काठमाडौं- नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।
उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।
पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।
‘महिलाको किड्नी लगाउँदा केपी ओलीको दिमाग बिग्रियो भन्दै ओलीलाई भन्ने नेता को हुन् ?
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन् ।
नेकपा सचिवालय सदस्य समेत रहेका रावलको नामै नलिइ उनले कडा आलोचना गरेका हुन ।
‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएको त्यो मान्छे पहिलेदेखि नै त्यस्तो हुनुपर्छ,’ उनले भने, ‘म त्यतापट्टी जान चाहान्छ, महिलामाथिको कत्रो अपमान हो यो ?’
उनले व्यङ्ग्य गर्दै भने, ‘तिनलाई त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला अचम्म लाग्छ ?’
यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको भन्ने ‘फेक न्यूज’ सार्वजनिक भएका थिए । रावलले यसलाई कुप्रचार भन्दै आपत्ति समेत जनाएका थिए ।
यि २ दिदीबहिनी एकाएक यसरी बने केटा, कारण थाहा पाएर चकित पर्नुहुनेछ तपाई
पाकिस्तानमा एक अनौठो घटना सार्वजनिक भएको छ । पाकिस्तानका दुई दिदीबहिनीले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तगुजरात जिल्लाको सोनबडी गाउँ निवासी दुई दिदीबहिनी बुशरा आबिद र वाफिया आबिदले आफ्नो लिंग परिवर्तन गरी केटा (पुरुष) बनेका छन् ।
लिंग परिवर्तनपछि उनीहरुको नामसमेत फेरिएको छ । अहिले बुशराको नाम वलीद आबिद र वाफियाको नाम मुराद आबिदमा बदलिएको छ ।
सानैबाट आफूहरुलाई पुरुषको कपडा लगाउन मन लाग्ने र केही बानीसमेत केटाको जस्तो भएपछि उनीहरुले लिंग परिवर्तन गराएको बताएका छन् ।
केटीबाट केटा बनेपछि उनीहरु मात्र होइन उनको परिवारसमेत अत्यन्त खुसी छ । साथै उनीहरुको दीघार्युको कामना गर्दै आएका छन् । उनीहरुका अन्य ७ दिदीबहिनी दुई भाइ पाएपनि हर्षित छन् ।
हजुर आमा सीता दाहालको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएका प्रचण्डले हजुरबुबा प्रचण्डले भारत लैजान लाग्दा नातिनी स्मितीमा भने नचरीमा नै ब्यस्त
काठमाडौं, पुस २० । पछिल्ला दिनमा नेकपा भित्रको विबादका कारण तनावमा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड निकै तनावमा छन् । पार्टीको विबादले समस्यामा परेका प्रचण्डलाई पत्नी सीता दाहालको स्वास्थ्यले निकै पिरोलेको छ । पछिल्ला दिनमा उनको स्वास्थ्यमा थप समस्या देखिएसँगै पत्नी सीताको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी ९प्रचण्ड(नेपाल० समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारीमा रहेका छन् ।
आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिएसँगै प्रचण्डले पत्नीलाई लिएर थप उपचारका लागि मुम्बई जान लागेका हुन् ।
सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेपछि प्रचण्ड प िसाथमा नै जान लागेको स्रोतले जनाएको छ । वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएपनि थप उपचारका लागि त्यसतर्फ जान लागेका हुन् । मुम्बईमा सीताको उपचार कुन अस्पतालमा गर्ने तयारी भइरहेको छ भन्ने विषयमा भने अहिलेसम्म केही खुलाइएको छैन।
यि सुन्दरीसँग प्रेममा छन् चर्चित क्रिकेटर सन्दीप लामिछाने, विबाहबारे पहिलो पटक मुख खोले
काठमाडौ । क्रिकेटर संदीप लामिछाने प्रेममा रहेका छन् । एक टेलिभिजन कार्यक्रममा सन्दीपले आँफु प्रेममा रहेको र समय आएपछि आँफुले सबै कुरा खोल्ने तर अहिले भन्न नमिल्ने बताएका छन् । सन्दीपसँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा
विश्व चर्चित क्रिकेटर सन्दीप लामिछाने बने गायक (भिडियो)
काठमाडौ । क्रिकेटर संदीप लामिछाने पनि गायक बनेका छन् । उनले ‘उदाश थियो’ बोलको गीत गाएका हुन् । उनकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् । सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना छ ।
भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा जीवन र सृष्टिको रोमान्स राम्रो देख्न सकिन्छ ।
रवि लामिछानेलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन अप्ठ्यारो पारियो, न्यूज २४ टेलिजिन छाड्दै रवि, आखिर कसले रोक्यो रविलाई ?
काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने कति समयसम्म न्यूज २४ टेलिजिनमा रहलान् ? यो प्रश्न उठिरहँदा रवि सो टेलिभिजनबाट बाहिरिने तयारीमा रहेका छन् । चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँगका’ संचालकसमेत रहेका रवि न्यूज २४ टेलिभिजन छाडेर अर्को टेलिभिजनमा जाने तयारी गरेका छन् । न्यूज २४ टेलिभिजन र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रायोजकबीच सो कार्यक्रमका विषयमा कुरा बिग्रिएका कारण रविले उक्त टेलिभिजन नै छाडेर अर्को नयाँ खुल्न लागेको टिभीमा जाने तयारी गरेको बुझिएको छ । यद्यपी रवि र न्यूज २४ टेलिजिनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् ।
आधुनिक सूचना केन्द्र स्थापना
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा आधुनिक सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रको आइतबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उद्घाटन गर्नुभयो । उद्घाटनपछि उहाँले सूचना केन्द्रबाट सबै तप्काका नागरिकले लाभ लिने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका लागि उपकरण, फर्निचरलगायतका सामग्री खरिदमा प्रभु बैंकले रु पाँच लाख सहयोग गरेको थियो । प्रमुख कार्यकारी अधिकृत शेरचनले जिल्लाका अन्य क्षेत्रमा पनि सूचना केन्द्र विस्तारका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “सुसंस्कृत र सुसूचित समाज निर्माणका लागि सूचना केन्द्र बहुउपयोगी बन्नेछ”, उहाँले भन्नुभयो ।
शाखा अध्यक्ष दिल शिरीषले सूचना केन्द्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो । तत्काललाई पत्रकार÷सञ्चारकर्मीका लागि अध्ययन, समाचार लेखनलगायतका कामका लागि केन्द्र प्रयोगमा आउने भएको छ । अध्ययन संस्कृतिको विकासमा पनि सूचना केन्द्रले सघाउने विश्वास लिइएको छ ।
सूचना केन्द्रमा जिल्लाको पहिचान झल्काउने श्रव्य÷दृश्य सामग्री, विभिन्न क्षेत्रका सूचना÷अद्यावधिक तथ्याङ्कलगायत सार्वजनिक चासो र महत्वका जानकारी लिनदिन सकिने गरी प्रबन्ध मिलाइने अध्यक्ष शिरीषको भनाइ छ । उहाँले छिट्टै विद्युतीय पुस्तकालय पनि सोही केन्द्रमार्फत सञ्चालनमा ल्याइने बताउनुभयो । सूचना केन्द्रमा भौतिक पुस्तकालय पनि रहनेछ ।
“अहिले शुरुआत मात्र भएको छ, यसको प्रभावकारिता कसरी बढाउने भन्ने सन्दर्भमा हामीले थप योजना बनाउँछौँ”, अध्यक्ष शिरीषले भन्नुभयो, “आम नागरिकको सूचना केन्द्रमा पहुँच रहने गरी पूर्वाधार, सुविधा थप्छौँ ।” अहिले १० वटा कम्प्युटरबाट सूचना केन्द्र सञ्चालनमा आएको छ । आफ्नै कार्यालय नभएका, कम्प्युटर, इन्टरनेटलगायत सुविधाबाट वञ्चित पत्रकारले पनि सूचना केन्द्रबाट समाचार लेखन÷सम्प्रेषणको काम गर्न सक्नेछन् ।
पत्रकारका लागि इमेल, इन्टरनेट, फोटोकपीजस्ता सेवा पनि निःशुल्क प्रदान गरिने शाखाले जनाएको छ । शाखाले आफ्नै सुविधासम्पन्न भवनसँगै आधुनिक सूचना केन्द्र बनाउने योजना केही वर्षअघि सारेको थियो । शाखाको तीनतले भवन निर्माण पूरा भई गत मङ्सिर ३० गते उद्घाटन भइसकेको छ । ‘हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर’ अभियानमार्फत सङ्कलित रकमबाट भवन निर्माण गरिएको हो । भवन निर्माणमा जनसाधारणदेखि राज्यका निकायको योगदान छ ।