• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर भाइरल

माग्ने बुढाले सुनाए प्रेमिकासँगको पहिलो भेटको रमाइलो किस्सा

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

माग्ने बुढाले सुनाए प्रेमिकासँगको पहिलो भेटको रमाइलो किस्सा

by gazab g
January 5, 2021
in मनोरञ्जन
0
इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर भाइरल

माग्ने बुढाले सुनाए प्रेमिकासँगको पहिलो भेटको रमाइलो किस्सा, त्यतिबेलाको दुब्लो माग्नेसँग हेरापछि विबाहसम्मको कथा सुनाउँदा थामिएन हाँसो, प्रेणादायि छ माग्ने बुढाको संघर्षको कथा, हेर्नुहोस् भिडियो

माग्ने बुढाले सुनाए प्रेमिकासँगको पहिलो भेटको रमाइलो किस्सा, त्यतिबेलाको दुब्लो माग्नेसँग हेरापछि विबाहसम्मको कथा सुनाउँदा थामिएन हाँसो, प्रेणादायि छ माग्ने बुढाको संघर्षको कथा, हेर्नुहोस् भिडियो

काठमाडौं – भारतको आन्ध्र प्रदेशको एउटा तस्बिर यतिबेला भाइरल बनेको छ। उक्त तस्बिरमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेको देख्न सकिन्छ।

उक्त तस्बिर चर्चामा आउनुको विशेष कारण छ। तस्बिरमा देखिएका प्रहरीहरु बुबा–छोरी हुन्। खासमा त्यहाँ आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्।

आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ प्रहरीको पेशामा उमेरलाई भन्दा पद र जिम्मेवारीलाई बृहत मानिन्छ। त्यसकारण आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दर बताउँछन्।

महोत्तरीका नागरिकको रेल चढ्ने सपना

जब चाँडै रेल सेवा सञ्चालनमा आउने खबरको चर्चा शुरु हुन्छ महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीकी ७२ वर्षीया राजकली चौधरी (यादव) को मरिसकेको मन फेरि बौरिन थाल्छ ।

पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा अब त रेल चढिन्छ कि भनेर हौसिने गर्नुहुन्छ उहाँ । जब त्यो खबर सेलाउँदै जान्छ अनि राजकली र उहाँजस्तै यहाँका स्थानीयवासीको मन पनि मर्ने गर्दछ । “कि कहु बौवा, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ बाबु, परार नै रेल चल्ने कुरा थियो तर कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल सेवा सञ्चालन हुने सुन्नुभएकी राजकलीले बुढेसकालले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो,“अहु बेर आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (यसपाली पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझांैला कि रेल चल्यो भनेर) ।

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर लामोदूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा)सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । त्यसयता प्रत्येक हिउँदअघि यसपाली रेल चल्छ भन्ने कुरा चले पनि के के नपुगेको भनेर रेल चल्न नसकेपछि यसपाली पनि राजकली चौधरीलाई केही दिनभित्रै रेल चढ्न पाइने चर्चा अहिलेसम्म कुरामात्रै लागेको छ । राजकली चौधरीकै बुहारीहरु पूजा अधिकारी र मञ्जु यादव पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बस्नुभएको छ ।

धनुषाको कुर्था महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् । त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउछन् ।

खुट्टापिपराढीकै उमेरले ९० वर्ष टेक्दै गर्नुभएका धरखन कवारी पनि रेल चल्ने कुरा चलेपछि बुढ्याँइले गाँजेको शरीर पूmर्तिलो बन्ने बताउनुहुन्छ । विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने ठूलो रहर रहेको कवारी बताउनुहुन्छ ।

विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङ्गाहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा नगरपालिका–४ पलारकी सियानकीदेवी बातरलाई झलझली सम्झना छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली” (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यांै, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष जनकपुर गइएको छैन) सियानकीले भन्नुभयो । अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने करिब ५० वर्षीया सियानकीको धोको छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको वर्षात्को भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको हो ।

यसअघि विसं २०७५ यता जयनगरदेखि कुर्थासम्म रेल लिक तयार भएर चाँडै रेल चल्ने कुरा धेरैजसो अनुमानमा आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई बताउनुहुन्छ । “लिक तयार भएपछि सर्वसाधारणलाई अब रेल सञ्चालनमा आइहाल्छ भन्ने लागेको हो, तर हामीसँग रेलका इञ्जिन, डिब्बा र आवश्यक जनशक्ति केही थिएन नि ।” बितेका दुई वर्षबीच रेल सञ्चालनमा आइसक्ने स्पष्ट पार्दै भट्टराईले भन्नुभयो,“बल्ल यसपाली गत असोजमा रेलका इञ्जिन र डिब्बा आएका छन्, आवश्यक जनशक्ति र अन्य प्रबन्धमा हामी लागेका छौं, यसपाली भने अब आउने माघभित्र कुर्थादेखि जयनगरसम्म रेल सञ्चालनमा आउने छ ।”

यसपाली माघभित्र कुर्था–जयनगर रेल चल्ने खबरले कुर्था ओरपरका बासिन्दा उत्साहित भएका छन् । खासगरी महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा आम किसान आफ्नो फसलले तत्काल बजार पाउने आसमा छन् । “अब हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ” लोहारपट्टी नगरपालिका–४ का वडाअध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।” कुर्थाबाट ५÷६ किलोमिटरको दूरीमा पर्ने भङ«गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश पालेका छन् ।

“रेल चलौक त जीवन बड आसान भजायत” (रेल चलेपछि जीवन सजिलो बन्नेछ) भङ्गाहा नगरपालिका–९ हरिनमरी सखुवाटोलका ६५ वर्षीय राजवीर यादव भन्नुहुन्छ, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर लाग्दैछ जीवन यसै आशामा रही रहेको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरे पनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुभिmने यादवको भनाइ छ ।

“रेल विभागका हाकिमहरुले दुई÷तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन् तर त्यो कुरामै रह्यो” यादवकै छिमेकी राजकरण चौधरी थारुले भन्नुभयो, “अब कुरा पत्याउने अवस्था रहेन, रेल सञ्चालन भएपछि बुझांैला ।” तर यी गुनासाबीच रेल चलेपछि आपूmहरुका राम्रा दिन आउने आशाभने चौधरीको मरेको छैन । पछिल्लो पटक महोत्तरीको बर्दिवासदेखि जयनगरसम्मको ६९ किलोमिटर दूरीको निर्माणधीन रेलमार्गको प्रथमखण्ड धनुषाको कुर्थादेखि जयनगरसम्मको ३४ किमी दुरीमा २०७५ कै विवाहपञ्चमी ताका रेल सञ्चालनमा आउने त्यतिखेरका रेल विभागका अधिकारीले बताएका थिए तर यसपालीको विवाहपञ्चमी ताका पनि रेल सञ्चालनमा आउन सकेन । यद्यपि, यसपाली माघभित्र रेल चल्ने विश्वास महाप्रवन्धक भट्टराईको छ ।

“रेल चल्न आवश्यक पूर्वाधार अब करिब सबै तयार भएका छन्” रेल चलाउने आन्तरिक चाँजोपाँजो मिलाइ सकिएको जानकारी दिँदै महाप्रवन्धक भट्टराई भन्नुहुन्छ, “माघभित्र ब्रोडगेज रेल कुर्थाबाट जयनगरसम्म चल्छ ।”

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दुरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दुरीमा आउने माघभित्रै रेल सञ्चालन भएपछि दोश्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेशनसम्म) खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउन मात्र बाँकी रहेकाले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) को सेवा यसै आर्थिक वर्षभित्र शुरु हुने भट्टराईले बताउनुभयो ।

यता तेस्रो खण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीभित्र भने काम शुरु गरिने अझै कुनै छाट देखिएको छैन । पछिल्लो पटक यसखण्डको भङ्गाहा र बर्दिवास नगरपालिका–६ र ७ (साविक किसाननगर गाबिस) को जग्गा मुआव्जा निर्धारण गरेर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिए पनि धनुषाको मिथिला नगरपालिका–९ र १० (साविक बेङ्गाडावर गाबिस) र बर्दिवास–१, २ र १४ को मुआव्जा अझै निर्धारण हुन नसक्दा तेश्रो खण्डको काम अझै अन्यौलमा रहेको हो । यी ठाउँको मुआब्जा विवाद नटुङ्गिए समयमै काम सक्न अप्ठ्यारो हुने विभागका अधिकारीले पनि स्वीकार गरेका छन् । यद्यपि, मुआव्जा विवाद अब चाँडै सल्टिने दिशामा अघि बढेको हुँदा तेश्रो खण्डको कामले पनि चाँडै गति लिने कम्पनीले जनाएको छ ।

नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो ।

विसं १९९४ मा शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुरधाम (धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आवश्यक मर्मत, तालिम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिने बताउनुभयो । रेल सञ्चालनका लागि कर्मचारीलाई आवश्यक पर्ने तालिमको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।”

भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्र्देशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो ।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उहाँको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो ।

नेपालमा राणा शासनका समयमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासँगै अघि बढेको हो ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि
मनोरञ्जन

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )
मनोरञ्जन

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो
मनोरञ्जन

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’
मनोरञ्जन

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com