• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले, बिनय संसारकै १ सय प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोक्का मगरका बाबुका रुपमा पनि चर्चित छन्, हेर्नुहोस् भिडियो

पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले, बिनय संसारकै १ सय प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोक्का मगरका बाबुका रुपमा पनि चर्चित छन्, हेर्नुहोस् भिडियो

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

हल्का रमाइलोमा राजु मास्टरकी पत्निको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी अनिता मास्टरर्नी प्रहरीमा भर्ना भइन्

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

लोकप्रिय नायक पल शाहले सुटुक्क गरे यि सुन्दरीसँग विबाह

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

चर्चित अभिनेता सरोज खनालका चितवन र काठमाडौँमा छन् भब्य महल

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

धमला पत्नि एलिजा गौतमलाई बाबुले दिए ५० लाखको बिएमडब्लू गाडी

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो  भब्य महल

आँचलका डाक्टरका पतिको काठमाडौँ नै छ यस्तो भब्य महल

Auto Draft

नायिका प्रियंका कार्की र आयुष्मानले किने काठमाडौँमा यस्ते आलिसान बंगला

Auto Draft

चर्चित युट्युबर सन्तोष देउजाको जीवनमा के भयो यस्तो ?

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

Auto Draft

पतिलाई छाडेर एकल जिवन बिताइरहेकी चर्चित अभिनेत्री गौरी मल्लको छ काठमाडौँमा आलिसान महल

Auto Draft

चर्चित नायक आकाश श्रेष्ठ र पूजा शर्मा छन् गहिरो प्रेममा

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, April 13, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले, बिनय संसारकै १ सय प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोक्का मगरका बाबुका रुपमा पनि चर्चित छन्, हेर्नुहोस् भिडियो

by gazab g
January 4, 2021
in समाज
0
पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले, बिनय संसारकै १ सय प्रभावशाली महिलाको सूचिमा परेकी सपना रोक्का मगरका बाबुका रुपमा पनि चर्चित छन्, हेर्नुहोस् भिडियो
618
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।

पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् । पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।

पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् । शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् । भिडियोसहित

यो पनि पढ्नुहोस्

एउटै भिडियो खेलेको लाख भन्दा बढी रकम लिँदै आएका पल शाहले काठमाडौँमा घर किन्दै

काठमाडौं- नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।

उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।

पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।

यो पनि पढ्नुहोस्

तीतेपानीको मीठो पानी
जङ्गलको छेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रानीवनको छेउमा रहेको प्राकृतिक पानीको मूलका कारण ठाउँको नाम नै तीतेपानी भए पनि यहाँको पानी अति नै स्वादिलो भएको उपभोक्ता बताउँछन् । बिहानदेखि बेलुकासम्म यहाँ पानी लिन आउनेको लर्को नै लाग्दछ ।

धेरैै स्थानमा तातोपानी, खारापानी, नूनीलोपानीलगायतका विभिन्न स्वादका पानी भेटिए पनि तीतेपानी भनेर अन्यत्र खासै सुन्न र उपयोग गर्न नपाएको इञ्जिनीयर जीवन शेरचनले बताए ।

खानेपानी संस्थान पोखरा शाखाका पूर्वप्रमुखसमेत रहेका उनका अनुसार विगत १० वर्षअघि प्रयोगशालामा परीक्षण गर्दा सो पानी सिधै पिउन मिल्लले प्रमाणित भएको हो । पोखरामा खानेपानीको व्यवस्था नहुने अवस्थादेखि नै सो पानीको स्रोतको उपयोग गर्दै आएको हुँदा जनस्वास्थ्यको ख्याल राखी पानीको परीक्षण गरिएको उनको भनाइ छ ।

“जङ्गलको छेउमा जमिन मुनिबाट आएको प्राकृतिक स्रोतको पानी कुनै पनि उपचार नगरी सिधै पिउन सकिन्छ”, उनले भने । बिहानी मिरमिरेदेखि राति १२ बजेसम्म पानी भर्ने उपभोक्ताको लाइन लाग्ने गरेको स्थानीय दानबहादुर शाही बताउँछन् । पानीको स्वाद चाखेका पोखरा– १७ लगायत वडा नं ७ र ८ का बासिन्दा पानी लिनका लागि अहिले पनि तीतेपानी मूलमा आउने गरेका छन् ।

मूलको पानी पाइप विस्तार गरेर नमूनाटोल र अमले टोलका झण्डै ३०० घरपरिवारले उपयोग गर्दै आएको स्थानीय उपभोक्ता धर्मदत्त तिमिल्सिनाले जानकारी दिए। लामो समयदेखि निरन्तर सिधै उपयोग गर्दै आएको सो क्षेत्रका उपभोक्तालाई आजसम्म पानीका कारण स्वास्थ्यमा कुनै पनि समस्या देखिएको छैन उनले भने, “तीतेपानी मूलको पानी एक पटक खाएपछि छोडनै मन लाग्दैन ।”

तीतेपानीको स्रोत, शान्त वातावरण एवं मनोरम सो स्थानमा रहेको लगभग १० रोपनी सार्वजनिक जग्गामा पानी सङ्कलन ट्याङ्कीका साथै पार्क, विश्रामस्थल, शौचालय एवं किरियापुत्री भवनसमेत निर्माण गर्ने योजना अघि सारिएको इञ्जिनीयर किसानसिं गुरुङ बताउँछन् ।

तीतेपानी मूलसँगै रहेको रानिवनलाई सरकारले जैविक विविधता उद्यानका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर कामको थालनीसमेत गरेको छ । निर्माण कामले भने तीव्रता पाउन सकेको छैन ।

सो क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन( डिपिआर) तयार भइसकेको छ । उक्त निर्माणका लागि ३५ लाख रुपैयाँमा खर्च लाग्ने पूर्वानुमान छ । छरिएर रहेका पानीका स्रोतलाई एकीकृत गरी पानी सङ्कलन ट्याङ्कीमा जम्मा गरिनेछ ।

हिउँदका महिनामा मङ्सिरदेखि वैशाखसम्म सो मूलमा पानी कम भए पनि वर्षाका समयमा भने प्रशस्त हुने गरेको छ । मूलको पानी वर्षादका समयमा उपभोक्ताले खानेपानीसहित कृषि उत्पादनमा समेत प्रयोग गर्दै आएका छन् । मूलबाट सिधै पिउन उपयुक्त पानी विरलै पाइन्छ । यस्तो पानीलाई लेबल लगाएर बजारमा बिक्री वितरण गर्ने हो भने त्यही पानी आयआर्जनको माध्यमसमेत बन्न सक्दछ ।

तीतेपानीमा पानीट्याङ्की निर्माण गरिने

पानीमध्येको अब्बल र शुद्ध तीतेपानीमा ५० हजार क्षमताको पानी ट्याङ्की निर्माण गरिने भएको छ । कूल १५ लाख रुपैयाँ खर्च हुने सो ट्याङ्की निर्माणका लागि पोखरा महानगरपालिका वडा नं १७ बाट १० लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी स्थानीय जनश्रम परिचालन गरिने भएको छ ।

रातिको समयमा खेर जाने पानीलाई सङ्कलन गरी उपभोक्तालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ पानी ट्याङ्की निर्माण गर्न लागिएको हो । निर्माणाधीन पानीट्याङ्कीमा सात वटा धारा जडान गरिनेछ । जसमा पाँच वटा सर्वसाधारणका लागि र दुई वटा किरियापुत्रीका लागि व्यवस्था गरिने तीतेपानी संरक्षण समितिले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उक्त पानी ट्याङ्कीको एक कार्यत्रमका बीच शिलान्यास गरे । मूलको पानी प्रयोग गर्ने उपभोक्ताको हितलाई ध्यानमा राखी ट्याङ्की निर्माण गरिने उनले बताए ।

ADVERTISEMENT

पोखरा बजारमा विस्तारित मुख्य वितरण लाइनको पानीको साथै आसपासमा रहेका पानीका स्रोतको संरक्षणसँगै उपयोग गरिने योजना वडाले अघि सारेको बताउँदै उनले यसको निर्माणमा तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे।

पानीको मूलको संरक्षण गर्दै केही तल्लो भागमा निर्माण गरिने ट्याङ्कीमा कम्तीमा सात वटा धारा जडान गरिने र तीमध्ये पाँच वटा सर्वसाधारणका लागि दुई वटा धारा किरियापुत्रीका लागि छुट्याइने तीतेपानी संरक्षण समितिका अध्यक्ष पदम ढकालले जानकारी दिए ।

पानीट्याङ्की निर्माणसँगै घण्टौँ लाइनमा बसेर एक जार पानी भर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटोसमेत निर्माण गरिएको छ । फेवातालको दक्षिणी भागस्थित निर्मित फेवाबाँधको तल रहेको डेभिजफल जाने खोला माथिको झोलुङ्गे पुल पार गरेर पैदल यात्राबाट र छोरेपानस्थित पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा र डेभिजफलमा आउने पर्यटकलाई सो क्षेत्रसम्म विस्तार गरेर थप पर्यटकीय आकर्षण बढाउन सकिने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।

सो स्थानसम्म यातायातका साधानमा पुग्न सकिने उक्त तीतेपानीबाट दैनिक सयौँजनाले पानी टाउकामा नाम्लोले बोकेर लैजाने गरेका छन् । पानीट्याङ्की निर्माणले पाइप विस्तार गरी घरघरमा धारा लैजाने र भाँडामा पानी डोकामा बोकेर लैजाने दुवैखाले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पुग्ने विश्वास अध्यक्ष ढकालको रहेको छ । पानीको स्रोतमा पानी भर्नेको दैनिक जात्रा नै लाग्ने गरेको छ ।

महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीका अध्यक्ष सुभास ढुङ्गाना, नेपाली कांग्रेसका सभापति देवीप्रसाद आचार्य लगायतले विकास निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे।

फेवाबाँध तल खोला माथिको जीर्ण झोलुङ्गे पुल मर्मत हुन नसक्दा तीतेपानीमा पानी लिन जाने उपभोक्ता र पर्यटकलगायत स्थानीय बासिन्दालाई ओहोरदोहोरमा अप्ठ्यारो पर्नुका साथै उच्च जोखिम बढेको छ ।

Share247Tweet155Share62
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल
समाचार

२५ बर्षकी आमा अन्जनाको अस्पतालमा बेहाल

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे
समाचार

बाउ आमालाइ घर निकाला गर्ने डाक्टर टेकु प्रहरीमा पुगे

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै
top news

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घा इते भएका ३८ वर्षका गोबिन्द जि वितै

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता
समाज

महान् श्रीमान् बिनोदको जिन्दगीमा फर्कियो खुशी ठिक भइन् अनिता

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!