केहि दिन अगाडी सक्किगोनी टेलीसिरियलमा बिदेशीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडियामा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति साच्चिकै हसाउने रहेछन।उनि हसाउने मात्र हैन अरुलाई रूहाउँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीवनको बिषयले सबैलाई अचम्मित बनायो।
उनि बिदेशी नागरिक भएकै कारण नेपालमा जिउन निकै समस्या भएको बताए।नेपालीहरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा पनि हेरेर गिज्याउने गरेको भन्दै उनि निकै भाबुक भए यति सम्म हैन उनि नेपाली मज्जाले बोल्न सक्छन।नेपाली बोल्न सक्ने उनि अहिले अर्को संकटमा पनि छन तर उनि त्यो संकट खोल्न चाहदैनन्।उनि आफ्नो जीवनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सकेको छैन।
सामाजिक संजालबाट उनको निकै खोजि भएको छ।पाडेको साथीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्साहित भएको बताएका छन।हेरौ उहा संग गरिएको कुराकानी :
पुरु राईको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘सहारा’, ध्रुब दत्त, सृजना निङ्गलेवको अभिनय रुचाइयो
काठमाडौँ । पछिल्लो समय कोरोनाले सिर्जित अवस्थाबात थलिएको मनोरंजन क्षेत्र विस्तारै लयमा फर्किदै छ । फिल्म निर्माण त भएका छन् नै प्रदर्शन पनि भइरहेका छन् । फिल्म हल वा डिजिटल प्लेटफर्ममा दर्शकले फिल्म हेर्न पाइरहेका छन् । नेपाली फिल्म र म्युजिक भिडियोको प्रवर्धनमा पछिल्लो समय बेलायतमा रहेका कलाकर्मी पनि उत्तिकै सक्रिय छन् ।
बेलायतबाट निर्माण भएको छोटो फिल्म ‘सहारा’ रिलिज भएको छ । कोरोना भाइरसका कारण विश्वभरी देखिएका विभिन्न समस्याहरुसँगै बेरोजगारी र आपसी सम्बन्धमा परेको असरलाई यसमा समेटिएको छ । ध्रुब दत्त, सृजना निङ्गलेव र पुरु राईको अभिनय रहेको सहारामा लेखन र निर्देशन पुरु राईको रहेको छ
पुरु निर्देशित यो दोस्रो छोटो फिल्म हो । फिल्मको छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका छन् । पछिल्लो समय बेलायतमा म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम बनेका कुशल सञ्चारकर्मी पनि हुन् । यसमा संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ ।