• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
नेपाली चेली  सिर्जना अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! सिर्जनाको कामको चौतर्फी चर्चा, नेपालमा खुशीयाली मनाइयो

नेपाली चेली सिर्जना अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! सिर्जनाको कामको चौतर्फी चर्चा, नेपालमा खुशीयाली मनाइयो

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

लोकप्रिय नायक प्रदिप खड्काले सार्वजनिक गरे पहिलो पटक प्रेमिका

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

आँखाभरी आँशु पार्दै कञ्चनले भने त्यो निष्ठुरी अनिशालाई भेट्दीन

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

दुवै हात खुट्टा नचल्ने यि ह्यान्सम बिक्रमसंग दुई दिन अघि मात्रै धुमधामसंग प्रेम विवाह गरेकी मनुलाई आई पर्यो अर्को बि’प’त

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

विबाह गरे लगत्तै हनिमुन मनाउन निस्किएका चर्चित नायक आकाश श्रेष्ठ र पूजाका बाहिरिए यस्ता अबस्थाका तस्विर

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

केहि दिन अघि मात्रै प्रेमिका सार्वजनिक गरेका सक्किगोनीका बलेले दिए प्रिजमालाई धोका

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मुकुन्देले यशकुमारलाई दलित भनेर हेप्न खोजेपछि यशकुमारले यसरी मुकुन्देको मुखमा बुजो लगाइदिए

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

मनोज गजुरेलले दोस्रो विबाहको तयारी गरेका बेला पूर्व पत्नि मिनाले भनिन् म विबाह गर्न दिन्न

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

घरबार बिग्रेकाहरुका पछि लागेर अन्तरवार्ता लिँदै भाइरल बनेका सन्तोष देउजालाई पत्निले गरिन् यस्तो गुनासो

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै  नै गरिरहन्छु

बिहे नगरिसंगै बसेका भाइरल जोडि बखत र प्रतिभाको अन्तत् भयो डिभोर्स,प्रतिभाले भक्कानिदै भनिन् हामि छुट्टिए पनि माया भने सधै नै गरिरहन्छु

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

वि वादपछि पहिलोपटक मुख खोलीन् श्वेताले, भनिन् हिजो आज निन्द्र नै पर्न छाड्यो, विबाहपछि के भयो श्वेतालाई ? हेर्नुहोस् भिडियो

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

रमेश प्रसाईसँग नाम जोडीएर चर्चामा आएकी कल्पना दाहालको विबाहको यस्तो तयारी

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Saturday, February 27, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

नेपाली चेली सिर्जना अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! सिर्जनाको कामको चौतर्फी चर्चा, नेपालमा खुशीयाली मनाइयो

by gazab g
January 3, 2021
in समाचार
0
नेपाली चेली  सिर्जना अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! सिर्जनाको कामको चौतर्फी चर्चा, नेपालमा खुशीयाली मनाइयो
501
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन।

अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ!

यो दिन महिला पुरुषहरुसँग हुन्छन् निकै आकर्षित, तपाईलाई पनि हल्का उग्र बन्ने मन लाग्यो भने त्यो दिन बिन्दाससँग बित्नेछ, केछ र जिन्दगी हल्का झुम भइदिए भो नी

यौ न स म्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । शनिवारको रातकाे बेला बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ । धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबु मा राख्न सक्दैन ।

अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो ।

देवर-भाउजूको सम्बन्ध पूज्य, साली-भेनाको ?

सृजना पोख्रेल

कैले गोरी मनपर्‍यो , कैले काली मनपर्‍यो
ससुराली टेकेपछि साली मनपर्‍यो
ए ससुरा बा! मलाई साली मनपर्‍यो
लौन ससुरा बा! मलाई साली मनपर्‍यो…

जसले सुन्यो, उसले टिप्यो। धुन मीठो छ। शब्द ख्याप्पै मुखमा झुन्डिन्छ। गीत यति चर्चित छ, आफ्नो मामाघर र बाको ससुराली एउटै हो भन्ने थाहै नपाएको बच्चाले समेत मज्जाले गाउन सक्छ- छछुलाली तेकेपछि छाली मनपल्यो।

अहिले युट्युबमा लगभग ६ करोड भ्युज पुर्‍याएको यो गीतले एउटा कुरामा चाहिँ भेउ पुर्‍याएन- गीतको सामाजिक सन्देश।

ADVERTISEMENT

गीतले जिस्किए जसरी हाम्रो वरपरको उरन्ठ्याउलो विभेदलाई झन् उक्साइदियो। परिणाम, गीतले बजारमा आएपछि केही समझदार मनको नराम्ररी चित्त दुखाएको थियो।
sanima
bidh lab box ad 5
nbm box ad 4

दुखेका चित्तहरूले सोधे- ‘यस्ता गीत सुनेर हुर्किएकी सानी बच्चीले अब भिनाजुको सम्बन्धलाई कसरी बुझ्छे?’

दुखेका चित्तहरूले भने- ‘यस्तो गीतले भिनाजु सालीको सम्बन्धमा प्रश्न उठायो। सम्बन्धलाई बदनाम गर्‍यो।’

दुखेका चित्तहरू रिसाए- ‘यसैगरी कुनै भाउजूले, ‘बुढाको घर गएपछि देवर मनपर्‍यो’ भनिन् भने? के हामी त्यस्तो गीत स्वीकार्न सक्छौं? सो गीतमा यसरी नै नाच्न सक्छौं?’

यी रिसाएका र दुखेकामध्ये एउटा अमिलिएको चित्त मेरो पनि थियो। तर मेरो असली गुनासो गीतका रचयिता कालीप्रसाद बासकोटाभन्दा बढी अरू नै कसैसँग छ।

हामीले गीत सुन्यौं अनि कालीलाई मात्रै गाली गरिरह्यौं। तर गालीको फोहोरी अनि प्रमुख हकदार अर्कै छ जो हाम्रा कानुनी किताबको दफा, उपदफाभित्र सफासँग चोखिएर बसिरहेको छ।

खासमा ‘देवर भाउजू र भिनाजु सालीको सम्बन्ध एकै होइन है’ भन्ने अभिप्रायको मुख्य प्रायोजक त देशको मुख्य फौजदारी कानुन नै हो- मुलुकी अपराध संहिता, २०७४।

संहिताको दफा २२० को उपदफा २(ख) भन्छ- एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर र भाउजूको करणी भएमा त्यसलाई हाडनाता करणी भित्रको अपराध मानिन्छ। त्यसैले चार वर्षदेखि दस वर्षसम्म कैद र चालीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुन्छ।

अर्थात यदि कुनै देवर र भाउजूबीच सहमतिमै शारीरिक सम्बन्ध स्थापित भयो भने पनि उनीहरू कडाभन्दा कडा सजायको भागिदार हुनुपर्छ। तर उही कुरा, भिनाजु र साली बीचको शारीरिक सम्बन्धमा लागू हुँदैन।

हुन त हाम्रो संविधानको धारा अठारले छोराछोरी दुवैलाई समान मानेको छ। तर संविधानको धारा अठारलाई अपराध संहिताको परिच्छेद अठारले लोप्पा ख्वाइदियो। किनकी यदि साँच्चै छोरा र छोरी समान मानिन्थे भने, उनीहरूको कारण बन्ने नाता पनि समान हुन्थ्यो नि होइन?

सम्बन्ध कसरी बन्छ? दाजुले बिहे गरे- भाउजू। दिदीले बिहे गरे- भिनाजु। अब यदि छोराछोरी समान हुन् भने, दाजु र दिदी पनि समान भए। अनि दाजु र दिदीको नाता समान भएपछि भाउजू र भिनाजुको सम्मान त स्वतः समान हुनुपर्ने। तर देवर भाउजूको सम्बन्धलाई पूज्य मान्ने हाम्रो कानुनको पवित्रता मिटरले भिनाजु सालीलाई भने किन उस्तै पूज्य देख्दैन?

हाम्रो समाजको मान्यताले लुकेर भन्यो, ‘बिहे गरेपछि भाउजू चाहिँ दाजुको सम्पत्ति बन्छिन्। त्यसैले उनले देवरलाई आँखा लाउन मिल्दैन। भिनाजु त दिदीको सम्पत्ति बन्ने होइनन् नि, भिनाजुले सालीलाई आधी घरवाली भन्दा पनि अचम्म मान्नु पर्दैन।’

त्यति कम थियो, झन् हाम्रो कानुनको मान्यताले खुलेरै भनिदियो- ‘देवर भाउजू भइसकेपछि सहमतिमै पनि नजिकिने छुट छैन।’

ठ्याक्कै उसैसगरी भिनाजु र साली नजिकिए भने?

यो सोध्दा खुला उत्तर, ‘अहँ, त्यो हाम्रो सरोकारमा पर्दैन।’

माथिको गीत लेख्दा गीतकार एक्लै बोलेका होइनन्, हाम्रो समाजको पितृसत्ता बोलेको हो। गीतले त ‘समाज जस्तो छ, त्यही देखाएको हो’ भनेर उम्किन खोज्छ होला। तर कानुनले समाज कस्तो बन्नुपर्ने हो, त्यो देखाउनु पर्छ। अझ गीतलाई त सृजनात्मक छुट पनि हुन्छ होला। तर कानुनलाई सृजनात्मक छुट हुँदैन। हुनु हुँदैन। कानुन एकजनाले लेख्ने गीत होइन।

चौवन्न वर्ष पुरानो मुलुकी ऐन असमान र अप्ठ्यारो भयो भन्ने तर्क दिएरै नयाँ अपराध संहिता ल्याइएको हो। यो कानुनलाई समान, सजिलो र फराकिलो कानुन भनियो। त्यसैले हामीले सोच्यौं, यति उदार कानुन त पितृसत्ताले पेलिनै सक्दैन नि। त्यही कारण, छहत्तर सालमा आएको गीतले सोत्तर गाली खाँदा पनि चौहत्तर सालमै आएको कानुनको भने प्रसंग समेत निक्लिएन। काली फसे, कानुन बच्यो।

पितृसत्ताले कानुन हेर्‍यो, गीत पनि सुन्यो। अनि हाम्रो रिस पोखिएको ठाउँ देखेर हामीलाई गिज्याउँदै ङिच्च हाँस्न थाल्यो।

पितृसत्ता र कानुन। कति मान्छेलाई झट्ट यी दुई बडेमानका शब्दहरू सँगै सुन्दा लाग्छ- फेरि कानुनलाई पुरुषवादी भन्दै केटाहरूलाई पेल्ने कुरा आयो होला।

विशेष त पुरुषहरू ठान्छन्- पिता शब्द जोडिएको जस्तो लाग्ने पितृसत्तात्मक सोचले पुरुषहरूलाई त केही असर नै गरेको छैन। सोच्दा हुन्- पेलिएका त महिला हुन्, यसै पनि पेलिएभन्दा बढी गनगन गर्छन्। हामीले किन ध्यान दिनुपर्‍यो?

तर यो मैलो पितृसत्ताले महिलालाई मात्रै सताइरहेको छैन। पितृसत्तात्मक सोचले कसरी लुकीलुकी असमानता हुर्काइरहेको छ भन्ने बुझ्न धेरै टाढा जानै पर्दैन। अघि भर्खर कुरा गरेको मुलुकी अपराध संहिताकै त्यही परिच्छेद अठार (करणी सम्बन्धी कसुर) हेरे पुग्छ।

यस परिच्छेद अन्तर्गतको दफा २२० जबरजस्ती करणी अर्थात बलात्कारसँग सम्बन्धित छ। यस दफाले सिधै भन्छ- कसैले कुनै ‘महिला’लाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।

अर्थात- बलात्कार महिलाको मात्रै हुन्छ।

अर्थात- कुनै पुरुषको बलात्कार सम्भव छैन।

(यस दफालाई मंसिरमा आएको ‘यौन हिंसाविरूद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश’ ले अलि फराकिलो बनाउने हल्ला चलेको थियो तर हल्ला पास भने भएन।)

हुन त समाचारले नै मन सिरिंग हुने महिला बलात्कारका घटना सुनिरहेका बेला झ्याप्प हेर्दा लाग्छ, यो प्रावधानमा केही समस्या छैन। तर झ्याप्प हेर्दा जति देखिन्छ, सत्य सधैं त्यति मात्रै हुँदैन। बलात्कार एउटा मात्रै लिंगको समस्या होइन। जसरी समाजमा राम्रा पुरुषसँगै बलात्कारी पुरुष पनि छन्, त्यसैगरी राम्रा समलिंगी सँगै बलात्कारी समलिंगी पनि हुन सक्छन्। अनि कतिपटक बलात्कारी आक्रमणले महिला, पुरुष, तेस्रो लिंगी केही भन्दैनन्। कोही छाड्दैनन्।

यसो भनिरहँदा, सबभन्दा अनौठो सुनिने कुरा हो- केटाको बलात्कार।

सुन्नेबित्तिकै मनमा प्रश्न उठ्छ- शारीरिक हिसाबले कुनै केटाको बलात्कार सम्भव छ र ?

हो, पुरुषको शारीरिक प्रकृतिका कारण कुनै पुरुषलाई जबरजस्ती गरेर योनीमा लिंग पसाउन सम्भव नहोला। तर बलात्कार भनेको योनीमा जबरजस्ती लिंग पसाएर हुने क्रिया मात्रै हैन। जबरजस्ती करणीको व्याख्या यत्तिमै सीमित छैन। अघि कुरा गरिएकै, अपराध संहिताको दफा २२० को उपदफा २(ग) ले भन्छ- गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ।

माथि भनिएकामध्ये केही यौन क्रियाकलाप कुनै पुरुषमाथि हुन पनि उत्तिकै सम्भव छ। उदाहरणका लागि: कुनै पुरुषले अर्को कुनै पुरुषको मुखमा, गुदद्वारमा जबरजस्ती लिंग पसाउन सम्भव हुन्छ। त्यसैले अहिलेकै बलात्कारको परिभाषा अन्तर्गत पनि शारीरिक हिसाबले कुनै केटाको बलात्कार सम्भव छ।

यद्यपि, कुनै बलात्कृत पुरुषले यो कानुनको सहारा लिन भने पाउँदैन। किनकी हाम्रो कानुनअनुसार बलात्कार ‘मान्छे’ को निजी परिधि र शरीरमाथि हुने अपराध होइन। बलात्कार त महिलाको सतित्व र इज्जतमाथि हुने अपराध मात्रै हो।

उही अपराध हुँदा, महिलाको करणी भएको मानिन्छ, तर पुरुषमाथि यौन दुर्व्यवहार मात्र। एउटी महिलाको मुखमा जबरजस्ती लिंग पसाइए त्यो करणी भएको मान्ने स्पष्ट आधार हो। तर एउटा पुरुषमाथि ठ्याक्कै त्यस्तै बर्बर क्रियाकलाप भए त्यो यौन दुर्व्यवहारको सीमाभित्र मात्रै पर्छ।

उस्तै व्यवहार हुँदा, उस्तै पीडा हुने हो। बराबर गलत हुने हो। तर अफसोच, कानुनले पीडितको लिंगअनुसार पीडकको सजाय निर्धारण गर्छ। संविधानले प्रस्ट भनेको छ- लिंगका आधारमा कुनै भेदभाव गरिने छैन।

यो कानुन ठ्याक्कै त्यही भेदभाव गर्छ। हामीले ‘फलाएको’ संविधान मसलेदार भयो। तर त्यही संविधान टिपेर ‘पकाएको’ कानुनमा नुन पुगेन। न्याय खल्लो भयो।

हाम्रो कानुन, एउटा पुरुष अर्को पुरुषसँग आकर्षित हुने सम्भावना स्वीकार्छ। आधुनिक देखिन्छ। तर दुई पुरुषको बिहे हुने सम्भावना चाहिँ स्वीकार्दैन। हाम्रो कानुन दुई केटाबीच सम्भव हुने यौनक्रियालाई करणीको व्याख्यामा अट्न दिन्छ। आधुनिक कहलिन्छ। तर केटाको बलात्कार हुन्छ भन्ने सम्भावना चाहिँ स्वीकार्दैन।

यस्तो लाग्छ, हाम्रा कानुन निर्मातालाई आधुनिक देखिने होड त छ, तर प्रस्ट हुने फुर्सद छैन। महिलाहरूले पितृसत्तालाई छुसुक्क केही भन्नेबित्तिकै ‘नट अल मेन’ भन्दै झम्टिन आउने आवाजले पनि यो असमानता चाहिँ देखेको छैन।

सायद हामी कुरिरहेका छौं- कुनै पुरुषले एकदिन आत्महत्या गरोस्। बलात्कारबारे लेखेर सुसाइड नोट छाडोस् अनि कानुन बनाउँला, अहिल्यै के हतार छ र!

सायद हामी कुरिरहेका छौं- कुनै दिन समलिंगी आन्दोलनले सहनै नसक्ने गरी सडक तताओस्। अरू केही विकल्प नहोस्, अनि बनाउँला कानुन। अहिल्यै के हतार छ र!

हुनुभन्दा अघिका लागि तयार हुन यो राज्यले कहिले पो जान्यो र!

हामी यस्तो समाजमा बस्छौं, जहाँ कुनै केटाले ‘मलाई जबरजस्ती गरियो’ भन्दा मात्रै उसलाई सिधै नामर्दको ट्याग लगाइन्छ। त्यसैले जति शारीरिक जबरजस्ती भए पनि हाम्रा प्रायः केटाहरू सकुन्जेल सहन्छन्। नसक्ने नै भएपछि कानुनको सहारा लिन्थे होला। तर उनीहरूका लागि बलियो कानुन नै छैन।

हामी यस्तो समाजमा छौं जहाँ एक त समलिंगीको अस्तित्व स्वीकार्नै मान्छेलाई हम्मेहम्मे भइरहेको छ। अझ यस्तोबेला कुनै समलिंगी पुरुषले ‘मलाई अर्को समलिंगीले बलात्कार गर्‍यो’ भन्ने कुरै आएन। यस्तो गुनासोले त झन् समलिंगी पहिचानलाई नै दबाउँछ कि भन्ने डर। त्यसैले होला यो आवाज पनि खासै उठ्दैन।

तर एकछिन सोचौं त! महिला बलात्कारको यति धेरै कानुन हुँदा त यतिका निर्मलाहरूको बिचल्ली भइरहेको बेला गतिलो कानुन नै नभएको पुरुष बलात्कारका घटना कसरी उजुरी हुन्छन्? के आधारमा आवाज उठ्छन्?

हाम्रो पितृसत्तात्मक सोचले कुनै पनि पुरुषलाई दुईथरी मात्रै देख्यो। पुरुष कि बलियो र असल हुन्छ कि बलियो र पीडक। पुरुष कहिलेकाहीँ कमजोर र पीडित पनि हुन्छ भनेर स्वीकार्नु पितृसत्ताका लागि नांगै हिँड्नु बराबर भइदियो। जसकारण, कानुनले जस्तै फराकिलो बन्दा पनि पुरुषका लागि सोच्ने आँट गरेन। परिणाम, पुरुषहरूले जस्तै कहालिलाग्दो कथा भोगे पनि सुनाउने आँट गरेनन्।

कुनै पुरुषको पनि बलात्कार हुन सक्छ, यो सम्भावना पितृसतात्मक सोचका लागि निषेधित क्षेत्र जस्तै बनेको छ। झन् अहिलेका समयमा, जब हाम्रा कानुन निर्माता नै पीडितको उमेर पुगेकै भरमा बलात्कार जस्तो जघन्य अपराधलाई ‘मोज गर्ने अनि फसाउने’ को पगरी गुथाइदिन व्यस्त छन्।

पहिलो कुरा त बलात्कार उमेर, शरीर, बल वा सम्बन्धले होइन, यौनसम्बन्ध राख्ने सहमतिले निर्धारण गर्छ भन्ने नै बुझाउन बाँकी रहेछ। अझ त्यसमा थपेर ‘सदाबहार बलियो पक्ष मानिएका पुरुषको पनि बलात्कार हुन सक्छ’ भन्ने कुरा सिकाउनु, तिनै कानुन निर्माताको बुढ्यौलीलाई जवान बनाउनु जत्तिकै अप्ठ्यारो काम होला।

तर अप्ठ्यारा जति सबै काम नगर्ने हो भने, बाँच्न नै पो कति सजिलो छ र!

हाम्रो समस्याको दायरा र समाधान दिने कानुनको चौडाइ उस्तै देखिएर पनि उस्तै छैन। देवर-भाउजू अनि भिनाजु-सालीलाई त उस्तै नदेख्ने समाजले भिनाजुले सालोलाई जबरजस्ती गरे के भन्छ, त्यो त कल्पना नै गर्न नसकिने कुरा।

‘कल्पना बाहिरको कुरा के छलफल गर्नु,’ यसो सोचेर यतिका नलेखेको भए पनि हुन्थ्यो होला। तर कल्पना नगरेरै सत्य बदलिँदो हो त, बलात्कार नै नहुने समाज कल्पिन के पो गाह्रो छ र!

सृजना पोख्रेलको यो लेख सेतोपाटीबाट साभार गरिएको हो

विनयजंग बस्नेतले बिहे गर्ने

काठमाडौं। वेवारिसे श,व ब्यवस्थापनमा सक्रिय विनयजंग बस्नेतले बिहे गर्ने भएका छन् । उनीसँगै काम गर्ने पूजा विश्वकर्मासँग उनले बिहे गर्ने भएका हुन् । विनयले भने, ६ बर्षदेखि म उनलाई मन पराउँथे।

पूजाले पनि उनको प्रेम स्वीकार गरिसकेकी छिन् । पूजा पनि बेवारिसे शव ब्यवस्थापनमै सक्रिय छिन् । उनीहरु दुबैले छिट्टै घरजम गर्ने योजना सुनाए । कुराकानीका क्रममा सपना आफ्नी छोरी भएको समेत विनयले बताए।

विनय जंग बस्नेतले कुनै समय अत्यन्त खराब जीवन बाँचे। उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । ६ वर्षअघि उनले महसूस गरे, उनी जे गरिरहेका छन्, त्यो ठीक भइरहेको छैन।

त्यसपछि उनी जीवन बदल्ने सोचमा लागे । न’शा बाट बाहिर निस्किए । अनि समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा काठमाडौं तथा बाहिर पनि बेवारिसे रूपमा फालिएका शवहरूको व्यवस्थापन गर्न लागिपरेका छन्। भिडियो

मासिक डेढ लाख बढी आम्दानी गर्ने अटो दिदीको रोमाञ्जक कथा
सिन्धुली । यतिबेला हामी सिन्धुली जिल्लाको धिमाल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलोपटक अटो ल्याएर र चलाएर लाखौ आम्दानी गरेकी पबित्रा फुयालको बारेमा कुरा गर्दैछौ ।

गाउमा गाउलेले त के भने के भन्न बाकी राखेर तर यिनलाई आफनो परिबार र श्रीमानको साथले सधै हौसलानै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगमगाएन, सधै“ एकत्रित भएर लागिन र आज यसरी यो ठाउमा पुग्न सकिन ।

महिनाको करिब डेढ लाख हाराहारीमा कमाउने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभाबकी छिन त्यसैले त गाउमा बिलिडङ घर ठडाएर बसेकी छिन । सुरुसुरुमा त गाउलेले कुरा काटदा धेरै रोईन तर अहिले बानी पर्यो सबैको साथ र पे्ररणाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुखमात्र आउने हाम्रो समाजमा यि महिलाको यो प्रेरणादाययी जिबनको दखद कथाले सायद सबैको मनमा हौसला र उर्जा जगाउनेछ हेरौ भिडियोमा

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै
जाजरकोट, १९ पुस (रासस) : भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको छ ।

नेपालको पश्चिमी दुर्गम हिमालपारि क्षेत्रमा रहेको शे–फोक्सुण्डो निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रबाट लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ सेप्टेम्बर २३ मा रामसार साइट सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे–गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

फोक्सुण्डो ताल मात्र नभएर कर्णालीको पहिचान पनि हो । उच्च हिमालमा हिउँबाट पग्लिएको कञ्चन पानीबाट निर्मित ताल र यहाँको निकुञ्जको मनमोहक वातावरणले दुनियाँको मन लोभ्याउने गरेको छ । यसलाई जोगाउनका लागि निकुञ्जले पछिल्लो वर्ष ठूलो मेहनत गरेको देखिन्छ ।

निकुञ्ज जोगाउनु र यहाँका सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउनु अहिले मुख्य भूमिका भएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिनुभयो । सोही अनुसार अहिले जनसाधारणसँग निकुञ्जको महत्व र यहाँबाट लिन सकिने सेवाका विषयमा समेत सचेतना फैलाउने काम भएको छ । सन् २०१८ मा दुई हजार ७२ र सन् २०१९ मा चार हजार १३६ नाउर रहेका थिए । सन् २०२० को नतिजा आउन बाँकी रहेको छ ।

निकुञ्जलाइ संरक्षणका लागि स्थानीयवासी र निकुञ्जको सक्रियतामा चोरी निकासी रोक्ने अभियान सफल हुँदै गएको छ । चोरी निकासीमा संलग्न ३७ थान बन्दुक निकुञ्जले बरामद गरी चोरीपैठारीलाई रोक्ने काम गरेको संरक्षणमा जुटेका स्थानीयवासी बताउँछन् । जथाभावी चोरी निकासी रोकथामसँगै निकुञ्ज क्षेत्रमा घोरल, नाउरहरु निकुञ्जको मुख्य क्याम्प रहेको सुलिगाडमै देखिन थालेको सर्वसाधारण बताउँछन् । चोरी निकासी रोकी संरक्षणमा व्यापक सुधार आएपछि वन्यजन्तुको सङ्ख्या बढेको हो ।

जङ्गली जनावरबाट निकुञ्ज आसपासका क्षेत्रमा हुने क्षतिलाई मध्यनजर गरी सर्वसाधारणलाई राहत उपलब्ध गराउने कामलाई समेत तीव्रता दिइएको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रको आसपासमा रहेका सर्वसाधारणलाई राहत, क्षतिपूर्तिका विषयमा जानकारी नहुँदा बर्सेनि पीडित बनेका सर्वसाधारण अहिले निकुञ्जको सचेतनामूलक काम गाउँगाउँमा पुर्याउँदा निकुञ्ज र स्थानीयवासीका बीचमा समन्वय सहकार्यका साथै आपसी सदभावसमेत राम्रो भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जले नियमानुसार काम गर भनेको हो । पहिले जथाभावी गर्ने चलन रहेछ, अहिले स्थानीय सरकार र निकुञ्ज बीचमा राम्रो सम्बन्ध अनि सहकार्य रहेको छ । विकासमा हातेमालो गर्दै अगाडि बढेका छौँ ।” केही मिडियामा आएजस्तो चर्को विरोध र काम गर्न गाह्रो भने नभएको न्यौपानेले बताउनुभयो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण कार्यलाई निकुञ्जले प्रथम दायित्वका रूपमा लिँदै उपल्लो डोल्पाका सर्वसाधारणलाई राहत, क्षतिपूर्ति पाउने विषयमा जानकारी नभएको सन्दर्भमा अहिले गाउँगाउँमा गएर राहतको विषयमा समेत सचेत गराइ सो व्यवस्थाबारे ज्ञात गराएको छ । निकुञ्जभित्रका वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्नुका साथै वन्यजन्तुप्रतिको प्रतिशोधलाई कम गर्न निकुञ्जले पशु बीमा योजना कार्यान्वयनमा ल्याएको छ । रु एक करोड ५५ लाखको कोष खडा गरी नयाँ आयाम ल्याइएको छ ।

निकुञ्जले पछिल्लो समयमा सङ्घसंस्थासँग अत्यधिक समन्वयसमेत बढाएको छ । अघिल्लो वर्षसम्म अनुमति नलिई जथाभावी निकुञ्जमा प्रवेश गर्ने परिपाटीलाई अहिले पूर्णरूपमा बन्द गरी पशुपक्षीको संरक्षणमा थप जोड दिएको छ । बर्सेनि निकुञ्जले शिक्षा क्षेत्रमा समेत लगानी गर्दै आएको छ । बर्सेनि दुई विद्यार्थीलाई छात्रवृति दिएर शिक्षामा लगानी गर्दै आएको हो । सर्वसाधारणलाई घर निर्माण गर्नका लागि यथाशीघ्र नियमानुसार काठको पुर्जी उपलब्ध गराएको निकुञ्जको भनाइ छ ।

निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा सर्वसाधारणलाई सहयोग गर्दै आएको छ । पाँच हिउँ चितुवा संरक्षण समिति गठन गरी यसको महत्वबारेमा दर्शाउनुका साथै निकुञ्जमा अवतरण गर्ने हेलिकोप्टर जाँचमा कडाइ गरिएको बताएको छ । त्यस्तै १७ उपभोक्ता समिति गठन गरी संरक्षणका लागि परिचालन र सहकार्यको काम जारी राखिएको छ । त्यस्तै १७ चोरी शिकार नियन्त्रण युवा जागरण समूह गठन गरी युवा परिचालनसमेत गरिएको छ । युवा पिँढीले वन्यजन्तुप्रतिको माया र संरक्षणमा टेवा पुग्न यो अभियान थालिएको छ । मध्यवर्ती क्षेत्रका युवालाई नेचर गाइडको तालिम दिएर नेचर गाइड एशोसिएसन गठन गरी परिचालन गरिएको छ । त्यस्तै रातोहाब्रे संरक्षण गर्न छुट्टै संरक्षण समिति गठन गरिएको छ ।

निकुञ्जमा आउने हेलिकोप्टर जाँच कडा

निकुञ्जभित्र अनुमति नलिई जथाभावीरूपमा हेलिकोप्टर अवतरण गराउने कार्यलाई कडाइका साथ लिइएको वार्डेन पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्ष हेलिकोप्टरमा सुकुटी भेटिएपछि मुद्दासमेत चलाएको थियो । यार्सागुम्बा व्यवस्थापन निर्देशिकामा भएको व्यवस्थालाई समयअनुसार परिमार्जित गर्न आवश्यक भएकाले सो कार्यलाई परिमार्जनका लागि अहिले निकुञ्ज र विभागमा पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जभित्र रहेको जडीबुटी चोरी निकासी रोक्नका लागि कडाइ गरिएको छ । निकुञ्जभित्र पाइने जटामसी चोरेर बाहिरी जिल्लामा लगी छोडपुर्जी दिने गलत परम्परालाई न्यूनीकरण गर्न अभियान नै थालिएको उहाँको भनाइ छ । निकुञ्जभित्र काम गर्दा इआए र आइइ प्रतिवेदन तयार गरेर मात्र काम गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्ज क्षेत्रभित्र रहेका २४ गाउँको विकास गरी जनताको जीवनस्तर बदल्नुका साथै पर्यावरणको सन्तुलितरूपमा लैजान निकुञ्ज ऐनमा संशोधन तथा शे–फोक्सुण्डोको छुट्टै नियमावली, छुट्टै निर्देशिका अनि यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनको काम शुरु भएको छ ।

निकुञ्ज प्रवेश गरी अवैध क्रियाकलाप गर्ने ८० भन्दा बढी व्यक्तिलाई पक्राउ गरी नियमानुसार रु ४० लाखभन्दा बढी धरौटी माग गरी चोरी शिकारी नियन्त्रण गर्न सक्रियता बढाएको निकुञ्जले जानकारी दिएको छ । सेटेलाइटमार्फत निकुञ्जमा रहेका हिउँ चितुवाको अध्ययन कार्य जारी रहेको छ । चोरी निकासी रोक्नका लागि यो पहलकदमी जारी छ । तीन सय क्यामेरा राखेर हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको अध्ययन अघिल्लो वर्षदेखि शुरु भएको छ । हिउँ चितुवाको मुख्य आहाराको रूपमा रहेको नाउरलाई गणनाको काम प्रत्येक वर्षझै यो वर्ष पनि निकुञ्जले गरेको छ ।

डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सघाउ पुर्याउनका लागि डोल्पामा गठित शे–फोक्सुण्डो पर्यटन समन्वय समितिलाई पर्यटन र संरक्षण कार्यलाई सन्तुलित र समन्वयात्मक भावनाको विकासमा जोड दिई सहकार्यका साथ कार्य अगाडि बढेको छ । विसं २०४० देखि हुन नसकेका काम अहिले एकैपटक डोल्पाका जनसाधारणको भावनासमेत समेटेर काम हुँदा सर्वसाधारण खुशी छन् । निकुञ्जको संरक्षण र सर्वसाधारणको भावना सम्बोधनको क्रम बढेपछि डोल्पामा भर्खरै मात्र प्राकृतिक स्रोत समितिको सांसदीय टोली पुगेर स्थलगत अनुगमन गरी छलफलसमेत गरेको छ । स्थानीयवासीको कुरा जस्ताको तस्तै टिपोट गरी सरोकारवालासँग कार्यान्वयनका लागि पहलकदमी लिने बताएको छ ।

Share200Tweet125Share50
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….
top news

चर्चित हिरोनी भन्दा कम राम्री थिइन् पत्नि, २ वर्षका नाबालक छोरालाई टु हुरो बनाउँदै के गरे रामकुमारले यस्तो ? विदेशबाट फर्केको रात….

बुढेशकालमा त रुनी पत्नि विबाह गरेर पनि बालबच्चा जन्माउन नसकेका राजेश हमाल दिलका भने दानी रहेछन्
समाचार

गायिका अञ्जु पन्तले विबाह गरे लगत्तै विबाह गर्दै चर्चित नायिका रिमा विश्वकर्मा

पढ्दा पढ्दै सानै उमेरमा केटासंग भा गेकी सपनाका पति यि हुन्
समाचार

यि हुन् पढ्दा पढ्दै सानै उमेरमा केटा.संग भा.गेकी सपनाका पति

स्वस्तिमा भन्छिन् बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, खोलीन् त्यो दिनको सबै रहस्य, हेर्नुहोस् भिडियो
समाचार

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा, छुटेपछिका गल्तीहरु सम्झिँदै दुबै रोए

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!