• Latest
  • Trending
  • All
  • मुख्य खबर
  • कोरोना बिशेष
  • राजनीति
  • विचित्र संसार
प्रेमीकाका लागि आमाबुवा र धर्म समेत छोडेका थिए यि चितवनका यि प्रेमिले तर…

प्रेमीकाका लागि आमाबुवा र धर्म समेत छोडेका थिए यि चितवनका यि प्रेमिले तर…

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

कोरियाले सामाजिक दुरीको नियम खुकुलो गरेसंगै सियोलले सार्वजनिक यातायातका साधनहरु राती अवेर सम्म सन्चालन गर्ने !

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

सुटुक्क एमाले प्रवेश गरे नायक प्रदिप खड्का, ओलीलाई पनि खुसुक्क भेटेको चर्चा गाउँ शहरमा फैलियो

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

यी रहेछिन् काठमाडौँका मेयरका उम्मेद्धवार बालेन शाहकी पत्नि

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

फेवातालमा ढल मिसाउने योजना पोखराका मेयरका उमेदवार कृष्ण थापाको नेतृत्वमा भएको रहस्य बाहिरियो

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

प्रेम सेन्चुरीको शब्द, संगीतमा ‘हे जननी’ सार्वजनिक ( भिडियो )

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

कार्यक्रमका लागि सुर्खेत जाने क्रममा रातीको १ बजे कार दुर्घटनामा परेका चर्चित गायक प्रमोद खरेललाई काठमाडौँ ल्याइयो

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

गायक प्रमोद खरेल सवार कार दु,र्घटनाग्रस्त, होशमा आएपछि प्रमोदले भने ‘भाग्यले बाँचे’

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

केकी अधिकारीले विबह गरे लगत्तै वर्षा शिवाकोटीले पनि आज यी ह्याण्डसमसँग कस्ने भइन् लगनगाँठो, को हुन् वर्षा जस्ती सुन्दरी पत्नि पाउने ति ह्याण्डसम ?

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिदै

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

फोर्ब्सको धनाढ्य सूचीमा परेका रोहित तिवारीलाई यसरी आफ्नो मााया जालमा पारेकी रहछिन् केकीले, बोल्दा बोल्दै खोलेकी थिइन् यो अन्तरवार्तामा केकीले पोल

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार
Monday, May 16, 2022
Gazabkonews
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर
Gazabkonews
No Result
View All Result

प्रेमीकाका लागि आमाबुवा र धर्म समेत छोडेका थिए यि चितवनका यि प्रेमिले तर…

by gazab g
January 11, 2021
in समाज
0
प्रेमीकाका लागि आमाबुवा र धर्म समेत छोडेका थिए यि चितवनका यि प्रेमिले तर…

काठमाडौ । चितवनमा भएको एउटा घटनाले अहिले सबैको ध्यान तानेको छ । सानै उमेरमा प्रेममा परेका जोडीको वियोगान्त अवस्थाले युवक जिवनको दोसाँधमा छन् भने एउटै गाउँका दुई परिवारबीच दुस्मनीको अवस्था आएको छ । १७ वर्षकी युवती र २१ वर्षका युवक एक अर्कालाई प्रेम गर्थे । उनीहरुले विवाह पनि गरे । तर परिवारले उनीहरुको विवाह स्वीकार गर्न नसकेका कारण युवतीले आफ्नो वयान फेरीन् ।

युवकसंग चितवन देखि काठमाडौं पुगेर युवकको आमाको अगाडी विवाह गरेकी युवती अर्को दिन माइत फर्किए पछि मलाई दवावमा पारेर विवाह गरियो भने पछि युवकले सहन सकेनन् । भिडियोमा आएका युवक र युवतीबीचको म्यासेन्जरमा भएका कुराकानीका आधारमा परिवारको दवावमा आएर युवतीले वयान फेरेको अनुमान लगाउन सकिन्छ ।

युवतीकै लागि आमाबुवा, संस्कार र धर्म समेत छोडेका युवकले युवतीको बदलिएको ब्यवहार सहन नसकेर वि ष से व न गरेका छन् । उनी अस्पतालमा उपचारार्थ छन् । घटना भएको चार दिन सम्म पनि उनको होस आएको छैन । युवतीको प्रेममा परेका २१ वर्षका युवक कञ्चनले युवतीकै धर्म अंगाले । उनी क्रिश्चियन धर्म परिवर्तन गरेका कारणा धार्मीक कलेज समेत छोडेका थिए । ।

युवतीकै लागि परिवारलाई पनि कन्भिन्स गरेका थिए । मेरो खुसी नै अनिशा हो त्यसैले मेरो प्रेम स्वीकार गर्नु भन्दै आमालाई उनले सम्झाएका थिए । त्यसैले छोराको लागि आमाले सबैकुरा स्वीकार गरिन् तर अहिले उही युवतीका कारण छोरा जिवनसंग संघर्ष गर्नुपर्ने अवस्थामा छ ।

भिडियो हेर्दा पनि फिल्मको कथा जस्तो लाग्ने वास्तविक घटनाको रोचक कुरा त के छ भने आफु त्यस्तो अवस्थामा पुगेका ति कञ्चनले यो सबै घटनाको कारण आफ्नो प्रेमिकालाई नबनाउनु भन्दै पत्र लेखेका छन् । बरु म उसको लागि प्रा ण दिन सक्छु तर अनिशालाई केही नभन्नु भन्दै छोराले लेखेको पत्र देखाउँदै आमाले बलिन्द्र धारा आँशु बगाएकी छन् ।

सही सूचना दिँदै बिजुली प्रवाह व्यवस्थित बनाउन प्रम कार्यालयको निर्देशन

काठमाडौँ – उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।
प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ ।

प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।
छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।
मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणको बुझाइ छ । वितरण प्रणाली स्वस्थ र गुणस्तरीय नहुँदा देखिने समस्या विगतमा पनि थियो, आज पनि रहन्छ र भोलि पनि हुन्छ भन्दै त्यसलाई न्यून गर्दै जाने प्राधिकरणको योजना छ ।

प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएको छ । ती काम पूर्ण रुपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने विश्वास लिइएको छ । यस्तो छ सर्ट डाउनको तथ्याङ्क प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौंँ उपत्यकामा गत मङ्सिरमा ३७ पटक छिनछिनमा बत्ती जाने(ट्रिपिङ) भएको छ । उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेशनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्ष मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको थियो ।
सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्का खम्बा सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीेको मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको प्राधिकरणको भनाइ छ । गत वर्ष मङ्सिरमा ती काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित÷अघोषित रुपमा कटौती नगरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थानमा खम्बा तथा ट्रान्सफर्मर सार्नुपर्र्नेलगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भए पनि त्यसलाई कम गरिएको जानकारी दिनुभयो ।

हालसम्मको तथ्याङ्क हेर्दा गत वर्ष पुसभन्दा यस वर्ष ट्रिपिङ कम भएको छ । विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिने कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, “प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ ग¥यो भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।” प्राधिकरणले ट्रिपिङ बढी हुने सबस्टेशनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको जनाएको छ ।

माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न प्राधिकरणले अहोरात्र काम गरिएको स्पष्ट पारेको छ ।

विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने एवं ट्रिपिङको समस्या समाधान गर्न विद्युत्को मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको छ । मर्मतसम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेको जनाइएको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने कामलाई पनि गति दिने भएको छ । विशेष गरी विष्णुमती तथा वाग्मती नदी करिडोरमा मोनो पोल प्रयोग गरेर प्रसारण लाइन निर्माण गरिनेछ । उपत्यकामा जग्गाप्राप्तिमा सबैभन्दा बढी समस्या भएकाले त्यसको सम्बोधनका लागि वैकल्पिक उपायको खोजी गरिनेछ ।
‘नियतवश बदमासी गरेको भए कारवाही गर्नुस्’प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले नियतवश बदमासी गरेको भए प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न निर्देशन दिनुभयो । प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा वितरण केन्द्रका प्रमुखसमेत नयाँ भएकाले पनि सङ्क्रमणकाल जस्तो देखिन गएको जनाउँदै उहाँले केही कर्मचारीले बदमासी गरेको सूचनासमेत आएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले नागरिकका तहबाट गुनासो नआउने गरी काम गर्न प्राधिकरणका कामु कार्यकारी निर्देशक एवम् वितरण केन्द्रका प्रमुखलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीका तहबाट गर्नुपर्ने सबै काम र सहयोग हुने आश्वासन दिँदै उहाँले भन्नुभयो, “ नागरिकले सहज रुपमा सेवा पाउनुप¥यो, त्यसका लागि केकस्ता उपाय अपनाउने भन्नेबारेमा व्यक्तिगत रुपमा वा संस्थागत रुपमा पनि भन्न सक्नुहुन्छ ।”
प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले उपभोक्तालाई गुनासोरहित सेवा प्रदान गर्नका लागि अपनाउनुपर्ने सबै उपायको खोजी गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले प्राविधिक समस्या भए त्यसको निराकरणका लागि तत्काल लागिपर्न र नीतिगत तथा कानूनी प्रश्न भए त्यसको निरुपणमा आफूहरुले सहजीकरण गर्ने बताउनु्भयो ।

उहाँले उपभोक्ताले कुनै पनि गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न र उनीहरुलाई सही सूचना पु¥याउने संयन्त्रको विकास गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मातहतका कर्मचारीमा ‘अर्जेन्सी फिल’ भएको छैन भने त्यसलाई सम्बोधन गरेर अगाडि बढ्नुस् । कर्मचारीलाई इन्सेन्टिभ दिनुस् । गुनासो सम्बोधन गर्न मेहनत गर्नुपर्ने पनि हुन सक्छ । त्यसमा ध्यान दिनु आवश्यक छ ।”
उहाँले उपभोक्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्ने उपयुक्त संयन्त्रको खोजी गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले थप जोड दिएर भन्नुभयो, “गुनासोलाई सामाजिक सञ्जालमार्फत वा वेब पेजलाई थप प्रभावकारी बनाएर सम्बोधन गर्नुपर्ने भए पनि त्यसमा ध्यान दिनु जरुरी छ ।”

सामाजिक सञ्जालमा आउने महत्वपूर्ण विषयलाई महत्वका साथ संयन्त्र बनाएर सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । बजेट, नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विषय भए आफूहरुले नै गर्ने जनाउँदै सचिव ज्ञवालीले गुनासो आएकै बेलामा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
ऊर्जा सचिव घिमिरेले उपभोक्ताको गुनासोलाई मार्गदर्शन मान्दै समस्या समाधानमा निरन्तर परिचालित हुन प्राधिकरणलाई निर्देशन दिनुभयो । उपभोक्ताबाट आउने गुनासो सम्बोधन गर्न कुनै पनि कन्जुस्याइँ गर्न नहुने उहाँको भनाइ थियो ।

संसद विघटनपछि पार्टी चिरा चिरा परेका बेला ओली र प्रचण्डको एउटै मञ्चमा जम्काभेट, भयो यस्तो हंगामा

संसद विघटनपछि पार्टी चिरा परेका बेला ओली र प्रचण्डको एउटै मञ्चमा जम्काभेट, भयो यस्तो हंगामा, केपी ओलीले गाए अञ्जुको तिम्ले पराई ठानेपछि पराई हुन के भयो र रु तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? प्रचण्डले पनि ओलीकै शैलीमा भने बालुवाटारमा बिच्केको बिरोलो शितल निवास पुगेर खाँबो कोतर्यो, हेर्नुहोस् ओली र प्रचण्ड एउटै मञ्चमा जम्काभेट भएपछिको भनाभनको यो भिडियो, बोल्दा बोल्दै चिप्लिएका ओलीले प्रचण्डलाई बोका भने, हेर्नुहोस् भिडियो


यो पनि हेर्नुहोस्

पूर्व पतिका साथमा देखिइन् लोकप्रिय गायिका अञ्जु पन्त, एकसाथ बसेर गरे यस्ता मिठा कुरा, डिर्भोसपछि यति हाँसेर यि दुई पहिलो पटक बोलको यो एक्सक्लुसिभ भिडियो हेर्नुहोस्, छोरी परितोषिकाका विषयमा यि दुईले गरे यस्तो निर्णय

यो पनि हेर्नुहोस्

पार्टी फुटे पछि ओली र प्रचण्ड जम्काभेट, भयो यस्तो हंगामा

यो पनि हेर्नुहोस्

घुम्ने होइन त पञ्चकोट ?

‘नवलपुर–ढोरपाटन’ प्रवद्र्धनात्मक भ्रमणमा निस्केको नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको टोली शनिबार मध्याह्न पख सर्वसिद्धिधाम पञ्चकोट पुग्यो । टोलीका सदस्यमध्ये अधिकांशले पहिलोचोटि पञ्चकोटमा पाइला राख्दै थिए ।

महासङ्घ गण्डकी प्रदेशका सदस्य एवं गोरखाका पत्रकार राजेन्द्र न्यौपानेले पहिलो नजरमै पञ्चकोटले रोमाञ्चित तुल्याएको प्रतिक्रिया दिनुभयो । “बागलुङ घुम्न आउँदा छुटाउनै नहुने ठाउँ रहेछ”, उहाँले भन्नुभयो । न्यौपाने मात्र होइन, भ्रमण टोलीका सबै सदस्य त्यहाँको सौन्दर्यले मोहित बने । मज्जाले घुमफिर गरे । रमाए ।

पुसको घमाइलो दिन । दन्ते लहरझैँ खुलेका हिमाल । मनोहर भू–बनोट । तलपट्टि तोरी फुलेर पहेँलै बनेका खेतबारी, रङ्गीचङ्गी घर । उस्तै आकर्षक मन्दिर र मूर्ति । जो कोहीको मन लोभिइहाल्छ, पञ्चकोट पुग्दा । शनिबारको फुर्सदले होला अन्य दिनको तुलनामा आगन्तुकको चहलपहल बढी थियो ।

कोही मन्दिरमा पूजापाठमा व्यस्त देखिन्थे । कोही सिसमहलमा रमाइरहेका भेटिन्थे त कसैलाई तस्बीर खिच्दैमा भ्याइनभ्याइ थियो । कोभिड–१९ पछिको बन्दाबन्दी खुलेर स्थिति केही सहज बनेपछि पञ्चकोटमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । मठमन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्नेछन् । देशका विभिन्न भागबाट धर्मावलम्बीसहित पर्यटक आउने गरेको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताउनुभयो ।

उहाँका अनुसार पुस लागेयता पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । “शनिबार र बिदाका दिनमा भीड नै लाग्छ, अघिपछि पनि दैनिक दुई÷तीन सय घुम्न आउँछन्”, उहाँले भन्नुभयो । टिकट काटेर सिसमहल घुम्ने पर्यटकको भने दैनिक रुपमै आँकडा भेटिन्छ । शनिबार दुई सयभन्दा बढीले रु ५० को टिकटमा सिसमहल घुमेका थिए ।

ADVERTISEMENT

पञ्चकोट घुम्नेमध्ये झण्डै १० प्रतिशत मात्रै सिसमहल छिर्छन् । विद्यालय, सहकारीलगायत विभिन्न संस्थाबाट समेत भ्रमण टोली पञ्चकोट आउने गरेको छ । पञ्चकोट निर्माणाधीन विश्वकै अग्लो १३५ फिटको विश्व शान्ति कलश र पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ ।

कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गर्नुभएको थियो । आर्थिक स्रोत जुटेमा आउँदो तीन वर्षभित्रमा कलश निर्माण सक्ने लक्ष्य लिइएको सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो ।

हालसम्म पञ्चकोटमा रु २५ करोडभन्दा बढी लगानी भइसकेको छ । धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित छ वर्षदेखि पञ्चकोटका संरचना बनाउन शुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ । पञ्चकोटमा आन्तरिक मात्र नभएर भारतलगायतका देशबाट पनि फाटफुटरुपमा पर्यटक आउँछन् ।

भक्तालु र पर्यटक बढेपछि स्थानीयवासी व्यवसायतिर जोडिन थालेका छन् । होटेल, रेष्टुराँ र पसल थपिँदै छन् । पर्यटनमैत्री हिसाबले संरचना बनाउनतिर गाउँले कस्सिएका छन् । पञ्चकोटको समग्र विकासका लागि गुरुयोजनामार्फत काम भइरहेको अध्यक्ष प्रपन्नाचार्यले बताउनुभयो । “देशकै प्रसिद्ध धार्मिक सम्पदास्थलका रुपमा चिनाउने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “विश्वकै अग्लो कलश बनेपछि यो संसारभरका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्नेछ ।”

पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्ससङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिसमहल, पदमार्गलगायत संरचना बनिसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठमन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । सर्वसिद्धिधामले पूर्णता पाउँदासम्म झण्डै रु दुई अर्ब खर्च हुने अनुमान छ । एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टमार्फत संरचना निर्माणको काम भइरहेको छ । सर्वसिद्धिधाम पञ्चकोट निर्माणको सङ्कल्प र पहल पनि स्वामी कमलनयनाचार्यले नै लिनुभएको हो ।

पञ्चकोटको विकाससँगै मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी नदी तथा यससँग जोडिएका धर्म, संस्कृति र सभ्यताहरुको पनि संरक्षण हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधिमार्फत जिल्लाको आर्थिक विकासमा पनि पञ्चकोट कोशेढुङ्गा बन्ने देखिएको छ । बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले पञ्चकोटमा पर्यटकीय पूर्वाधारको खाँचो औँल्याउनुभयो ।

स्तरीय होटेल, रेष्टुराँसहित पर्यटनमैत्री खालका सेवा सुविधा विस्तार गर्दै जानु पर्ने उहाँको भनाइ छ । “यातायातको सेवा र पहुँचलाई थप सहज बनाउन आवश्यक छ”, अध्यक्ष खड्काले भन्नुभयो, “धार्मिक मात्र नभएर अन्य पर्यटकका लागि पनि पञ्चकोट आकर्षक गन्तव्यस्थल हो”, उहाँले भन्नुभयो ।

पञ्चकोटसँगै नजीकको कालिका भगवती मन्दिर, कुँडुलेको शालिग्राम सङ्ग्रहालय, भैरवस्थान, गाजाको दह, भकुण्डेलगायतका पर्यटकीय स्थललाई जोडेर एकीकृत पर्यटन विकासको योजना ल्याउनुपर्ने अध्यक्ष खड्काले बताउनुभयो । छिट्टै कालिका भगवती मन्दिरदेखि पञ्चकोटसम्म सहुलियत दरमा यातायात सेवा दिने समितिको योजना छ । बागलुङ बजारदेखि आठ किमिको दूरीमा अवस्थित पञ्चकोट मोटरमा सजिलै पुग्न सकिन्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ । पञ्चकोट नेपालका १०१ गन्तव्यमध्येमा सूचीकृत छ । बागलुङलाई गन्तव्य बनाएर आउने पर्यटकले पञ्चकोटसहित आसपासका गन्तव्यय स्थल घुम्न सक्छन् ।

ADVERTISEMENT
gazab g

gazab g

सम्बन्धित समाचार

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाचार

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, आजको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र १ गते आइतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
समाज

मीनलाई सन्तान र परिवारबाट सुख प्राप्त हुने, अन्य राशीको कस्तो छ आजको दिन ?

पाथिभरा माताले सबैको रक्षा गरुन , यस्तो छ तपाइको आजको राशिफल
समाज

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

माओवादीका सबै नेताहरु प्रकाश सपुतविरुद्ध खनिउका बेला प्रचण्डले भने प्रकाश सपुत यो देशकै सपुत हो
समाज

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत १ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Gazabkonews

Copyright © 2020 gazabkonews.com

  • कोरोना बिशेष
  • राजनीति
  • समाचार

No Result
View All Result
  • समाचार
  • समाज
  • विचित्र संसार
  • कोरोना बिशेष
  • राजनीति
  • स्वास्थ्य-जीवनशैली
  • फिचर
  • खेलकुद
  • फिचर

Copyright © 2020 gazabkonews.com