• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार

फेरी सन्दीप लामिछानेको भाग्य चम्कियो, पाकिस्तान सुपर लिगबाट २ करोड ५५ लाख बोकेर घर फर्किने पक्का

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

परपुरुष संग रं,गेहात भेटेपछि श्रीमती फरार, श्रीमानले गरे आ,त्मह त्या

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षामन्त्री पनि आफैँ, गृहमन्त्री आफ्नै समूहका तर असुरक्षित कसरी

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि  अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो   ?

महान श्रीमान भनिएका बिनोद खड्काले पत्नि अनिता खड्कालाई धोका दिँदै अर्की महिलासँग गरे विबाह, बिनोदले अर्कैसँग विबाह गरेपछि हेर्नुहोस् के के भयो ?

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न  पाइएन, छिट्टै पार्टी दिनेछौँ

फ्यानलाई र्सप्राइज दिँदै सुटुक्क विबाह गरे सरोज अधिकारी र आश्माले, भने कोरोनाले गर्दा तामझाम गर्न पाइएन, छिट्टै पार्टी दिनेछौँ

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

माल्दिभ्स पुगेर छुट्टी मनाउँदै गरेको प्रियंकाको दृश्य भा इरल, हेर्नुहोस् सं वे दनशिल अं ग प्रर्दशन गर्ने प्रियंकाको यो कस्तो तरिका ?

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

रोटरीले व्यक्तित्व र नेतृत्व विकास गर्छ : गर्भनर पोखरेल

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

अब बाँच्दिनन् भनेर अन्तिम पुजापाठ समेत गरेकी अनिता खड्का बोल्न थालिन, पैसाको लागि नाटक गरे भन्नेलाई परिवारले दियो यस्तो जवाफ(भिडियो हेर्नुस्)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

ऋण लागेर दाङ देखि विदेश जान हिंडेका श्रीमान काठमाडौं आएर श्रीमतीको फेसबुकको प्रोफाइल खोलेर हेर्दा जे देखे, भैदिए भूमिगत (भिडियो)

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

३ लाखमा बनाउछ सकिन्छ यस्तो आ कर्षक घर

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

बिहे गरेको १ महिना नहुदै संसार छो डेर गए कोहलपुरका २५ वर्षिय बिरेन्द्रले

सभामुख र राजदूतबीच भेट

सभामुख र राजदूतबीच भेट

पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Tuesday, March 2, 2021
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

फेरी सन्दीप लामिछानेको भाग्य चम्कियो, पाकिस्तान सुपर लिगबाट २ करोड ५५ लाख बोकेर घर फर्किने पक्का

by gazab g
January 6, 2021
in खेलकुद
0
561
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं, २२ पुष । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो ।

प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ ।

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् ।

एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।

पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ ।

लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेलेका थिए । उनी हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।

यो पनि पढ्नुहोस्

संसारका शक्तिशाली र मैहुम भन्ने देशलाई ठेगान लगाउँदै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम
काठमाडाैं, २२ पुष । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।

पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।

जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीकी कार्यकर्ता बालिका खड्का प,क्रा,उ

काठमाडौं, २२ पुष । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की कार्यकर्ता बालिका खड्का प,क्रा,उ परेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्नामा बस्न लागेपछि प्रहरीले बुधबार दिउँसो खड्कालाई प,क्रा,उ गरेको जनाएको छ ।

पूर्वएमाले पृष्ठभूमिको राजनीतिबाट आएकी खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री आफ्नो श्रीमान भएको दावी गरेकी थिइन् । त्यस्तै उनले मुख्यमन्त्री राईबाट अंशबण्ड स्वरुप सम्पती पाउनुपर्ने भन्दै उजुरी समेत दिएकी थिइन् ।

हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान

नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु. ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्छ । संरक्षक श्री मनोज सम्सेर जबराबाट २०६७ सालमा रु. ३,००,०००।– थप गरि हाल ६ लाखको अक्षयकोषबाट आउने व्याजबाट पुरस्कार अर्पण गरिँदै आएको छ ।

२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित हरितारा चलचित्र पुरस्कार जनहि रु. २५,०००।– (अक्षरुपि रु. पच्चिस हजार) नगद थैली तथा लिखतपत्र सहित अर्पण गरिँदै आएको छ । स्थापनाकालदेखि नै संरक्षक रहनु भएकी समाजसेवी श्रीमती विजया राणा, (तारा नानी)को २०५७ सालमा निधन भए पश्चात उहाँकै सुपुत्र मनोज सम्सेर जबरा हरितारा चलचित्र पुरस्कार गुठीको संरक्षक एवं अध्यक्ष रहनु भएको छ । यसको सदस्य सचिव परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौला रहनु भएको छ ।

हरितारा चलचित्र पुरस्कारबाट २०५२ सालमा मह जोडी एवं स्व. शान्ति मास्के, २०५३ सालमा भुवन चन्द एवं गोपाल भुटानी, २०५४ सालमा जयनेन्द्र चन्द एवं रविन्द्र खड्का, २०५५ सालमा विश्व बस्नेत एवं मिनाक्षी आनन्द, २०५८ सालमा सुशिला रायमाझी एवं श्रीकृष्ण श्रेष्ठ, २०५९ सालमा सुभद्रा अधिकारी एवं शर्मिला मल्ल, २०६० सालमा सकुन्तला शर्मा, २०६३ सालमा शिव श्रेष्ठ एवं गोपालराज मैनाली, २०६५ सालमा बसुन्धरा भूषाल एवं हरिहर शर्मा, २०६६ सालमा रमेश बुढाथोकी, दिपकराज गिरी एवं दिपाश्री निरौला पुरस्कृत भइसकेका छन् । त्यस्तै २०६९ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रका सक्रिय अभिनेता सुनिल थापा, सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डिसीलाई प्रदान गरिएको थियो । २०७२ सालको .हरितारा चलचित्र पुरस्कार अभिनेत्री करिष्मा मानन्धर एवं ०७३ सालको हरितारा चलचित्र पुरस्कार संचारकर्मी शान्तिप्रिय तथा डिजाइनर सुन्दर श्रेष्ठलाई अर्पण गरिएको थियो भने २०७४ को हरितारा चलचित्र पुरस्कार बरिष्ट अभिनेता लय संग्रौला एवं २०७५ को हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई अर्पण गरिएको थियो ।

यसैगरी २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठलाई र २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गरिँदै छ । नीजि क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।

– दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार
परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको पुजनीय माता एवं पिता स्व. दुर्गादेवी निरौला एवं स्व. पूण्य प्रसाद निरौलाको स्मृतिमा स्थापना गरिएको पुरस्कार हो – दुर्गादेवी पूण्य निरौला स्मृती पुरस्कार । साहित्य, संस्कृति एवं ज्ञानको क्षेत्रमा क्रियाशिल आफ्ना बुवा पुण्य प्र. निरौला र ममतामयी आमा दुर्गादेवी निरौलाको स्मृतिमा पुरस्कार स्थापना गरी सम्झिरहने प्रण गर्दै चलचित्रका लेखक, निर्देशक, कलाकार एवं परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले यो पुरस्कारको स्थापना गर्नु भएको हो । कला, साहित्य एवं संस्कृतिका क्षेत्रमा लागि परेका कलाकार, निर्माता, लेखक, पत्रकार, प्राविधिक एवं यस क्षेत्रसँग आवद्ध श्रष्ठा तथा सर्जकहरुलाई व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै वहाँहरुलाई प्रोत्साहित गर्नका निमित्त पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ । यहि पवित्र सोचाईले निरौलाले बाबु आमाको स्मृतिमा यस पुरस्कारको स्थापना गर्नु भएको हो ।

श्रीदुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार वर्ष २०७३ बाट स्थापना गरिएको हो । नगद १०,०००।– दशहजारको थैली एवं लिखत पत्र सहित यो पुरस्कार प्रदान गरिँदै आइएको छ । २०७३ सालमा पुराना रंगकर्मी, टेलिचलचित्र तथा चलचित्रका निर्देशक कलाकार शुभाष गजुरेललाई यो पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष आयोजित समारोहमा २०७४ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार कलाकार उत्तम केसी तथा २०७५ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी बिजयरत्न तुलाधरलाई अर्पण गरिएको थियो । २०७६ र २०७७ सालको श्री दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र वरिष्ट अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गरिँदै छ ।
– परिवर्तन नेपाल
राष्ट्रिय, राष्ट्रियताका विषय एवं जनसरोकार र चासोका विषयमा सांस्कृतिक गतिविधिको माध्यमबाट स्वयंसेवी अभियान संचालन गर्दै देशको सेवा गर्ने एवं चेतना जागृत गराउने पवित्र उद्देश्य सहित २०५३ सालमा परिवर्तन नेपालको स्थापना भएको हो । कला र संस्कृतिको माध्यमबाट देशका जागृत युवाहरुलाई परिचालन गर्दै विभिन्न क्रियाकलापको संचालन परिवर्तन नेपालले गर्दै आइरहेको छ ।
परिर्वतन नेपालले सडक नाटक, चेतनामूलक टेलिश्रृंखला निर्माण एवं अन्य सामाजिक र चेतनामूलक अभियानहरु संचालन गर्दै आएको छ । परिवर्तन नेपालको अध्यक्षमा चलचित्र लेखक, निर्देशक एवं सामाजिक जागरणका सक्रिय व्यक्तित्व मोहन निरौला हुनुहुन्छ । यसैले पनि परिवर्तन नेपालले विभिन्न समयमा जनजागरणका कार्यक्रमहरु संचालन गर्ने गरेको छ । साथै देशभरमा शाखा समेत संचालन गरेर परिवर्तन नेपालले हजारौंको संख्यामा स्वयंसेवीहरु परिचालन समेत गर्दै आइरहेको छ ।

परिवर्तन नेपालले युवाहरुलाई बेला बखत निःशुल्क रुपमा प्रशिक्षण समेत प्रदान गर्ने गरेको छ भने सांस्कृतिक प्रशिक्षणका रुपमा नृत्य, अभिनय, निर्देशन जस्ता विधाको प्रशिक्षण परिवर्तन नेपालले दिने गर्दै आएको छ । यसैले पनि परिवर्तन नेपालका उत्पादनहरु राष्ट्रिय रुपमा सांस्कृतिक फाँटमा परिचित भइसकेका छन् । परिवर्तन नेपालले वेलाबखत विभिन्न कलाकर्मी एवं आफ्नै संस्थाका सदस्य कलाकारहरुलाई समेत प्रोत्साहन गर्न सम्मान गर्दै आएको छ ।

ADVERTISEMENT

यसरी वरिष्ठदेखि नव प्रतिभा सम्मका कलाकर्मी सम्मानित भएका छन् । चेतन कार्की, स्व. शान्ति मास्के, आनन्द थापा, शंकर विसी, सपना श्रेष्ठ, गोविन्द सिंह रावत, कुमार बस्नेत, भुवन चन्द, डा. भगवान कोइराला, डा. तारानाथ शर्मा, लय संग्रौला, रमेश बुढाथोकी, रामनारायण श्रेष्ठ, मनोज केसी, विजयरत्न तुलाधर, विपना थापा, काली सेढांई, निशा शाह, छविराज ओझा, शान्तिप्रिय, जेनी कुँवर, विनोद श्रेष्ठ, सबिन बास्तोला, श्यामकाजी महर्जन र सन्तोष श्रेष्ठ जस्ता व्यक्तिहरु सम्मानित भइसकेका छन् ।

‘‘माटो बदलिँदैन विचार बदलौं’’ भन्ने मूल अभिप्रायमा २१ औं शताब्दिको नयाँ नेपाल निर्माणार्थ देशका सम्पूर्ण सचेत र स्वभिमान युवाशक्ति एकजुट होऔं भन्दै सामाजिक एवं सांस्कृतिक क्षेत्रमा कृयाशील परिवर्तन नेपालले २०७५ सालमा कलाकार रामकाजी घिमिरे, नृत्य निर्देशक शिव बिक एवं अभिनेत्री तथा साहित्यकार शोबिता सिंखडालाई सम्मान अर्पण गरिएको थियो ।

२०७७ सालको परिवर्तन विशेष सम्मान लेखक, निर्देशक तथा कलाकार माधव राज खरेल, लेखक, निर्देशक तथा कलाकार विश्वदीप घिमिरे, संचारकर्मी तथा नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला सचिव मोहन पन्तलाई अर्पण गरिँदै छ ।

Share224Tweet140Share56
ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार
खेलकुद

स्टार क्रिकेट २०२१’ हुँदै, रङ्गशाला सहयोगार्थ रकम उठाउँदै कलाकार

खेलकुद

विश्व चर्चित क्रिकेटर सन्दीप लामिछाने प्रेममा

वाउ मेस्सीको अर्को किर्तीमानी खेल, ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे  मेस्सीले
खेलकुद

वाउ मेस्सीको अर्को किर्तीमानी खेल, ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरे मेस्सीले

भिडियोमा हेर्नुहास् क्याप्टेन रेनुका र अभिषेकको रोचक प्रेम कहानी
खेलकुद

भिडियोमा हेर्नुहास् क्याप्टेन रेनुका र अभिषेकको रोचक प्रेम कहानी

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com

error: Content is protected !!