• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
भारत र केपी ओलीलाई कडा चुनौति दिँदै मनिषा कोइराला राजनीतिमा लागिन्

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

भारत र केपी ओलीलाई कडा चुनौति दिँदै मनिषा कोइराला राजनीतिमा लागिन्

by gazab g
January 6, 2021
in top news, मुख्य खबर, राजनीति
0
भारत र केपी ओलीलाई कडा चुनौति दिँदै मनिषा कोइराला राजनीतिमा लागिन्

भारत र केपी ओलीलाई कडा चुनौति दिँदै मनिषा कोइराला राजनीतिमा लागिन्, पौष २७ गते धुमधामले पृथ्वी जयन्ती मनाउने तयारी, भिडियोमा हेर्नुहोस् मनिषाले के भनिन्

काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी छिन् । २ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी हुन् ।

उनले राष्ट्रिय स्वाभिमान बचाउन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन आग्रह गरिन । उनले भनिन्, ‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ।’

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो । हेरौँ भिडियो

समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन पनि माग गरेको छ । शाहको जन्मस्थान गोरखा दरबारको संरक्षण गरी संग्राहलय बनाउन, पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्न पनि समिति माग गरेको छ ।

पत्रकार सम्मेलनमा बाम राजनीतिज्ञ राधाकृष्ण मैनालीले मुलुक भ्रष्टाचारमा डुवेको भन्दै यसमा खवरदारी गर्दै दिवस मनाउनुपर्ने बताए । पूर्व प्रधान सेनापति रुक्माङगद कटुवालले नेपाललाई एकतावद्ध गर्न पनि पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।

समितिले काठमाडौँको शान्टिबाटीकामा पुस २७ गते विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रमका लागि ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने मुख्य नारा तय गरिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीका कारण ‘कपिल शर्मा शो’ फ्लप ! , संसारकै हिट कमेडियनको ट्याग लाग्यो ओलीलाई, भिडियोमा हेर्नुहोस् ओलीले म्याउँ गर्दै हँसाए

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारीक रुपमा विभाजन भएपछि अहिले दुई पक्षका नेता एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एक समुह छ भने पुष्पकमल दाहा प्रचण्ड र माधव कुमार नेपालको अर्को समुह छ । दुवैले आफ्नो समुह नै वास्तविक नेकपा भन्दै दावी गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपा अनौपचारीक रुपमा विभाजन भएको हो ।

पार्टी विभाजन भएपछि प्रधानमन्त्री ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनका अभिब्यक्ति अहिले चर्चित भएका छन् । कतिपय अवस्थामा ओलीले पदिय मर्यादा समेत नाघेर तुच्छ टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैबी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेतृ बिना मगरले प्रधानमन्त्री केपी ओलीले ‘कपिल शर्मा शो’लाई फ्लप गरेको बताएकी छिन् ।

कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । हास्यव्यङ्ग्य तर्क दिदै सोसल मिडियामा भाइरल भइरहेका प्रधानमन्त्री ओलीले ‘कपिल शर्मा शो’ लाई समेत यतिबेला फ्लप गरिसकेको टिप्पणी मगरले गरेकी छन् ।

भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘नागरिकमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई नागरिकले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरूको भविष्य अब धेरै लामो समय छैन ।’ पूर्व खानेपानी मन्त्री समेत रहेकी मगरले प्रधानमन्त्री ओलीको तानशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्ने समेत दावी गरेकी छन् ।

यो पनि पढ्नुहोस्

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गर्नुभएको थियो ।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । “अहिले त विद्यालय गयो÷आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन”, इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, “नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।” त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन ।

पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराई बताउनुहुन्छ । “के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछाँै”, भट्टराईले भन्नुभयो, “पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।” नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ ।

केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ ।

सामान्यतया हरेक पाठ्यक्रम १०÷१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको छ । नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठ्यक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत बेच्न नसकेको जिल्ला पुस्तकालय सङ्घका अध्यक्ष एवं तेह्रथम पुस्तक पसल इलामका सञ्चालक टङ्क धमलाको भनाइ छ ।

“धेरै विद्यार्थी त के गर्ने भन्दै सल्लाह माग्छन्, जानकारी दिएपछि कतिले किन्छन्, कतिले नकिनी फर्कन्छन्”, धमलाले भन्नुभयो । नयाँ पाठ्यक्रम लागू भएको खण्डमा भने पाठ्यपुस्तक पाउन सहज छ तर सर्वोच्चले पुरानो पाठ्यक्रम लागू गर्न भन्दै फैसला गरेमा भने पुनः समस्या आउने अध्यक्ष धमलाको भनाइ छ । पुरानो पाठ्यवस्तु पर्याप्त नभएकाले यो शैक्षिक सत्रभर नै पढ्न नपाउने धमलाको भनाइ छ ।

कपिल शर्मालाई पनि फ्ल्प खुलाउने केपी ओलीका यि दर्जन टिकटक, केपी ओलीका यि भाइरल टिकटक हेरेर थामिनेछैन तपाईको हाँसो, आडैमा पानी राखेर हाँस्न सुरु गर्नुहोस्, हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस्

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।

ADVERTISEMENT

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गर्नुभएको थियो ।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । “अहिले त विद्यालय गयो÷आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन”, इलाम सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने, “नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।” त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन ।

पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ । अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको आदर्श माध्यमिक विद्यालय इलामका शिक्षक शिरोमणि भट्टराई बताउनुहुन्छ । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको भट्टराई बताउनुहुन्छ । “के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछाँै”, भट्टराईले भन्नुभयो, “पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।” नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा सङ्काय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ ।

केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।

परीक्षाको मितिभन्दा केही समयअघि मात्रै यस्तो निर्णय आएपछि विद्यार्थी हतोत्साहित हुँदै घर फर्किएका थिए । एसइईको नतिजा आन्तरिक प्रणालीबाट भएपछि समेत विद्यार्थी आलोचित हुनुपरेको थियो । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा पनि ‘कोरोना ब्याच’, ‘सित्तैमा दिएको अङ्क’ भन्दै गालीगलौज गरिएको थियो । तिनै विद्यार्थी अहिले कक्षा ११ मा पुग्दा अर्को समस्या आएको छ । सामान्यतया कक्षा ११ को अन्तिम परीक्षा वैशाख अन्तिमबाट शुरु हुने गर्छ । यसरी हेर्दा चार महिना मात्र बाँकी छ तर यतिबेलासम्म विद्यार्थी सर्वोच्चको आदेश पर्खिएर बस्नुपरेको छ ।

सामान्यतया हरेक पाठ्यक्रम १०÷१० वर्षमा परिमार्जन हुनुपर्ने प्रावधान छ । अहिले पाठ्यक्रम परिमार्जन हुने समय पनि हो तर शैक्षिक सत्रको बीचमा अन्योल देखिँदा विद्यार्थीमाथि ‘आघात’ पुगेको छ । नयाँ पाठ्यवस्तु बजारमा आइसकेको छ । कतिपय विद्यार्थीले किन्न थालेका पनि छन् तर पाठ्यक्रम नै अन्योलमा रहेकाले किन्न आउने विद्यार्थीलाई समेत बेच्न नसकेको जिल्ला पुस्तकालय सङ्घका अध्यक्ष एवं तेह्रथम पुस्तक पसल इलामका सञ्चालक टङ्क धमलाको भनाइ छ ।

“धेरै विद्यार्थी त के गर्ने भन्दै सल्लाह माग्छन्, जानकारी दिएपछि कतिले किन्छन्, कतिले नकिनी फर्कन्छन्”, धमलाले भन्नुभयो । नयाँ पाठ्यक्रम लागू भएको खण्डमा भने पाठ्यपुस्तक पाउन सहज छ तर सर्वोच्चले पुरानो पाठ्यक्रम लागू गर्न भन्दै फैसला गरेमा भने पुनः समस्या आउने अध्यक्ष धमलाको भनाइ छ । पुरानो पाठ्यवस्तु पर्याप्त नभएकाले यो शैक्षिक सत्रभर नै पढ्न नपाउने धमलाको भनाइ छ ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !
top news

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो
top news

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो
top news

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

‘सिसा सरी’ ल्याए संगीतकार आधारले
top news

‘सिसा सरी’ ल्याए संगीतकार आधारले

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com