कञ्चनपुर, २३ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका- १० (भुडा) नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट नेपालीले भारतीय एसएसबीको पोष्ट हटाएका छन् ।
बुधबार बिहान सुटुक्क दशगजा क्षेत्रमा भारतीय एसएसबीले अस्थायी पोष्ट बनाएपछि स्थानीय नेपालीहरुले पोष्ट हटाएका हुन् । नेपाल-भारत सीमा पिलर नम्बर ३४ र ३५ को बीचको विवादित भु-भागमा एसएसबीले चोर शैलीमा अस्थायी पोष्ट बनाएको स्थानीय बताउछन् ।
नेपाली विवादित भूमिमा भारतीय एसएसबीले एकाएक पोष्ट राखेको थाहा पाएपछि स्थानीयले विरोध जनाएको स्थानीय युवा सन्तोष पन्तले बताए ।
सोही क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको अगुवाइमा उक्त पोष्ट हटाएर भारतीय एसएसबीलाई लखेटिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका सदस्य हरिश पन्तले न्यूज २४ लाई जानकारी दिए ।
स्ट्रिप नक्सा त्रुटिपूर्ण रहेकाले उक्त भु-भागमा विगत लामोदेखि विवाद कायमै छ ।
विबाहपछि झनै मालामाल श्वेता, छिन् निकै खुशी, किनिन् १ करोडको गाडी, पतिलाई गाडीमा राखेर सुटुक्क नयाँ स्थान पुग्दा दर्शकले घेरे, हेर्नुहोस् भिडियो
काठमाडौँ । नायिका श्वेता खड्का पछिल्ला दिनमा निकै खुशी देखिएकी छिन् । दोस्रो विबाहपछि उनको जीवनको रंग नै फेरिएको छ । श्वेता गाडीकी निकै सौखिन ब्यक्ति हुन् । हालै उनले
१ करोडको गाडी किनेकी छिन् । पतिलाई गाडीमा राखेर सुटुक्क नयाँ स्थान पुग्दा दर्शकले घेरे, हेर्नुहोस् भिडियो
श्वेता खड्काले श्रीकृष्णको सम्झनामा बनाएको माझी बस्तीलाई विजयेन्द्रसँग विबाह गरेपछि बिर्सिएको आरोप, के साँच्चिकै श्वेताले आफ्नो पहिलो मायालाई बिर्सीएकै हुन् त ? आज खोलीन् मुख
यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन् । आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन् । मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए ।
अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन् । पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन् । ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ । ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन् ।
चलचित्र नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गर्नुभएको थियो । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ । नायिका खड्काबाट प्राप्त रु ४० लाख र उक्त फाउण्डेशनको रु २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आउनुभएका निराजन सापकोटाले बताउनुभयो । “श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो”, सापकोटा भन्नुहुन्छ ।
सरकारबाट प्राप्त रु एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई रु तीन लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले रु चार लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक रु सात हजार किस्ता बुझाउनुपर्छ ।
झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउनुहुन्छ । सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । उहाँ थप्नुहुन्छ, “बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो । सबैको जानकारीको शेयर गर्नुहोस !!!
यो पनि पढ्नुहोस्
धर्मशास्त्र अनुसार बिहिबार यि काम गर्नु हुदैन ,परिवार र सन्तानलाई अशुभ हुन्छ
काठमाडौ, जेठ १५-बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ ।
खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ ।बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।
बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो हुन्छ ।। लक्ष्मीको पूजा गर्नुहोस बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।
यो पनि पढ्नुहोस्
तीन लाखको जागिर छोडेर दैनिक लाखको तरकारी उत्पादन गर्छन् सागरले, तरकारी बेचेरै यसरी एकाएक करोडपति बन्दैछन् सागर, हेर्नुहोस् भिडियो
यो पनि पढ्नुहोस्
फेरी सन्दीप लामिछानेको भाग्य चम्कियो, पाकिस्तान सुपर लिगबाट २ करोड ५५ लाख बोकेर घर फर्किने पक्का
काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो ।
प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (रु एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (रु दुई करोड ५५ लाख) तोकिएको छ ।
पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् ।
एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ ।
पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ ।
लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेलेका थिए । उनी हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।
यो पनि पढ्नुहोस्
संसारका शक्तिशाली र मैहुम भन्ने देशलाई ठेगान लगाउँदै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम
काठमाडाैं, २२ पुष । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।
पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।
जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।
हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान
नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व. विजया राणा, (तारा रानी)ले रु. ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो । अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्छ । संरक्षक श्री मनोज सम्सेर जबराबाट २०६७ सालमा रु. ३,००,०००।– थप गरि हाल ६ लाखको अक्षयकोषबाट आउने व्याजबाट पुरस्कार अर्पण गरिँदै आएको छ ।
२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित हरितारा चलचित्र पुरस्कार जनहि रु. २५,०००।– (अक्षरुपि रु. पच्चिस हजार) नगद थैली तथा लिखतपत्र सहित अर्पण गरिँदै आएको छ । स्थापनाकालदेखि नै संरक्षक रहनु भएकी समाजसेवी श्रीमती विजया राणा, (तारा नानी)को २०५७ सालमा निधन भए पश्चात उहाँकै सुपुत्र मनोज सम्सेर जबरा हरितारा चलचित्र पुरस्कार गुठीको संरक्षक एवं अध्यक्ष रहनु भएको छ । यसको सदस्य सचिव परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौला रहनु भएको छ ।
हरितारा चलचित्र पुरस्कारबाट २०५२ सालमा मह जोडी एवं स्व. शान्ति मास्के, २०५३ सालमा भुवन चन्द एवं गोपाल भुटानी, २०५४ सालमा जयनेन्द्र चन्द एवं रविन्द्र खड्का, २०५५ सालमा विश्व बस्नेत एवं मिनाक्षी आनन्द, २०५८ सालमा सुशिला रायमाझी एवं श्रीकृष्ण श्रेष्ठ, २०५९ सालमा सुभद्रा अधिकारी एवं शर्मिला मल्ल, २०६० सालमा सकुन्तला शर्मा, २०६३ सालमा शिव श्रेष्ठ एवं गोपालराज मैनाली, २०६५ सालमा बसुन्धरा भूषाल एवं हरिहर शर्मा, २०६६ सालमा रमेश बुढाथोकी, दिपकराज गिरी एवं दिपाश्री निरौला पुरस्कृत भइसकेका छन् । त्यस्तै २०६९ सालको हरितारा चलचित्र पुरस्कार चलचित्रका सक्रिय अभिनेता सुनिल थापा, सञ्चारकर्मी तथा चलचित्रकर्मी दिनेश डिसीलाई प्रदान गरिएको थियो । २०७२ सालको .हरितारा चलचित्र पुरस्कार अभिनेत्री करिष्मा मानन्धर एवं ०७३ सालको हरितारा चलचित्र पुरस्कार संचारकर्मी शान्तिप्रिय तथा डिजाइनर सुन्दर श्रेष्ठलाई अर्पण गरिएको थियो भने २०७४ को हरितारा चलचित्र पुरस्कार बरिष्ट अभिनेता लय संग्रौला एवं २०७५ को हरितारा चलचित्र पुरस्कार अभिनेत्री रेखा थापालाई अर्पण गरिएको थियो ।
यसैगरी २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मी कृष्ण मल्ल, विशिष्ट चलचित्रकर्मी मदनदास श्रेष्ठलाई र २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गरिँदै छ । नीजि क्षेत्रबाट स्थापित पहिलो पुरस्कारको रुपमा हरितारा चलचित्र पुरस्कार परिचित छ ।
– दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार
परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको पुजनीय माता एवं पिता स्व. दुर्गादेवी निरौला एवं स्व. पूण्य प्रसाद निरौलाको स्मृतिमा स्थापना गरिएको पुरस्कार हो – दुर्गादेवी पूण्य निरौला स्मृती पुरस्कार । साहित्य, संस्कृति एवं ज्ञानको क्षेत्रमा क्रियाशिल आफ्ना बुवा पुण्य प्र. निरौला र ममतामयी आमा दुर्गादेवी निरौलाको स्मृतिमा पुरस्कार स्थापना गरी सम्झिरहने प्रण गर्दै चलचित्रका लेखक, निर्देशक, कलाकार एवं परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले यो पुरस्कारको स्थापना गर्नु भएको हो । कला, साहित्य एवं संस्कृतिका क्षेत्रमा लागि परेका कलाकार, निर्माता, लेखक, पत्रकार, प्राविधिक एवं यस क्षेत्रसँग आवद्ध श्रष्ठा तथा सर्जकहरुलाई व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै वहाँहरुलाई प्रोत्साहित गर्नका निमित्त पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ । यहि पवित्र सोचाईले निरौलाले बाबु आमाको स्मृतिमा यस पुरस्कारको स्थापना गर्नु भएको हो ।
श्रीदुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार वर्ष २०७३ बाट स्थापना गरिएको हो । नगद १०,०००।– दशहजारको थैली एवं लिखत पत्र सहित यो पुरस्कार प्रदान गरिँदै आइएको छ । २०७३ सालमा पुराना रंगकर्मी, टेलिचलचित्र तथा चलचित्रका निर्देशक कलाकार शुभाष गजुरेललाई यो पुरस्कार प्रदान गरिएको थियो भने यस बर्ष आयोजित समारोहमा २०७४ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार कलाकार उत्तम केसी तथा २०७५ को श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी बिजयरत्न तुलाधरलाई अर्पण गरिएको थियो । २०७६ र २०७७ सालको श्री दुर्गादेवी–पूण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र वरिष्ट अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गरिँदै छ ।
– परिवर्तन नेपाल
राष्ट्रिय, राष्ट्रियताका विषय एवं जनसरोकार र चासोका विषयमा सांस्कृतिक गतिविधिको माध्यमबाट स्वयंसेवी अभियान संचालन गर्दै देशको सेवा गर्ने एवं चेतना जागृत गराउने पवित्र उद्देश्य सहित २०५३ सालमा परिवर्तन नेपालको स्थापना भएको हो । कला र संस्कृतिको माध्यमबाट देशका जागृत युवाहरुलाई परिचालन गर्दै विभिन्न क्रियाकलापको संचालन परिवर्तन नेपालले गर्दै आइरहेको छ ।
परिर्वतन नेपालले सडक नाटक, चेतनामूलक टेलिश्रृंखला निर्माण एवं अन्य सामाजिक र चेतनामूलक अभियानहरु संचालन गर्दै आएको छ । परिवर्तन नेपालको अध्यक्षमा चलचित्र लेखक, निर्देशक एवं सामाजिक जागरणका सक्रिय व्यक्तित्व मोहन निरौला हुनुहुन्छ । यसैले पनि परिवर्तन नेपालले विभिन्न समयमा जनजागरणका कार्यक्रमहरु संचालन गर्ने गरेको छ । साथै देशभरमा शाखा समेत संचालन गरेर परिवर्तन नेपालले हजारौंको संख्यामा स्वयंसेवीहरु परिचालन समेत गर्दै आइरहेको छ ।
परिवर्तन नेपालले युवाहरुलाई बेला बखत निःशुल्क रुपमा प्रशिक्षण समेत प्रदान गर्ने गरेको छ भने सांस्कृतिक प्रशिक्षणका रुपमा नृत्य, अभिनय, निर्देशन जस्ता विधाको प्रशिक्षण परिवर्तन नेपालले दिने गर्दै आएको छ । यसैले पनि परिवर्तन नेपालका उत्पादनहरु राष्ट्रिय रुपमा सांस्कृतिक फाँटमा परिचित भइसकेका छन् । परिवर्तन नेपालले वेलाबखत विभिन्न कलाकर्मी एवं आफ्नै संस्थाका सदस्य कलाकारहरुलाई समेत प्रोत्साहन गर्न सम्मान गर्दै आएको छ ।
यसरी वरिष्ठदेखि नव प्रतिभा सम्मका कलाकर्मी सम्मानित भएका छन् । चेतन कार्की, स्व. शान्ति मास्के, आनन्द थापा, शंकर विसी, सपना श्रेष्ठ, गोविन्द सिंह रावत, कुमार बस्नेत, भुवन चन्द, डा. भगवान कोइराला, डा. तारानाथ शर्मा, लय संग्रौला, रमेश बुढाथोकी, रामनारायण श्रेष्ठ, मनोज केसी, विजयरत्न तुलाधर, विपना थापा, काली सेढांई, निशा शाह, छविराज ओझा, शान्तिप्रिय, जेनी कुँवर, विनोद श्रेष्ठ, सबिन बास्तोला, श्यामकाजी महर्जन र सन्तोष श्रेष्ठ जस्ता व्यक्तिहरु सम्मानित भइसकेका छन् ।
‘‘माटो बदलिँदैन विचार बदलौं’’ भन्ने मूल अभिप्रायमा २१ औं शताब्दिको नयाँ नेपाल निर्माणार्थ देशका सम्पूर्ण सचेत र स्वभिमान युवाशक्ति एकजुट होऔं भन्दै सामाजिक एवं सांस्कृतिक क्षेत्रमा कृयाशील परिवर्तन नेपालले २०७५ सालमा कलाकार रामकाजी घिमिरे, नृत्य निर्देशक शिव बिक एवं अभिनेत्री तथा साहित्यकार शोबिता सिंखडालाई सम्मान अर्पण गरिएको थियो ।
२०७७ सालको परिवर्तन विशेष सम्मान लेखक, निर्देशक तथा कलाकार माधव राज खरेल, लेखक, निर्देशक तथा कलाकार विश्वदीप घिमिरे, संचारकर्मी तथा नेपाल पत्रकार महासंघ काठमाण्डौं जिल्ला सचिव मोहन पन्तलाई अर्पण गरिँदै छ ।