलितरूपमा लैजान निकुञ्ज ऐनमा संशोधन तथा शे–फोक्सुण्डोको छुट्टै नियमावली, छुट्टै निर्देशिका अनि यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनको काम शुरु भएको छ ।

निकुञ्ज प्रवेश गरी अवैध क्रियाकलाप गर्ने ८० भन्दा बढी व्यक्तिलाई पक्राउ गरी नियमानुसार रु ४० लाखभन्दा बढी धरौटी माग गरी चोरी शिकारी नियन्त्रण गर्न सक्रियता बढाएको निकुञ्जले जानकारी दिएको छ । सेटेलाइटमार्फत निकुञ्जमा रहेका हिउँ चितुवाको अध्ययन कार्य जारी रहेको छ । चोरी निकासी रोक्नका लागि यो पहलकदमी जारी छ । तीन सय क्यामेरा राखेर हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको अध्ययन अघिल्लो वर्षदेखि शुरु भएको छ । हिउँ चितुवाको मुख्य आहाराको रूपमा रहेको नाउरलाई गणनाको काम प्रत्येक वर्षझै यो वर्ष पनि निकुञ्जले गरेको छ ।

डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सघाउ पुर्याउनका लागि डोल्पामा गठित शे–फोक्सुण्डो पर्यटन समन्वय समितिलाई पर्यटन र संरक्षण कार्यलाई सन्तुलित र समन्वयात्मक भावनाको विकासमा जोड दिई सहकार्यका साथ कार्य अगाडि बढेको छ । विसं २०४० देखि हुन नसकेका काम अहिले एकैपटक डोल्पाका जनसाधारणको भावनासमेत समेटेर काम हुँदा सर्वसाधारण खुशी छन् । निकुञ्जको संरक्षण र सर्वसाधारणको भावना सम्बोधनको क्रम बढेपछि डोल्पामा भर्खरै मात्र प्राकृतिक स्रोत समितिको सांसदीय टोली पुगेर स्थलगत अनुगमन गरी छलफलसमेत गरेको छ । स्थानीयवासीको कुरा जस्ताको तस्तै टिपोट गरी सरोकारवालासँग कार्यान्वयनका लागि पहलकदमी लिने बताएको छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com